त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना भए उद्धार कति समयमा हुन्छ? यस्तो छ ‘ब्याकअप’

बिजमाण्डू
२०७५ असार ५ गते २२:०८ | Jun 19, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही महिना अघि युएस बंगला विमान दुर्घटनापछि उद्धारका बारेमा प्रश्न उठ्यो।

विमान दुर्घटना हुनेवित्तिकै अग्नि नियन्त्रकसहितको टोलीले उद्धारमा ढिलार्इ गर्दा जनधनको क्षति बढी भएको आलोचना समेत भयो।तर विमानस्थलको अग्नि नियन्त्रण विभागले अन्तर्राष्ट्रिय नागरिक उड्ययन संस्थाको मापदण्ड अनुसारका इक्विपमेन्ट र उद्धार टोली रहेको दाबी गरेको छ।
 

विभागका उपप्रवन्धक दयानन्द चौधरीले विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार रहेको बताउँदै उद्धारका लागि कर्मचारी २४ घण्टा तयारी अवस्थामा रहने जानकारी दिए।उद्धार तथा अग्नि नियन्त्रकले जहाज दुर्घटना भएको जानकारी पाएको २० देखि २५ सेकेण्डमा टर्नआउट गर्ने प्रावधान रहेको विभागका उप प्रवन्धक सहदेव नगरकोटीले बताए ।
चौधरीका अनुसार विमानस्थलमा एक पटक उद्धार र अग्नि नियन्त्रण गर्नका लागि न्यूनतम २४ हजार तीन सय लिटर पानी लाग्ने र चार सय पचास केजी ड्राइ केमिकल पाउडर प्रयोग हुने गर्छ।विमानस्थलमा हाल पाँचवटा मध्यमस्तरको फायर भेहिकल, रेस्क्यु फायर भेहिकल, ब्याकअप वाटर सप्लाइको लागि वाटर टेन्डर पनि रहेको चौधरीले बताए। 
 
चौधरी अनुसार आकस्मिक सेवाका लागि  विभागसँग दुई हजार पाँच सय लिटर पानी पुर्ण तयारी अवस्थामा राखिएको छ। तीनवटा रोजनवर्ड(फायर भेहिकल) रहेको छ। एउटा फायर भेहिकल १२ हजार पाँच सय लिटर पानी बोकेको हुन्छ भने १५ सय लिटर फम बोकेको हुन्छ। ९०प्रतिशत आगो नियन्त्रण  तीनवटा फायर भेहिकलमार्फत हुने गरेको उनले बताए। 
 
विभागमा नौ हजार लिटर पानी र १५ सय लिटर पानी बोक्ने नयाँ टेन्डर(पानी ओसारपसार गर्ने गाडी) रहेको छ। हाल विभागमा तीनवटा फायर एम्बुलेन्स रहेको छ। विभागले फायर कमाण्डीङ भेहिकल पनि संचालनमा ल्याइसकेको विभागले जनायो।
 
अन्डरग्राउण्ड वाटर रिजर्भमा एक लाख लिटर पानी रहेको र  ओभरहेड वाटर ट्याङकीमा ५० हजार लिटर पानी राखिएको छ।यसमा  छ देखि आठ मिनेटमा पानी भर्न सकिने छ। तातेको टायरलाई प्राकृतिक रुपमा चिसो बनाउनका लागि तीनवटा कुलिङ फ्यान रहेको विभागको दाबी छ। जहाजमा आगलागी पछि भित्रको धुवाँ बाहिर निकाल्नका लागि स्मोक इन्जेक्टर रहेको चौधरीले बताए।
 
आगलागी भएको जहाजभित्र केमिकलयुक्त वायुले प्रभाव पार्न नदिन १६ वटा  हाजमाट स्विट राखिएको छ।