Bizmandu
www.bizmandu.com

युवा उद्यमीः जसले नेपालमा सम्भावना देखेर विदेशलाई भुले

युवा उद्यमीः जसले नेपालमा सम्भावना देखेर विदेशलाई भुले


सम्भावना र सफलता श्रृखला १
मिडियाको काम असफलता मात्रै खोतल्नु होइन्, सम्भावना पनि देखाउनु हो । नेपाली क्यालेन्डरको यो नयाँ वर्षमा हामीले साता भर नयाँ सम्भावना र सफलतालाई अझ बढी खोतल्ने प्रयास गर्दै छौं । सम्भावना र सफलता खोज्ने बिजमाण्डूको पहिलो श्रृखलामा जोडिएका छन्, केही युवा उद्यमी अनुहार । यो ‘कभर स्टोरी’मा विदेशमा पढेका, विदेश भोगेका, र नेपाल फर्किएका दिकेश मल्होत्रा, सम्भव सिरोहिया, गौरव अग्रवाल, गौरव गोयल र अभिक ज्योतिले खोजि गरिरहेको  सम्भावना र प्राप्त गर्न खोजेको सफलताको कथा उजागर गरिएको छ  । सम्भावना र सफलता खोज्ने बिजमाण्डूको यो प्रयास आगामी वर्षमा अझ बढी संस्थागत हुनेछ, व्यवस्थित बन्नेछ । त्यो हाम्रो प्रतिवद्धता हो । आखिर नेपालको सफलतासँग बिजमाण्डूको भविष्य पनि जोडिएको छ ।

प्रभात भट्टराई/बिजमाण्डू

काठमाडौं । नेपाल प्रति आम तन्नेरी पुस्ताको धारणा सकारात्मक पाइँदैन । कोहि यहाँको प्रदुषणलाई गाली गर्छन्, कसैलाई राजनीतिले वाक्क बनाएको छ । देश नबनेको वा काम नपाएको अनेक विषयमा नेपालप्रति दुखेसो पोख्ने अधिकांश युवाको चाहना हुन्छ बिदेश पुगेर ‘सेटल’ हुने । पढे लेखेकाको सपना हुन्छ अमेरिका, युरोप वा अष्ट्रेलियाको जीवन जिउने । कम पढेका गाउँ–ठाउँका युवा चाहन्छन् खाडी वा मलेसियामा रोजिरोटी ।
नेपालमा अवसर नदेख्नेका माझ केहि यस्ता तन्नेरी पनि छन् जो यहाँ सम्भावना मात्र खोजि गरिरहेका छैनन् सफलताको उदाहरण बन्ने बाटोमा निरन्तर अगाडी बढिरहेका पनि छन् । व्यवसायिक र व्यापारिक पारिवारिक पृष्ठभूमी भए पनि उनीहरु आफ्नो छुट्टै पहिचान बनाउने प्रयासमा छन् । नेपालमा सम्भावनाको क्षेत्र पहिल्याएर लगानी गर्ने र अवसरको खेती गर्ने अभियानमा उनीहरु एक पछि अर्को खुड्किलो चढ्दै पनि छन् । सानैमा विदेश पुगेका र उताका ‘प्रशस्त’ अवसर छाडेर नेपालमा उद्यमको विउ रोप्ने यी तन्नेरीले नेपालीमा नयाँ आशा र भरोसा जगाएका छन् ।
नयाँ बर्ष २०७१ को पुर्वसन्ध्यामा विजमाण्डूले भेटेका यी युवामा एक बर्ष भित्र रचनात्मक उचाइ हासिल गर्ने अठोट छ । आफुले थालेको ‘विजनेश प्रोजेक्ट’लाई अघि बढाउनु मात्रै होयन्, धेरैले त्यस पछिको विस्तार योजना समेत तयार पारेका छन् । आफ्नो पुस्तौनी व्यवसायलाई निरन्तरता दिँदा पनि त्यसमा प्रविधिलाई  जोडेर तन्नेरी पुस्ताले नयाँ स्वाद पस्किंदैछ ।

