साउन लागेसँगै थपियो नेप्सेमा उपसूचक, जीवन र निर्जीवन बीमाको छुट्टाछुट्टै कारोबार हेर्न मिल्ने

बिजमाण्डू
२०७५ साउन १ गते १४:४८ | Jul 17, 2018


काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै नेपाल स्टक एक्सचेन्जले बीमाको उपसूचकलार्इ थप जीवन र निर्जीवन छुट्टा छुट्टै उपसूचक बनाएको छ।

Tata
GBIME
Nepal Life

यसअघि बीमाको मात्रै सूचक रहँदै आएकोमा जीवन र निर्जीवन बीमाको छुट्टा छुट्टै कारोबार हेर्न सकिनेछ।

हाल नेप्सेमा ७ वटा जीवन र १५ वटा निर्जीवन बीमा कम्पनी सूचिकृत छन्।

नयाँ अनुमति पाएका १० वटा जीवन बीमा कम्पनी र तीन निर्जीवन बीमा कम्पनीले प्राथमिक शेयर निष्कासन भएसँगै सूचिकृत कम्पनी थपिने छन्।

उक्त कम्पनीहरुले न्युनतम पनि अनुमति पाएपछि एक आर्थिक वर्षको पूर्ण लेखापरीक्षण गरेको हुनुपर्छ।