ओमको डेभलपमेन्ट बैंकको ५३ औं शाखा काठमाडौंको व्यापारिक केन्द्र न्युरोडमा

बिजमाण्डू
२०७५ असार ७ गते १७:३९ | Jun 21, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। ओम डेभलपमेन्ट बैंकले काठमाण्डौंको न्यूरोडमा शाखा बिस्तार गरेको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले न्युरोड शाखाको उद्‍घाटन गरेका छन्।

कार्यक्रममा नेपाल आदर्श माध्यामिक बिद्यालय न्यूरोडका बिद्यार्थीहरुलाई स्टेशनरी सामानहरु पनि प्रदान गरिएको बैंकले जनाएको छ।
 
बैंकले जेष्ठ मसान्तसम्म १९ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी, १७ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
 
बैंकको शाखा संख्या ५३ पुर्‍याएको बैंकले, कर्मचारी संख्या ४२६ र  ग्राहक संख्या करिब २ लाख ३५ हजार पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए।
 
 बैंकले एटिएम संख्या १७ रहेको र बिकास बैंकहरुमध्ये शाखारहित बैकिङ सेवा प्रदान गर्ने पहिलो बिकास बैंक भएको बैंक भएको पनि बैंकले जनाएको छ।

शाखा उद्‍घाटन कार्यक्रममा बोल्दै बैंक सञ्चालक समितिका अध्यक्ष सुशील कुमार गोशलीले, बैंकले जर्मनीको केएफडब्लु बैंकसंग मिलेर साना तथा मझौला कर्जा अन्तर्गत २ लाख देखी ४० लाख रुपैयाँसम्मको कर्जा लगानी गरिरहेको, बताएका थिए।
 
ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा प्रदान गरिरहेको, बिना धितो १५ लाख सम्म व्यावसायीक कर्जा प्रदान गर्दै आएको बैंकले जनाएको छ।