पोखरा विमानस्थलमा यति एयरलाइन्सको विमान चिप्लियो, धावनमार्गबाट २५ मिटर पर पुग्यो

बिजमाण्डू
२०७५ असार ३ गते १६:५३ | Jun 17, 2018
पोखरा विमानस्थलमा यति एयरलाइन्सको विमान चिप्लियो, धावनमार्गबाट २५ मिटर पर पुग्यो

Tata
GBIME
Nepal Life

पोखरा। पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा यति एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएको छ। काठमाडौंवाट ३० जना यात्रु लिएर पोखरा आएको यति एयरलाइन्सको ९ एन एएचयु कलसाइनको विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएको हो। 
 

अपरान्ह पौने तीन बजे विमान अवतरणको क्रममा हाईड्रोलिक फेल भएर रनवे भन्दा २५ मिटर टाढा घाँसे मैदानमा जोतिन पुगेको थियो।
 
पोखरा विमानस्थल प्राधिकरणका सूचना अधिकारी काशीनाथ पौडेलका अनुसार जहाजका सम्पूर्ण यात्रु सकुसल छन्। ‘जहाज धावन मार्गबाट २५ मिटर जति पर घाँसे मैदानमा जोतिन पुगेनको छ,’ उनले भने। 
 
विमान चिप्लिए पनि रनवेमा असर नपरेका कारण अन्य उडान र अवतरण भने यथावत छ। 
 
काठमाडौंबाट ईन्जिनियरको टोली बोलाएर आइतबार नै विमानको मर्मत गर्ने तयारी भइरहेको छ। झण्डै दुई महिना अघिपनि यति एयरलाइन्सको जहाजको नोजल लक भएर धावनमार्गमा दुर्घटना भएको थियो।