प्रविधि रणनीति बनाउँदै दिकेश

नेपालकै मोर्डन इन्डियन स्कुलमा १२ कक्षासम्म पढेपछि स्नातकका लागि अमेरिका पुगे दिकेश मल्होत्रा । त्यहाँ साढे पाँच बर्ष वसेर नेपाल फर्किएपछि केहि समय सामसुङ मोवाइलको बजार हेरे । यहाँ आएको छ महिनामै वेलायतमा एमबिएको अवसर जुर्यो । एक बर्षको एमबिए कोर्स सिध्याएर सन् २०१२ को डिसेम्बरमा नेपाल फर्किए पछि भने दिकेश सामसुङका ‘फुल टाइमर’ बनेका छन् ।
बुवा दिपक मल्होत्राको अगुवाइमा सामसुङ मोवाइलको नेपालस्थित आधिकारिक प्रतिनिधित्व लिए पनि अहिले व्यवसायको सम्पुर्ण कमान इन्टरनेशनल मार्केटिङ सर्भिसेज प्रालिको प्रेसिडेन्टको रुपमा दिकेशले हाँकेका छन्  ।
विदेशको  पढाइ र अनुभवमा लामो समय विताउँदा त्यहाँको बजारमा धेरै घुलमिल भएको र नेपाल आएपछि सुरुमा केहि अफ्ठ्यारो महसुस भएको उनी सुनाउँछन् । ‘त्यहाँको पढाइ र अनुभवअनुसार यहाँ काम गर्न खोज्दा नमिल्ने अवस्था पनि आउँदो रहेछ’ उनी सुनाउँछन् । तर, अहिले उनी घुलमिल भइसकेका छन् ।
नेपाल र परिवारप्रति उनको अलि बढि नै लगाव छ । अमेरिका बस्दा पनि वर्षेनी नेपाल आउँथे । ‘विदेशमा रहेका आफन्तले भन्ने गर्थे, दिकेश विदेशको हावापानीले छोए पछि तिमी नेपाल फर्किँदैनौं । ‘तर म सुरु देखिनै फर्किन्छु भन्नेमा दृढ थिएँ ।’ भविष्यमा नेपालमै केहि व्यवसाय गर्छु भन्ने मेरो योजना थियो, उनी सुनाउँछन् । आफ्नो वुवाको काम गर्ने शैली देखेर व्यवसाय गर्ने शौख पलाएको थियो, दिकेश भन्छन् ।




 
नेपाल र परिवारप्रति उनको अलि बढि नै लगाव छ । अमेरिका बस्दा पनि वर्षेनी नेपाल आउँथे । ‘विदेशमा रहेका आफन्तले भन्ने गर्थे, दिकेश विदेशको हावापानीले छोए पछि तिमी नेपाल फर्किँदैनौं । ‘तर म सुरु देखिनै फर्किन्छु भन्नेमा दृढ थिएँ ।’ भविष्यमा नेपालमै केहि व्यवसाय गर्छु भन्ने मेरो योजना थियो
---





प्रविधिमा आधारित व्यापार भएकाले सामसुङमा सधैं चनाखो रहनु पर्छ । गत बर्षसम्म सामसुङ स्मार्टफोन सिरिजमा कोहि प्रतिश्पर्धी नरहेकोमा अहिले बजारमा धेरै कम्पनीका उत्पादन आइसकेका छन् । ‘मध्यम र उच्चकोटीका फोनमा हामीलाई त्यत्रो चुनौती छैन’ उनी भन्छन् ‘तर, सस्ता स्मार्टफोनमा प्रतिश्पर्धी थपिएका छन् ।’ त्यसैले बजारमा कसरी अब्बल रहि रहने भनेर अध्ययन अनुसन्धान गरि योजना बनाउन टिम नै खडा गरेका छन् । मसँग नेपालमा विक्री हुने सबै मोवाइल कम्पनीका स्थानीय कर्मचारीको कुल संख्याभन्दा ठूलो टीम छ, दिकेश भन्छन् ।
उनैले हरेक प्रोडक्टमा अलग/अलग ढंगको ब्रान्डिङ र मार्केटिङ योजना अघि बढाउन थालेका छन् । कुनै मासिक किस्तावन्दीमा, कुनैमा पुरक उपहार लगायतका स्किम रणनीतिकै रुपमा सामसुङ मोवाइलले सुरु गरेको छ । मुल्य तय हुँदा चलि आएको ‘मार्जिन’मा मात्र आधारित नभइ भारतको समेत अधिकतम खुद्रा मुल्य (एमआरपी) हेरेर निर्णय लिने गरेको उनी बताउँछन् ।
टिमले निकालेको निश्कर्षका आधारमा सन् २०१४ लाग्ने वित्तिकै जनवरीमा सामसुङले सबै मोवाइलमा मुल्य घटाएको छ । यो रणनीति बजारमा सफल देखिएको उनको अनुभव छ । ‘अरु देशको मुल्यसँग तुलना गर्दा नेपालमा सामसुङ फोनहरुको मुल्य केहि महङ्गो देखिन्थ्यो’ उनी भन्छन् ‘अहिले हामी विदेशकै तहमा तथा कतिपय मोडलको मूल्य त्योभन्दा पनि सस्तो राखेका छौं ।’
भर्खरै सार्वजनिक गरिएको एस फाइभको एमआरपी ७६ हजार राखिएको छ । जुन, अरु धेरै देशभन्दा कम रहेको उनी बताउँछन् । विदेशमा लामो समयदेखि चले पनि नेपालमा प्रभावकारी नदेखिएको प्रि वुकिङ समेत एस फाइभमा सफल भएको दिकेशको अनुभव छ । सार्वजनिक गर्नु अगावै तीन सयभन्दा बढि फोन वुकिङ भएका थिए । प्रविधिमा आधारित व्यापार र त्यसको ब्रान्डिङमा यस्ता नयाँ प्रयोगले उनलाई उत्साहित बनाएको छ । नेपालमा पनि  टिमले गरेको अध्ययनबाट नयाँ नयाँ कुरा ल्याउने गरेको र यो बर्षको एक÷दुई महिना सम्म नै नविन कुरा आउने क्रम चलि रहने उनको भनाइ छ ।  
सामसुङ अब्बल बनाइ रहन उनले अधिकतम समय दिइ रहेका छन् । व्यवसायमा त्यस बाहेक थप योजना तत्काल नबनाएको उनी सुनाउँछन् । ‘मोवाइल फोन विश्वमै तिब्र गतिमा अघि बढि रहेको प्रविधि हो’ उनी भन्छन् ‘यसप्रति मैले थोरै मात्रै वेवास्ता गरे पनि समस्या आउन थाल्छ, त्यसैले पुर्णकालिन रुपमा यसमा लागेको छु ।’
ज्वेलरी, हाउजिङ लगायत अरु पारिवारिक व्यवसाय बुवाले नै ‘ह्यान्डल’ गर्ने हो । व्यवासयमा तत्काल अरु योजना नबनाए पनि सामाजिक काममा उनले संलग्नता बढाएका छन् । संस्थागत सामाजिक उत्तरदायित्वका लागि गत वर्ष डिएम फाउन्डेसन स्थापना गरि त्यसको निर्देशक तथा प्रमुख कार्यकारी पनि उनी बनेका छन् । यो फाउण्डेशनले विद्यार्थीलाई छात्रबृत्ति लगायतका सहयोग प्रदान गर्दै आएको छ ।

