कोशीको भेलमा शव बगाएको फोटोले जित्यो यो वर्षको सर्वोत्कृष्ट अवार्ड, नरेन्द्रले पाए १ लाख

बिजमाण्डू
२०७५ असार २१ गते १७:४० | Jul 5, 2018
कोशीको भेलमा शव बगाएको फोटोले जित्यो यो वर्षको सर्वोत्कृष्ट अवार्ड, नरेन्द्रले पाए १ लाख

Tata
GBIME
Nepal Life

काठमाडौं। बाढीका कारण ज्यान गुमाएका एक बालकलाई कोशीको भेलमै सद‍्‍गत गरेको बेला नरेन्द्र श्रेष्ठले खिचेको फोटो यो वर्षको नेपाल फोटो प्रतियोगितामा सर्वोत्कृष्ट फोटो घोषणा भएको छ। 

गत वर्ष साउनमा खिचेको यो फोटोले फोटो अफ दि इयरसहित एक लाख रुपैयाँको पुरस्कार जितेको छ। 

कमलु मरेको दुई दिन भइसकेको थियो। उसको बुवा आउने ठेगान थिएन। मरेको मान्छेलाई धेरै दिनसम्म राख्न मिल्दैन थियो। उनीहरुको चलन मरेको मान्छेलाई गाड्ने र जलाउने थियो।
तर गाड्न र जलाउन ठाउँ नभएपछि गाउँलेहरुको सल्लाह अनुसार नै बगाइएको थियो। यही अवसरको फोटो श्रेष्ठले खिचेपछि त्यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा भएको थियो। 

श्रेष्ठले आफूले यो फोटो प्रतियोगितामा पठाउने कि नपठाउने दोधारमा रहेको बताउँदै पुरस्कार रकम कमलुको परिवारलाई नै दिने घोषणा गरे।