सेवा विस्तारका लागि टेलिकमले काम गर्ने, सञ्चारमन्त्रीले भने, स्मार्ट नेपाल बनाउन सहयोग गर्नुस्

बिजमाण्डू
२०७५ असार १७ गते १९:४४ | Jul 1, 2018
काठमाडौं। नेपाल टेलिकमले पूर्व क्षेत्रमा ७ सय ५ वटा बिटीएस टावर सञ्चालनमा ल्याउने भएको छ। कम्पनीका अनुसार बिटीएस टावरमार्फत १२ लाख ६० हजार लाइन र हाइ स्पिड इन्टरनेट उपलब्ध हुनेछ।
 
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शनिबार पूर्वाञ्चल क्षेत्रमा टेलिफोन एक्सेस उद्घाटन गरेका थिए। 
 
डिजीटल नेपाल बनाउने सरकारको चाहना रहेको बताउँदै बाँस्कोटाले स्मार्ट नेपाल बनाउनका लागि नेपाल टेलिकम स्मार्ट हुनुपर्ने बताए। सरकारले लिएको समृद्ध नेपाल सुखी नेपाली नारा सफल पार्न टेलिकमले पनि आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने उनले उल्लेख गरे। 
 
कार्यक्रममा टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सेवाग्राहीको सन्तुष्टीलई ध्यान दिएर छरितो सेवा प्रवाहमा जोड दिने बताइने। उनले आउँदो आर्थिक वर्षमा ग्राहक संख्या र राजश्व १० प्रतिशतले वृद्धि गर्ने कम्पनीको उद्धेश्य रहेको जानकारी दिइन्। 

Tata
GBIME
Nepal Life