सम्भवको डिजिटल दौड

कान्तिपुर पब्लिकेशन देशको नम्बर एक मिडिया हाउस हो । २०४९ सालमा जन्मिएको कान्तिपुरभन्दा दुई वर्ष जेठा छन् सम्भव सिरोहिया । बुवा कैलाशको नेतृत्वमा कान्तिपुरको साविक काममा उनलाई सिमित हुन मन लागेन । उनले नयाँ बाटो रोजे । कान्तिपुर २२ औं बर्ष प्रवेश गरेको अवसरमा ७ फागुनदेखि सञ्चालनमा आएको कान्तिपुर डिजिटल कर्पमा उनी प्रमुख सञ्चालन अधिकृत छन् ।
जसले, कान्तिपुर मिडिया ग्रुप अन्तर्गत मल्टिमिडिया सम्बन्धि सबै काम हेर्ने गर्छ । त्यहि बेला सार्वजनिक गरिएको कान्तिपुर मिडिया ग्रुपको मोवाइल एप्लिकेसन (केएमजी)देखि अनलाईन संस्करण, कान्तिपुर समूहको प्रवद्र्धन गर्ने युट्युव, ट्विटर, फेसवुक पेज जस्ता सामाजिक सञ्जाल पनि कर्प अन्तर्गत छन् ।
कान्तिपुर दैनिक ल्याउँदा जसरि निजी लगानीकर्ताले जोखिम मोलेर सञ्चार व्यवसाय सुरु गरेको थियो त्यसैगरि भोलिको युग सूचना प्रविधि हो भन्ने बुझेर आफुले कर्प सुरु गरेको उनी बताउँछन् । ‘त्यतिवेला पनि घाटा खान किन पेपर खोलेको भन्ने थिए होलान्’ उनी भन्छन् ‘तर, हाम्रो अध्यक्षले समस्याको बिचमा सम्भावना देखेर नै कान्तिपुरका लागि ‘इनिसिएट’ लिनु भयो र अहिले कर्प पनि त्यहि चुनौती बिचको अवसर हो ।’
समाजले मागे पछि त्यता जानुभन्दा समाजका लागि माग सिर्जना गर्नु उनी महत्वपुर्ण ठान्छन् । भविष्यमा सबथोक डिजिटल हुन्छ भन्नेमा उनी ढुक्क छन् र त्यसका लागि आजदेखि उनी जग हाल्दैछन् ।

