राजस्व अनुसन्धान विभागले वीरगंजका व्यापारिक फर्ममा मार्यो छापा, मरिच तस्करी गर्ने निशानामा

बिजमाण्डू
२०७५ असार १ गते १४:२७ | Jun 15, 2018
राजस्व अनुसन्धान विभागले वीरगंजका व्यापारिक फर्ममा मार्यो छापा, मरिच तस्करी गर्ने निशानामा


Tata
GBIME
Nepal Life

वीरगंज।तेस्रो मुलुकबाट मरिच आयात गरि भारत तस्करी गर्ने क्रम बढेपछि राजस्व अनुसन्धान विभागले विभिन्न व्यवसायिक फर्ममा छापा मार्न थालेको छ।विभागले मरिच आयातकर्ताको गोदाम र कार्यालयमा छापा मार्न थालेको हो।

‘पछिल्लो समय नेपालबाट भारतीय सीमा क्षेत्रबाट ठूलो परिमाणमा मरिच जानथालेपछि विभागले अनुगमन तीव्र पारेको छ,’विभागका निर्देशक ध्रुव पोखरेलले बिजमाण्डूसँगभने,‘हामी सरकारको कर्मचारी हौं, जहाँजहाँ खटाइन्छ,त्यहाँ जानु पर्छ,कतिठाउँमा कर्मचारी परिचालित गरिएको छ,त्यो भन्न मिल्दैन तर देश भरी नैविभागले अनुगमन र अनुसन्धानमा कडाई गरेको छ ।’

विभागले बिहीवार वीरगंजको दुई वटा व्यापारिक फर्ममा छापा मारेर अनुसन्धान अघि बढाएको छ ।विभागका निर्देशक पोखरेलले वीरगंजको अनिल पाटवारीको फर्म एसएएम(साम) इन्टरनेशनलवीरगंज र छाला उत्पादन गर्ने सन्जय अग्रवालको ग्लोबल लेदरमा छापा हानेको
बताए ।सन्जय र अनिल दाजुभाई हुन् । दुबै जनाको वीरगंजस्थित रेशमकोठीकोकार्यालयमा राजस्व टोलीले कागजात नियन्त्रणमा लिएको छ ।टोलीले वीरगंज–२१ लिपनीविर्तामा रहेको छालाउद्योगमा पनि पुगी अनुगमन र कागजात नियन्त्रणमा लिएको उनले बताए । ग्लोबल
लेदरको मरिच आयातको सम्वन्धका बारेमा उनले स्पस्ट रुपमा केही भनेनन्। ‘कुन उद्योग र कुन फर्मको कोसँग के कनेक्शन छ,अहिले भन्न अनुपयुक्त होला,तर आशंकाको अधारमा अनुसन्धान भएको हो ।’उनले भने।

उद्योगी अग्रवालले भने,‘वीरगंजको आधादर्जन व्यापारिक प्रतिष्ठानमा छापा हान्ने योजनासहित आएको जानकारी पाएको छु।मरिच कारोबारीलार्इनै लक्षित गरेर यो अपरेशन भइरहेको छ।त्यसैले मैले उहाँहरुलार्इ अनुसन्धानमा सहयोगनै गरिरहेको छु।‘

किन आयो विभाग प्रेसरमा?
चालु आर्थिक वर्षमा वीरगंज नाका  मरिच तस्करीको ट्रान्जिट प्वाईन्ट बनेपछि राजस्वले अपरेशन सुरु गरेको हो। पछिल्ला ११ महिनामा मरिचको आयात १२ गुणाले बढेको देखिन्छ ।

सिर्सियासुक्खा बन्दरगाह भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आवको पहिलो ११महिनामा बीरगंज भएर रु २ अर्ब २० करोड ३९ लाख बराबरको ५५ लाख ८४ किलोमरिच नेपाल भित्रिएको छ ।गत आर्थिक वर्षको यसै अवधिमा मात्र ३२ करोड ८०लाख रुपैयाँ बराबरको ४ लाख १ हजार किलो मरिच आयात भएको थियो । भन्सार कार्यालयका अनुसार ११ महिनामा ५० लाख किलो मरिच बढीभित्रिएको देखिन्छ ।

यो वर्ष १ अर्ब ८० करोड मुल्य बराबरको ५०लाख किलो भन्दा बढी मरिच भारततर्फ तस्करी भएको आशंका छ।भियतनाम,ब्राजिल,इक्वेडर र मलेसियाबाट नेपाल आउने मरिच औद्योगिक प्रयोजनका लागि डाबर नेपाल र चौधरी ग्रुपले बढी ल्याउने गरेका थिए तर अहिले एक दर्जन व्यापारिक फर्मले आयात गर्न थालेका छन्।