महालक्ष्मी विकास बैंकको एकैदिन दुई नयाँ शाखा, दार्चुलाको गोकुलेश्वर र वैतडीको पाटनमा स्थापना

बिजमाण्डू
२०७५ जेठ ३० गते १८:०९ | Jun 13, 2018

 

Tata
GBIME
Nepal Life

काठमाडौं। महालक्ष्मी विकास बैकले एकै दिन दार्चुलाको गोकुलेश्वर र वैतडीको पाटनमा नयाँ शाखा संचालनमा ल्याएको छ।
 
बैंकले सहरी तथा ग्रामिण क्षेत्रमा बैंकिङ सेवा विस्तार गर्ने योजना बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछानेले बताए।
 
बैंकले आगामी दिनमा अझै उत्कृष्ट सेवा दिनको लागि आफ्नो शाखा विस्तारको योजना बनाएको लामिछानेले जानकारी दिए।
 
बैंकले सहरी तथा ग्रामीण क्षेत्रमा गरि जम्मा ७१ वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवा दिइरहेको छ।