 
अहिले नै डिजिटल प्रविधि प्रतिको चाहना बढ्दो छ । ‘केएमजी सार्वजनिक गरेको तीन साता भित्र ८० हजार डाउनलोड भयो’ उनी भन्छन् ‘र, छिट्टै हामी एक लाख डाउनलोड छुँदैछौं ।’ डाउनलोड गरेर प्रयोग पनि निरन्तर बढि रहेको उनी सुनाउँछन् । यी अनुभवका आधारमा १५ देखि १८ बर्षसम्म कान्तिपुर दैनिकको अहिलेकै बजार कायम रहे पनि त्यस पछि डिजिटलले उछिन्ने उनको विश्वास छ
---
 



अहिले नै डिजिटल प्रविधि प्रतिको चाहना बढ्दो छ । ‘केएमजी सार्वजनिक गरेको तीन साता भित्र ८० हजार डाउनलोड भयो’ उनी भन्छन् ‘र, छिट्टै हामी एक लाख डाउनलोड छुँदैछौं ।’ डाउनलोड गरेर प्रयोग पनि निरन्तर बढि रहेको उनी सुनाउँछन् । यी अनुभवका आधारमा १५ देखि १८ बर्षसम्म कान्तिपुर दैनिकको अहिलेकै बजार कायम रहे पनि त्यस पछि डिजिटलले उछिन्ने उनको विश्वास छ ।
यो बिचमा उनलाई विदेश पढ्न जाने अवसर आयो । वेलायतको भिसा लागि सकेको थियो । उनलाई भने नेपाल छोड्न मन लागेन । उड्ने दुई दिन अघि अविभावकलाई मनाए र त्यता गएनन् । त्यसपछि अष्ट्रेलिया पढ्न जाने तयारी भयो । गए । तर, छ महिना भन्दा बस्न मन लागेन ।
‘मलाइ नेपाल सम्झेर सारै छटपटि लाग्थ्यो’ उनी सम्झन्छन् ‘मैले धेरै अवसर छुटाइ सकें जस्तो लाग्यो त्यसैले फर्किएँ ।’ काम भने पछि म सानैदेखि हुरुक्क हुन्थें उनी भन्छन्, म अहिले त्यसलाई सम्भावनामा बदल्दै छु । स्कुलमा छँदा समेत फुर्सद मिल्दा कान्तिपुरका विभिन्न शाखामा ‘इन्टर्न’ गर्थे । ‘मार्केटिङमा इन्टर्न गर्दा मलाइ क्लिक भयो’ उनी सुनाउँछन् ‘यो क्षेत्र अरु भन्दा रमाइलो लाग्यो र भविष्यमा जे गरे पनि यहि क्षेत्रमा गर्छु भन्ने आत्मविश्वास बढ्यो ।’ उनले इभेन्ट म्यानेजमेन्ट कम्पनी पाटी नेपालमा पनि केहि समय काम गरे ।
नेपालमा अरु कारणभन्दा पनि यहाँको अवसरले मलाई तानेको छ, सम्भव भन्छन् । विषेश गरि सूचना प्रविधिमा नेपालमा अथाह सम्भावना छ । नेपाल उद्योग बाणिज्य महासंघले मलेसियाका पुर्व प्रधानमन्त्री महाथिर विन मोहम्मदको प्रमुख आतिथ्यमा अघिल्लो महिना आयोजना गरेको विजनेश कन्क्लेभमा समेत नेपालमा सूचना प्रविधिको सम्भावना बारे उनले ‘प्रिजेन्टेशन’ दिएका थिए । त्यसपछि चीन, जर्मनी लगायत मुलुकबाट समेत आएको प्रतिक्रियाले उनलाई झनै उत्साहि बनाएको छ ।
उनी सूचना प्रविधि र मार्केटिङलाई एकसाथ लैजान अभियानमा छन् । त्यसैको कडि हो, एसियन डिजिटल मार्केटिङ प्रालि । एसियन डिजिटलले अहिले मोवाइल एप्लिकेसन क्यास अन एडको नेपालमा मार्केटिङ गरिरहेको छ । ‘फुलफ्लेज्ड मिडिया सर्भिस’ दिने अभिप्राय अन्तर्गत यस्ता सेवा थप गरेको उनी बताउँछन् ।
सम्भव नेपाल भेन्चर प्लस नामको नयाँ परियोजनाको पनि तयारीमा छन् । सन् २०१४ भित्रै त्यसलाई ल्याउन आफू लागि परेको उनी सुनाउँछन् । ‘नेपालमा क्रिएटिभ जनशक्तिले बिभिन्न सिर्जनात्मक एप्स तथा सफ्टवेयर विकास गर्दै आएका छन्’ उनी भन्छन् ‘तर, उनीहरुले पाउनु पर्ने प्लेटफर्म पाएका छैनन् किनभने त्यसलाई चाहिने बजार खोज्ने आइडिया उहाँहरुसँग नहुन सक्छ ।’ यस्ता उत्पादकहरुलाई स्वदेश तथा विदेशको बजार खोजिदिन नेपाल भेञ्जर प्लसको ‘कन्सेप्ट’ आएको हो । यसलाई एक सामाजिक उद्यमको रुपमा अघि बढाउने उनको सोंच छ । ‘हामी पहिला सूचना प्रविधिसँग सम्बन्धि स्थानीय स्रोतको खोजि गर्छौं’ उनी भन्छन् ‘त्यसपछि तीन महिना ग्रुमिङ गरि लगानीकर्ताको अगाडी उभ्याइ दिन्छौं ।’
नेपाली ‘रिसोर्स’मा आधारित भएर अन्र्तराष्ट्रिय बजार हासिल गर्ने उनको सपना छ । मिडियाबाट बाहिर निस्केर आफुहरुले दुई बर्ष अघि सुरु गरेको इ–कमर्स एस कान्तिपुरले एउटा गति लिइ सकेको र अब त्यसलाई विस्तार गर्ने अभियानमा आफूहरु लागेको उनी बताउँछन् । त्यस मार्फत नेपालका कृषि उत्पादन हुन् वा हस्तकला या सूचना प्रविधि नै किन नहोस अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उनको अठोट छ । ‘एस कान्तिपुरमा मेरो दिर्घकालिन सोच नेपाली उत्पादन विदेश निर्यात गर्नु नै हो’ उनी भन्छन् ।

