BIZMANDU
www.bizmandu.com

चन्दा कोचरलाई बिबादित बनाएको भिडियोकोन ब्राण्ड संकटमा, टाट पल्टेको घोषणा हुनबाट जोगिएला!

२०७५ जेठ २४

नयाँ दिल्ली। भारतमा बिद्युतीय सामाग्रीहरुको ठूलो ब्राण्ड भिडियोकोनले ठूलो मात्रामा ऋण नतिरेपछि कम्पनी बिरुद्ध टाट पल्टेको कम्पनी अन्तर्गत कारवाही हुनसक्ने देखिएको छ। एसबीआईको नेतृत्वमा कम्पनीलाई ऋण दिने बैंकहरुले नेशनल कम्पनी ल ट्राइब्यूनलमा कम्पनी टाट पल्टेको घोषणा गर्न निवेदन दिएका थिए।

Tata
GBIME
Nepal Life

बुधबार ट्राइब्यूनलले यो निवेदन स्वीकार गरेको छ। आगामी १८० दिनमा कम्पनीलाई किन्नकालागि बोली लगाउने समय तोकिएको छ। बेणुगोपाल धुतको फल्यागशिप कम्पनी भिडियोकोनमाथि बैंकहरुको २० हजार करोड भारतीय रुपैयाँ ऋण रहेको छ ।

कम्पनीले लामोसमयदेखि कुनै पनि ऋण तिर्न सकिरहेको छैन। आजै भिडियोकोन टेलिकम बिरुद्ध बैंक घोटालाकै बिषयमा अदालतमा सुनुवाइ हुने बताइएको छ। भिडियोकोन ग्रुपका एक दर्जन अन्य कम्पनीहरुमाथि ४४ हजार करोड रुपैयाँको ऋण छ ।

कम्पनीका चेयरम्यान बेणुगोपाल  धुतले भने अझै पनि ९० प्रतिशत ऋणदाताहरुलाई फकाएर केस फिर्ता लिने बताएका छन्। उनले आफ्ना सबै ऋणदाताहरु कम्पनी टाट पल्टेको हेर्न नचाहेको भन्दै नयाँ प्रावधानको प्रयोग गरी कम्पनी जोगाउन प्रयास गर्ने बताए।

कम्पनीको भारत, ब्राजिल लगायत बिश्वका धेरै देशहरुमा सम्पत्ती रहेको बताइएको छ।