BIZMANDU
www.bizmandu.com

ब्यक्तिगत ओभरड्राफ्टको सीमा ७५ लाखबाट बढाउन माग, ‘शेयर धितो ऋण लिने दोहोरो मर्कामा’

२०७५ जेठ ३०


 
काठमाडौं। ब्यक्तिगत ओभरड्राफ्ट कर्जा रकमलाई बढाउन बैंकरले माग राखेका छन्। आगामी आर्थिक बर्षको मौद्रिक नीतिका लागि सुझाव दिँदै बैंकले ७५ लाखको विद्यमान सीमालाई बढाउन माग गरेका हुन्।
 
बैंकर्स संघले राष्ट्र बैंकलाई बुझाएको लिखिम सुझावमा ७५ लाखबाट कति पुर्याउनु पर्ने भन्ने उल्लेख छैन। '७५ लाको सीमा मार्जिन लेन्डिङमा पनि छ' संघले भनेको छ, 'एकातर्फ शेयर कर्जाको सीमा किटान भइसकेपछि पुन: रकमसमेत तोक्दा दोहोरो असर परिरहेको छ।'
 
संघले गत बर्षको मौद्रिक नीतिमा उल्लेख भएको ओभरड्राफ्ट प्रकृतिका कर्जा १५ प्रतिशत सिमाभित्र रही मात्र प्रदान गर्नुपर्ने व्यवस्थालाई व्यक्तिगत प्रकृतिको ओभरड्राफ्ट भनि व्याख्या गर्न सुझाव दिएको छ।। 
 
'नेपालको अर्थतन्त्रनै आयातमुखी भएको र सोही अनुरुप बैंकहरुका ठूलो मात्रामा वर्किङ क्यापिटल लोन हुनाले समग्र ओभरड्राफ्ट लाई १५ प्रतिशत सीमा तोक्न उपयुक्त हुँदैन,' संघले भनेको छ। 

Tata
GBIME
Nepal Life