गौरवको सपना नेपालभर चेन होटल
नेपालमा पर्यटनको जति सम्भावना छ त्यसलाई ट्याप गर्ने पुर्वाधार र सेवा सुविधामा लगानीकर्ताको उति नै अभाव पनि छ । यस्तोमा एक तन्नेरीले सपना देखेका छन् राजधानीमा तीन सहित देशभर होटल चेन निर्माण गर्ने र पर्यटकलाई उच्चकोटीको सुविधा दिने । त्यसका लागि राजधानीमा एउटा तीन तारे होटल निर्माण सुरु भइ सकेको छ भने अन्तराष्ट्रिय होटल चेन म्यारियटको कोर्टियाड र फेयरफिल्डसँगको सहकार्यमा अर्को पाँच तारेको डिजाइन अन्तिम चरणमा छ ।
वेलायतका बैंकमा राम्रा जागिरको अवसर छोडेर गौरभ अग्रवाल नेपाल फर्किएको एक दशक छेउछाउ पुगि सकेको छ । उनको सुरु देखिकै सपना व्यवसायमा लाग्नु थियो । ‘व्यवसाय गर्ने र त्यो पनि नेपालमै भनेर निर्णय गर्न मलाई कुनै कठिन थिएन’ उनी भन्छन् । एकदेखि १० कक्षा सम्म भारतीय स्कुलमा तथा त्यसपछि स्नातकसम्म वेलायलमा पढे पछि भविष्य र करियरको खोजि गर्दै उनी नेपाल आएका हुन् ।
वेलायतबाट फर्किए पछि अग्रवालले केहि बर्ष परिवारकै पुख्र्यौली व्यवसायमा सघाए । उनले सुरुमा पारिवारिक रुपमा अघि बढाएको हाउजिङ परियोजना हेरे । विराटनगरमा रहेको चकलेट र सावुन उद्योग उनले अहिले पनि हेरि रहेका छन् ।  पछिल्ला दुई बर्षदेखि उनले आफ्नो सपना अनुरुप नै होटल प्रोजेक्ट अघि बढाएका गौरव एमएस समुह अन्तर्गत नेपाल हस्पिटालिटीको प्रबन्ध निर्देशक छन् । एमएस समुह ‘लो प्रोफाइल’मा बसेर उद्योग गर्ने व्यवसायीक घरानाको पृथक पहिचान बनाएको छ ।

नेपालमा लुकेर रहेका अवसर खोज्न उनी विदेशबाट फर्किएका हुन् । मैले आउँदा दिन अझ सुन्दर देखेको छु उनी भन्छन् । नेपालमा सम्भावनाका दृष्टिले हस्पिटालीटी नै सबैभन्दा उपयुक्त क्षेत्रको रुपमा उनले देखेका छन् । नेपालको भौगोलिक र पर्यावरणीय विविधताबाट फाइदा लिने सबैभन्दा महत्वपुर्ण क्षेत्र पनि पर्यटन नै रहेको उनको अनुभव छ
---


