BIZMANDU
www.bizmandu.com

पति-पत्निले एकअर्काको एटिएम चलाउनु हुन्छ? फस्नु होला, कार्ड शेयर गर्दा ४० हजार गुम्यो

२०७५ जेठ २४

मुम्बइ। तपाईले पैसा झिक्न एटिएम कार्ड प्रयोग गर्नु भयो, पैसा निस्किएन तर खाताबाट कटियो।
 
यस्ता घटना त नेपालमा भइनै रहन्छन्।
 
तर, पती/पत्नि वा परिवारभित्रैको ब्यक्तिको एटिएम प्रयोग गर्दा पनि यस्तै भयो भने नि? पैसा डुब्ने सम्भावना उच्च हुनेछ।
 
नेपालसँगै मिल्दोजुल्दो एउटा घटना अहिले भारतभरी चर्चामा छ।


 
बेङ्गुलुरुकी बन्दनाले २०१३ नोभेम्बर १४ का दिन पति राजेश कुमारलाई आफ्नो एटिएम दिएर पैसा झिक्न पठाइन्। राजेशले एटिएमबाट २५ हजार भारु (नेपाली ४० हजार रुपैयाँ) झिक्न खोजे, पैसा आएन तर खाताबाट घट्यो। 
 
बैंकमा गुनासो पुग्यो। बैंकले एउटाको एटिएम अर्कोले प्रयोग गरेको भन्दै पैसा फिर्ता गर्नै मानेन। बैंकले आफ्नो नियम बताउँदै भन्यो- एटिएम कार्ड हस्तान्तरण गर्न मिल्दैन। कार्ड जसको नाममा छ उसले बाहेक अरुले प्रयोग गर्न मिल्दैन।
 
बन्दनाले उपभोक्ता फोरममा मुद्दा पुर्याइन्। स्टेट बैंक अफ इण्डिया (एसबिआइ) ले त्यति गर्दा पनि पैसा दिएन। 
 
जब एटिएमबाट पैसा निस्किएन राजेशले बैंकमा फोन गरे। बैंकका कर्मचारीले २४ घण्टाभित्र खातामै रकम जम्मा हुने जानकारी दिएका थिए। जब पैसा आएन अनी उनले उपभोक्ता फोरममा मुद्दा पुर्याएका थिए। 
 
त्यसपछि बैंकको दावी फेरियो। उसले पैसा झिकिएको दावी गर्यो। धेरै दुख गरेपछि एउटा सिसिटिभी फुटेज हात पर्यो। त्यहाँ राजेशले एटिएम कार्ड प्रयोग गरेको तर पैसा नझिएको फुटेजमा देखियो। यसपछि जाँच सुरु भयो। जाँच समितिले पैसा झिक्दा कार्डधारक ब्यक्ति फुटेजमा नदेखिएको भन्दै गुनासोलाई खारेज गरिदियो।
 
कुरा अदालतमा पुग्यो। अदालतले २०१८ मे २९ का दिन फैसला दियो-बन्दनाले आफ्नो कार्ड अरुलाई प्रयोग गर्न दिनु हुँदैन थियो। यदी पैसै चाहिएको भए चेक काट्नु पर्थियो। वा पतिलाई पैसा झिक्न दिएको छु भनेर आधिकारिक पत्र लेख्नु पर्थियो। बन्दनाले केही पनि नगरेकाले अदालतले मुद्दा खारेज गरिदियो।

Tata
GBIME
Nepal Life