विश्वकपले टिभी बिक्रेता मालामाल, २ अर्ब ८ लाख रुपैयाँको टिभी आयात, राजश्व पनि बढ्यो

बिजमाण्डू
२०७५ असार १८ गते ०९:०२ | Jul 2, 2018
विश्वकपले टिभी बिक्रेता मालामाल, २ अर्ब ८ लाख रुपैयाँको टिभी आयात, राजश्व पनि बढ्यो



 
वीरगंज। टेलिभिजनको व्यापारीहरुका लागि विश्वकप फुटबल प्रतियोगिता वरदान नै साबित भएको छ। विश्वकप फुटबल प्रतियोगिता प्रत्यक्ष प्रशारण हेर्नका लागि टेलिभिजनको माग उच्च हुने भएकाले स्वदेशी उत्पादक तथा व्यापारीले ठूलो परिमाणमा टिभी आयात गरेका छन्। 
 
वीरगंज भन्सारबाट मात्र चालू आर्थिकको ११ महिनामा ८ लाख ४३ हजार टिभी सेट आयात भएको देखिएको छ।  यो संख्या अघिल्लो वर्षको तुलनामा झण्डै तीन गुणा बढी हो। टिभी आयातमा मात्र यस वर्ष करिब २ अर्ब ५ करोड बढी रकम बाहिरिएको छ। 
 
भन्सार कार्यालयले टिभीबाट मात्रै कूल ७२ करोड रुपैयाँ राजश्व असुलेको छ। वीरगंज भन्सारका अनुसार गत आवको जेठ मसान्तसम्म करिब २ लाख ८९ हजार टिभी सेट आयात भएको थियो। करिब ७४ करोड ७६ लाख रुपैयाँ बराबरको टिभी आयातबाट गत आवको पहिलो १० महिनामा २५ करोड २३ लाख राजस्व असुली भएको वीरगंज भन्सारले जानकारी दिएको छ। 
 
 माईस्थिानको सनसाइन ईलेक्ट्रोनिक्स प्रालिका सञ्चालक अभिशेख चौधरीका अनुसार विश्वकपको अवसरमा हरेक टिभिमा उपहारको व्यवस्था गरिएको बताए। उनले सबै टिभिमा उपहार ब्यवस्था गरिएको बताए। 
 
विश्वकपलाई लक्षित गर्दै टिभी बिक्रेताले नगद छुट, इन्टरनेट सुविधा, आकर्षक उपहार सहितको योजना ल्याउने भएकाले समेत टिभीको व्यापार ह्वात्तै बढ्ने गरेको उनको तर्क छ।

Tata
GBIME
Nepal Life