 
होटल बनाउन हाइड्रोपावर जत्तिकै कठिन रहेको उनको अनुभव छ । हाइड्रोपावर सातदेखि १० बर्षमा निर्माण सम्पन्न हुनेमा राम्रो होटललाई पनि तीनदेखि सात बर्ष लाग्ने उनी बताउँछन् । ठमेलमा फेयरफिल्ड होटल निर्माण सुरु भइ सकेको छ । तीन तारे यो होटल आउँदो बर्षमा सञ्चालन गर्ने लक्ष्य छ ।
नक्सालमा बन्ने पाँच तारे म्यारियट भने सन् २०१७ सम्ममा उद्घाटन गर्ने तयारी छ । तारे होटल सम्बन्धि नेपाली मापदण्ड भन्दा धेरै उच्चकोटीमा होटल निर्माण गर्ने उनी सुनाउँछन् । ठमेलको होटलमा वाथटप नराख्ने भनेको आधारमा सरकारले चार तारे वर्गिकरण दिन अस्विकार गरे पनि अन्तर्राष्ट्रिय स्तरमा चार तारे सरहको होटल हुने उनले दावी गरे ।
‘वाथटप विना सरकारले चार तारे मापदण्ड दिँदैन’ उनी भन्छन् ‘तर आजको दिनमा बाथटब आउटडेटेड भइ सक्यो, हामीले 
बाथटब भन्दा महङ्गो सावर फेसिलिटी राखेका छौं ।’ नक्सालको होटल भने पाँच तारे डिलक्स सुविधासहित निर्माण गर्ने उनले बताए । मेरियटको अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षा दृष्टिमा पनि संयमित ढंगले होटल निर्माण गर्ने उनको भनाइ छ ।
नेपालमा लुकेर रहेका अवसर खोज्न उनी विदेशबाट फर्किएका हुन् । मैले आउँदा दिन अझ सुन्दर देखेको छु उनी भन्छन् । नेपालमा सम्भावनाका दृष्टिले हस्पिटालीटी नै सबैभन्दा उपयुक्त क्षेत्रको रुपमा उनले देखेका छन् । नेपालको भौगोलिक र पर्यावरणीय विविधताबाट फाइदा लिने सबैभन्दा महत्वपुर्ण क्षेत्र पनि पर्यटन नै रहेको र यसका लागि वास्तविक बजारमा प्रचार प्रसार नपुगको उनको अनुभव छ । म्यारियट जस्तो अन्तर्राष्ट्रिय ब्रान्डसँगको सहकार्यले विदेशमा नेपालको मार्केटिङ पनि बढ्ने उनी बताउँछन् ।
सुरु गरिएका दुई होटल सम्पन्न भएपछि काठमाडौं अर्को एउटा होटल थप गर्ने उनको योजना छ । त्यसपछि वीरगञ्ज, विराटनगर, पोखरा, जनकपुर लगायतका देशका बिभिन्न भेगमा होटल सञ्जाल विस्तार गर्ने उनको रणनीति छ । राजधानी बाहिर गुणस्तरीय होटलको अभाव रहेको उनको अनुभव छ । ‘आउँदो पाँच बर्षमा नेपालभर एक हजार वटा कोठाको होटल चेन निर्माण गर्ने मेरो सोच छ’ गौरवले भने । काठमाडौं पर्यटकको बढ्दो आगमनका कारण तथा देशका अरु भेगमा भने व्यवसायका नयाँ दायराहरु खुलुन् भनेर होटल विस्तारको लक्ष राखेको उनी सुनाउँछन् ।


मौन प्रगतिमा रमाउने अभिक
नेपालका धेरै जसो व्यवासायिक घरानामा तन्नेरी पुस्ता आइ रहेको छ । सबैमा नयाँ व्यवसाय थालनी नभए पनि तन्नेरीको उपस्थितीले परम्परागत व्यवसायले पनि नयाँ स्वरुप अनुभव गर्न सकिन्छ । यस्तैमा एक हुन् अभिक ज्योती ।
ज्योती समुहको स्याकार कम्पनीले होन्डा र हिरोहोन्डा दुबै मोटरसाइकल नेपालमा बिक्री गर्दै आएको थियो । हिरो र होन्डा कम्पनी आपसमा छुट्टिने भएपछि स्याकारले एक साथ दुबै काम नपाउने भयो । हिरोले नेपाल प्रतिधिनी खोज्न थाल्यो । बजारमा धेरैले प्रतिश्पर्धा गरे । अन्त्यमा कम्पनीले विश्वास गर्यो ज्योती समूह अन्तर्गतकै ‘एनजिएम’लाई ।


