‘वेटेड एभरेज’ समाचारले रातो शेयर बजारलाई हरियो बनायो, नेपाल बैंकलाई एफपिओमा सकस

बिजमाण्डू
२०७५ असार ४ गते १५:०७ | Jun 18, 2018

 
काठमाडौं। बोनश र हकप्रद शेयरको आधार मूल्यमा कर लगाउने बिषयमा सरकार केही लचक हुनसक्ने संकेत देखिएपछि शेयर बजार हरियो बनेको छ। 
 
नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लिएरिङ लिमिटेडले शेयर कारोबारमा 'वेटेड एभरेज' का आधारमा हकप्रद र बोनस शेयरको आधार मूल्य निकालेर पुँजीगत लाभकर गणना गर्न सरकारलाई सुझाव दिएको समाचार सार्बजनिक भएसँगै घटेको बजार बढेर बन्द भएको हो।
 
अर्थ मन्त्रालयले गठन गरेको अध्ययन समितलाई सुझाव दिँदै तीनवटै निकायले मध्यमार्गी बाटो सुझाएको समाचार सार्बजनिक भएको थियो। 
 
घटेर १२२१ अंकमा आइसकेको बजारले पुरानो गिरावटलाई रिकभर गर्दै करिव २ अंकको बृद्धिसहित बन्द भएको हो। सुचक १२३५ अंकमा उक्लिएको छ।
 
कारोबार रकम भने खस्किएको छ। दिनभरीमा १९ करोड ५२ लाख रुपैयाँको किनबेच भएको छ। बैंकिङ, विकास बैंक, फइनान्स र उत्पादनमूलक सुचक घटेका छन्। बाँकी सबै सुचक हरियो भएको छ। खासगरी नेपाल टेलिकम सुचिकृत अन्य सुचक चलाएर बजारलाई बढाउन खोजिएको छ।
 
२८० रुपैयाँका दरले एफपिओ निस्कासन तयारी गरिरहेको नेपाल बैंकलाई दोस्रो बजारले भने अप्ठेरोमा पारेको छ। मूल्य घटेर २९८ रुपैयाँमा आइसकेको छ। सोमबार सबैभन्दा बढि नेपाल बैंकको एक करोड ३४ लाखको शेयर किनबेच भएको छ।
 
समता लघुवित्त र नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले १० प्रतिशत हाराहारी कमाएका छन्। राधि विद्युतका शेयरधनीले १० प्रतिशत हाराहारी गुमाएका छन्।

Tata
GBIME
Nepal Life