ज्योति लाईफमा बीमा गर्दा स्वास्थ्य बीमाको ऐच्छिक सुविधा, ११ घातक रोग लाग्दा १० लाखको उपचार

बिजमाण्डू
२०७५ असार १२ गते १२:४३ | Jun 26, 2018
ज्योति लाईफमा बीमा गर्दा स्वास्थ्य बीमाको ऐच्छिक सुविधा, ११ घातक रोग लाग्दा १० लाखको उपचार

काठमाडौं। बीमा समितिबाट अनुमति पाएका नयाँ बीमा कम्पनीले आकर्षक पोलिसी बजारमा ल्याउन थालेका छन्। नेपालमा जीवन बीमाको कभरेज जम्मा ८/१० प्रतिशत मात्रै रहेको अवस्थामा बीमा कम्पनीले आकर्षक पोलिसी मार्फत बीमित तान्ने प्रयास गरिरहेका छन्। 

 
ज्योति लार्इफ इन्स्योरेन्स कम्पनीले जीवन बीमाका साथै ऐच्छिक सुविधासहितको योजना ल्याएको छ। कम्पनीले  घातक रोगहरुको उपचारमा सुविधा प्रदान गर्ने पोलिसी बजारमा ल्याएको जनाएको छ। कम्पनीले हाल ६ वटा पोलिसीहरु बाल बीमा, सुरक्षित बचत जीवन बीमा, सुरक्षित भविष्य जीवन बीमा, धनलाभ जीवन बीमा, एकल भक्तानी जीवन बीमा र म्यादी जीवन बीमा बजारमा ल्याएको छ। 
 
 
सुरक्षित बचत जीवन बीमा, सुरक्षित भविष्य जीवन बीमा, एकल भुक्तानी जीवन बीमा र धनलाभ जीवन बीमा गर्ने बीमितको लागि ‍यसै पोलिसीमा थप प्रिमियम बुझाएमा ११ वटा घातक रोगहरुको उपचारको सुविधा पाउने गरि एच्छिक सुविधाहरु बजारमा ल्याइएको कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले जानकारी दिए। 
 
घातक रोगहरु मुटु रोग, क्यान्सर, मृगौला सम्वन्धी समस्या, आदिले गर्दा मृत्यु हुने संख्या दिन दिनै बढ्दै गएको भन्दै कम्पनीले यस्ता रोग लाग्दा औषधी उपचार पाउने गरि बीमा पोलिसी ल्याएको खत्रीले बताए। 
 
कसरी लिने उपचार सुविधासहितको बीमा पोलिसी?
कम्पनीका अनुसार २५ वर्षको व्यक्तीले १५ वर्षको लागि १० लाख रुपैयाँको बीमा गरेमा ऐच्छिक सुविधा पाउनको लागि वार्षिक बीमा शुल्कमा थप १५४० रुपैयाँ प्रमियम बुझाउनु पर्छ। यसै पोलिसीमा बीमितले जीवन बिमा गर्दा ७१ हजार १६० रुपैयाँ प्रिमियम बुझाउनु पर्छ। यस बिमाङ्क रकममा थप १५४० रुपैयाँ थप गर्दा बीमितिले कम्पनीले तेकेका ११ वटा घातक रोग लागेमा १० लाख रुपैयाँ सम्मको उपचार खर्च पाउछन्। 

Tata
GBIME
Nepal Life


यसमा बीमितिले तोकिएका कुनै पनि चार वटा पोलिसी छान्न सक्ने उनले जानकारी दिए। बीमाङ्क रकमका आधारमा ऐच्छिक सुविधा पाउने उनले बताए। तर १० लाख रुपैयाँ भन्दा माथिको बीमा गरे पनि यस्तो सुविधा भने १० लाख रुपैयाँसम्मको पाउने छन्।