एनजिएमका ‘कि म्यान’ हुन् अभिक ज्योती । अभिक हिरो प्रबद्र्धकको विश्वास जित्न सफल भएका छन् । बुवा रुप अध्यात्ममा बढि तल्लिन छन् । त्यसैले अभिकले सानैदेखि बुवाको काम हेर्न थाले । एक दशक अघि अमेरिकाबाट एमएस सकेर फर्के लगत्तै पारिवारिक व्यवसायमै उनी रमाए । हिमाल आइरनको मार्केटिङ हेर्नेदेखि बन्द भएको ज्योति स्पिनिङ मिल्सको पुनः सञ्चालनसम्म घोत्लिएका छन् उनी
‍‍‍---


 
रुप ज्योतीले नेतृत्व गरेको एनजिएमका ‘कि म्यान’ हुन् अभिक ज्योती । अभिक हिरो प्रबद्र्धकको विश्वास जित्न सफल भए र हालै मात्र तीन नयाँ मोडलका मोटरसाइकल सार्वजनिक गरेका छन् । बुवा रुप अध्यात्ममा बढि तल्लिन छन् । त्यसैले अभिकले सानैदेखि बुवाको काम हेर्न थाले । एक दशक अघि अमेरिकाबाट एमएस सकेर फर्के लगत्तै पारिवारिक व्यवसायमै उनी रमाए । हिमाल आइरनको मार्केटिङ हेर्नेदेखि बन्द भएको ज्योति स्पिनिङ मिल्सको पुनः सञ्चालनसम्म घोत्लिए उनी । ती काममा पनि अभिक केहि हदसम्म सफल हुँदैछन् ।
गत वर्ष हिरोको विश्वास जितेर उनले ठूलै बाजी मारे । कम वोल्न र बढी काम गर्न रुचाउने अभिकले औषधी उद्योगको सपना पनि देखेका छन् । अहिले भाजुरत्न फर्माको नामबाट औषधी आयात गरि रहेको समूह उपयुक्त वातावरणमा औषधीको आफ्नै प्लान्ट लगाउने योजनामा छ ।
त्यस बाहेक ग्रान्डि अस्पतालमा गरेको लगानी तथा जमलस्थित ज्योती भवनमै रहेको ग्रान्डि सिटी क्लिनिकको व्यवस्थापनमा पनि अभिकको दृष्टि पुग्छ । नयाँ योजनाबारे उनी भन्छन्, ‘थालेका काम गर्दै जाउँ कस्तो हुँदो रहेछ ।’

मनोरञ्जन बजारमा गोयलको प्रवेश
एसएलसी पछिका एक दशक नेपाल बाहिर विताएपछि गत वर्ष गौरव गोयल नेपाल फर्किए । यहाँ उनलाई कुनै नौलो क्षेत्रको खोजी गर्नु थियो । अमेरिकाबाट स्नातक र वेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सबाट फाइनान्समा स्नातकोत्तर सकेपछि उनलाई विदेशमा थुप्रै अवसर जुरेको थियो । अमेरिकामा फाइनान्सियल एनालिष्टको रुपमा केहि बर्ष उनले काम समेत गरे । तर उनी त्यसमा सन्तुष्ट हुन सकेनन् । आफ्नै भेन्चर सुरु गर्ने रहरले कुत्कुत्यायो, उनले त्यसका लागि नेपाल फर्कने निधो गरे ।
बुवा विश्वनाथ गोयल नेपाल टेलिकमका अवकास प्राप्त प्रबन्ध निर्देशक रहे पनि गौरवको पारिवारिक अनुभव व्यवसायमै थियो । सिमेन्ट आयात गरेर बिक्री गर्ने लामो अनुभव पछिल्लो समय सिमेन्ट उद्योग स्थापनासम्म विस्तार भइ सकेको छ । तर उनी आफु भने भए÷चलेका भन्दा नयाँ ठाउँमा लगानी गर्न चाहन्थे । केहि समयको रिसर्चपछि पत्ता लाग्यो काठमाडौंमा मनोरञ्जन ‘लिमिटेड’ छ । परिवार वा साथिसँग सँगै घरबाहिर निस्कौं, फिल्म हेरौं, खाना खाउँ र फर्किउँ भन्दा नेपालमा ठाउँकै अभाव देखेको उनी बताउँछन् ।

 

अमेरिकाबाट स्नातक र वेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सबाट फाइनान्समा स्नातकोत्तर सकेपछि उनलाई विदेशमा थुप्रै अवसर जुरेको थियो । अमेरिकामा फाइनान्सियल एनालिष्टको रुपमा केहि बर्ष उनले काम समेत गरे । तर उनी त्यसमा सन्तुष्ट हुन सकेनन् । आफ्नै भेन्चर सुरु गर्ने रहरले कुत्कुत्यायो, उनले त्यसका लागि नेपाल फर्कने निधो गरे
---


 
 
