BIZMANDU
www.bizmandu.com

लामो बोल्ने केशव वडाललाई ‘३० सेकेन्ड’ मै रोके गभर्नरले, ‘मन्त्री भइसकेको मान्छे नबोले पनि हुन्छ’

२०७५ जेठ २९

लामो बोल्ने केशव वडाललाई ‘३० सेकेन्ड’ मै रोके गभर्नरले, ‘मन्त्री भइसकेको मान्छे नबोले पनि हुन्छ’
लामो बोल्ने केशव वडाललाई ‘३० सेकेन्ड’ मै रोके गभर्नरले, ‘मन्त्री भइसकेको मान्छे नबोले पनि हुन्छ’

Tata
GBIME
Nepal Life

काठमाडौं। आगामी आर्थिक बर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले 'फ्लोर ओपन' गरेपछि सुरुमै कमलेश अग्रवालले बोल्ने मौका पाए।

 
उनले बोलेपछि सहकारी अभियन्ता केशव वडालले माइक मागे। गभर्नरले 'हजुर पछि बोल्नु होला लामो बोल्नु हुन्छ' भनेर बैंकर्स संघका अध्यक्षलाई समय दिए। 
 
१५/२० जनाले आफ्नो सुझाव राखिसकेपछि गभर्नर नेपालले अब कसैको सुझाव छुटेको भए दुई जनालाई समय दिने उद्घोष गरे। 
 
'मेरो बाँकी छ' भन्दै केशव वडालले हात उठाए। 
 
हजुर त हुँदै हुनुहुन्छ नि। हजुरले भाषण नै गर्ने हो। एकछिनमा गरौला नि भनेर फेरि अरुबाटै सुझाव लिने भन्दै मञ्चबाट मान्छे खोज्न थाले।
 
उनले पत्रकारहरुलाई पनि सुझाव भए दिन आग्रह गरे। त्यसपछि बैंकर्स संघका अध्यक्ष ढुङ्गानाले बोल्नलाई फेरि हात उठाए।
 
गभर्नरले 'तपाईले अघि नै बोलिसक्नु भयो। अब के छ र?' भनेर तर्काउन खोज्दै थिए, ढुङ्गानाले एउटा सानो सुझाव छ भनेर कुरा राख्न थाले।
 
त्यसपछि पनि गभर्नरले कोही बाँकी हुनु हुन्छ भनेर सोधे।
 
फेरि वडालले म छु नि। मेरो पनि सुझाव छ भनेर समय मागे।
 
'हजुर सांसद भइसकेको मान्छे। हजुरले त संसदमा बोल्ने हो नि?' गभर्नरले समय तर्काए।
 
त्यसपछि पुन: बडालले सानो सुझाव छ भनेर माइक मागे।
 
वडालले माइक समेतपछि गभर्नरले फेरि भने- तपाई पूर्वमन्त्री जस्तो मान्छे। ल एकदमै छोटो है, जे सुझाव छ त्यही मात्र दिनु होला। १० सेकेन्ड मात्रै है।
 
त्यसपछि वडालले आफ्नो गुनासो करिव ३० सेकेन्डमा सके। सुझाव दिन भ्याएपछि उनले ठट्टा गरे- छोटो पनि बोल्दो रैछु नि है म।
 
त्यसपछि हलमा सबैले पर्रर ताली बजाए। यसअघि सुझाव दिएकाले भनाइ सक्दै गर्दा ताली बजेको थिएन। केशव बडाल साधारणतया निकै लामो भाषण गर्छन्। त्यही भएर गभर्नर नेपालले उनलाई तर्काइरहेका थिए।