फ्यान्टाको टिन मार्केटिङ अफिसर्समा द कार्टून्ज क्रु छनौट, विश्वव्यापी निर्णयअनुसार छानियो

बिजमाण्डू
२०७५ जेठ ३० गते १८:४१ | Jun 13, 2018
फ्यान्टाको  टिन मार्केटिङ अफिसर्समा द कार्टून्ज क्रु छनौट, विश्वव्यापी निर्णयअनुसार छानियो
काठमाडौं। फ्यान्टाले नेपालका लागि द कार्टून्ज क्रुलाई आफ्नो टिन मार्केटिङ अफिसर्स घोषणा गरेको छ। 
 
द कार्टुन्ज क्रु टिन मार्कर्टिङ अफिसर्स घोषणा भएपछि  फ्यान्टाको हेडक्वाटरमा आधिकारिक रूपमा जोइन गर्नेछन्। टिनहरूले फ्यान्टा वर्ल्ड टेकओभर गर्न पर्फेक्ट फन फिल्ड मार्केटिङ योजना विकसित गर्ने कम्पनीले जनाएको छ। 
 
फ्यान्टमा आवद्ध भएपछि द कार्टुन्ज क्रुका सदस्य सरोज अधिकारीले आफूहरु निकै उत्साहित भएको प्रतिक्रिया दिएका छन्। 
 
कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले विश्वव्यापी रूपमा, फान्टाले टिन मार्केटिङ अफिसर्सको रूपमा टिनलाई संलग्न गर्ने निर्णय गरेको र नेपाल पनि युवा अनुभूतिसंग गाँसिएको बताए।

Tata
GBIME
Nepal Life