त्यसपछि निधो भयो लक्जरी मल्टिप्लेक्स निर्माण गर्ने । उनी गत बर्ष सञ्चालमा आएको सिभिल ट्रेड सेन्टर (सिटिसी मल)को सातौं र आठौं तलामा पाँच तारे सुविधा सम्पन्न मल्टिप्लेक्स ‘सिनेडिसेफ’ बनाउन जुटेका छन् । नेपालकै हालसम्मको भव्य र सुविधा सम्पन्न दुई वटा अडिटोरियम यो साताको अन्त्यसम्ममा चालु गर्ने तयारी छ । दुईमध्ये एउटा अडिटोरियम सिने डाइन हो भने अर्को सिने । सिने डाइनमा ५८ वटा लक्जरी सोफा छन् । जसलाई १८० डिग्री सम्म फोल्ड गर्न मिल्छ । सोफामा जडित प्रविधिबाट बसेकै ठाउँमा मसाज हुन्छ ।
दर्शकको अर्डर बमोजिम कम्पनीले सञ्चालन गरेको पाँच तारे किचनबाट हलभित्रै वेटरले खाना सर्भ गर्छन् । हरेक सोफाको अगाडी टेबुल रहेकाले त्यहिँ खाना खान मिल्छ । काठमाडौंका अरु हलमा चिसो र पपकर्न मात्र उपलब्ध हुने गरेकोमा सिनेडेसेफले ब्रेक फाष्ट, लन्च र डिनर तीन वटै उपलब्ध गराउने गोयल बताउँछन् ।
यो हलमा समय हेरेर चार सय ४० देखि एक हजार पाँच सय सम्मको टिकट रहनेछ । किचन र बार
  समेत त्यहिँ भएकाले कुनै कम्पनीले हल वुक गरेर आफ्नो प्राइम क्लाइन्टहरुलाई पार्टी आयोजना समेत गर्न सक्छ । दर्शक क्षमतामा सिने डाइन सिनेभन्दा झन्डै तीन गुणा सानो छ । र, यि दुई अडिटोरियमको लवी समेत छुट्टा छुट्टै छ । अनावश्यक भीडभाड नहोस र दर्शकको गोपनियता सुरक्षित होस् भनेर यस्तो व्यवस्था गरेको गोयल सुनाउँछन् ।
सिने भने एक सय ६८ सिट क्षमताको छ । त्यसमा ४० वटा सोफा र बाँकी सिट पनि राजधानीका अरु हलभन्दा सुविधा सम्पन्न हुने व्यवस्था गरिएको छ । अरु हलमा अधिकतम २० इन्चको कुर्सी रहेकामा सिनेडेसेफमा २३ इन्चको रहने उनले बताए । यो थिएटरमा आउने दर्शकले पनि भित्रै खाना खान सक्नेछन् । तर, सर्भ भने आफैं गर्नु पर्छ । यहाँको टिकट शुल्क दुई सय ५० देखि सात सय रुपैयाँसम्म तोकिएको छ ।
हलको साउन्ड, प्रोजेक्टर र स्क्रिन तीनवटैमा विश्वमा विकास भएका पछिल्लो प्रविधि प्रयोग गरिएको छ । अमेरिकी कम्पनीले सिने र सिनेडाइनकै लागि भनेर साउन्ड सिस्टम बनाएको हो । ‘हाम्रो हलको प्रकृति, दर्शक क्षमता लगायत सबै कुरालाई आधार बनाएर हाम्रै लागि यो साउन्ड सिष्टम विकास गरिएको हो’ गोयलले भने ।
भारतमा समेत यो गुणस्तरका हल धेरै नबनेका उनी सुनाउँछन । हलको कार्पेट समेत ‘साउन्डप्रुफ’ छ । चलि रहेका तथा आउने फिल्म बारे जानकारी दिन लविमा डिजिटल स्क्रिनको व्यवस्था छ । लवीबाट भित्र हल सम्मनै परिवर्तनशील ‘लाइट टेक्नोलोजी’ छ, जसले फिल्मको दृश्य अनुसारको प्रकाश प्रवाह गर्छ । फिल्मको दृश्यलाई दर्शकले अनुभव गर्न सकुन् भन्नेमा आफुहरु सजग रहेको उनको भनाइ छ ।
आउँदो तीन वर्षसम्मलाई उनले मुनाफाको आश पनि गरेका छैनन् । काठमाडौंको मनोरञ्जन बजारमा नयाँ अनुभुती दिलाउने नै उनको मुख्य सोंच छ ।  सिनेडिसेफलाई सन् २०१४ भित्रै राजधानी तथा बाहि विस्तार थालनी गर्ने योजना बुनि सकेका छन् । काठमाडौंका केहि ठाउँ र बाहिर पोखरा, नेपालगञ्ज, धरान हाम्रा लागि सम्भावित नयाँ बजार हुन्, उनी भन्छन् ।