टाइगर प्यालेश रिर्सोटबाट राजेन्द्र बजगार्इ बाहिरिए, सिल्भर हेरिटेजको नयाँ साझेदार बने सुवर्ण

बिजमाण्डू
२०७५ असार १ गते १२:२४ | Jun 15, 2018

काठमाडौं।भैरहवामा दुर्इ अर्ब लगानीमा होटल संचालनमा ल्याएको अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज समूह र स्थानीय साझेदार राजेन्द्र बजगार्इँको विवाद टुंगिएको छ।भैरहवामा रहेको टाइगर प्यालेश होटल र मिलियनर्स क्लब क्यासिनोबाट बजगार्इ वाहिरिएका छन्।

Tata
GBIME
Nepal Life

समूहले शुक्रबार सूचना जारी गर्दै नेपालमा स्थानीय साझेदारको रुपमा राजेन्द्र र  उनका भार्इ नवराज बजगार्इँले शेयर बिक्री गरिसकेको जनाएको छ।‘राजेन्द्र बजगार्इँ र उहाँका भाइ नवराज बजगार्इँ समेतले सिल्भर हेरिटेजको सहायक कम्पनी,एसएचएल म्यानेजमेन्ट सर्भिसेज(यस कम्पनीले हाल द मिलियनर्स क्लब एण्ड क्यासिनो काठमाडौं) र टाइगर प्यालेश रिर्सोटमा क्यासिनो संचालन गर्नुभएको सम्पूर्ण आफ्नो शेयर बिक्री गर्नुभएको छ’,समूहद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

समूहले बजगार्इँ समूहबाट हटेर आफ्नै कम्पनी गुर्खा इन्काउन्टर प्रालिको प्रवन्ध निर्देशकको पदमा फर्किएको समेत जनाएको छ।स्रोतका अनुसार स्थानीय साझेदारको १० प्रतिशत शेयर बिक्री गरेर बजगार्इ दाजुभार्इ वाहिरिएका हुन्।प्रतिकित्ता १ सय ९ रुपैयाँका दरले पाँच लाख कित्ता शेयर बेचेर बजगार्इ दाजुभार्इ वाहिरिएका हुन्।समूहले स्थानीय साझेदारको रुपमा सुवर्ण श्रेष्ठ छानेको अंग्रेजी पत्रिका काठमाण्डू पोष्टले जनाएको छ।श्रेष्ठले द टाइगर काठमाण्डू इन्भेष्टमेन्ट लिमिटेडका नाममा शेयर खरीद गरेका छन्।श्रेष्ठ समिट होटलका पनि साझेदार हुन्।

अष्ट्रेलियाको स्टक एक्सचेन्जमा लिस्टेड कम्पनीले नेपालमा स्थानीय साझेदारको रुपमा राजेन्द्र र उनका भार्इ नवराजलार्इ छानेको थियो।तर पछिल्लो समयमा बजगार्इँ दाजुभार्इले यो समूहको लगानी रहेको होटलमा विभिन्न बखेडा झिकेका थिए।होटलमा काम गर्ने विदेशी कामदारले श्रम अनुमति नलिएको भन्दै उजुरी गर्नेदेखि होटलको पानी सिधै वाहिर फालेको आरोप लगाएर दु:ख दिँदै आएको आरोप समूहले लगाएको थियो।