BIZMANDU
www.bizmandu.com

अनलाइन प्रणालीको परीक्षणसँगै शेयर बजारमा सामान्य सुधार, कारोबार रकम पनि बढ्यो

२०७५ जेठ ३१

काठमाडौं। नेपाल स्टक एक्सचेन्जले नयाँ ल्याउन लागेको अनलाइन प्रणाली ब्रोकर मार्फत परीक्षण सुरु गरेसँगै बिहीबार बजारमा केही उत्साह देखिएको छ।

Tata
GBIME
Nepal Life

नेपाल स्टक एक्सचेन्सले चारवटा ब्रोकरलार्इ आन्तरिक रुपमा अनलाइन परीक्षणकालागि निर्देशन दिएको हो। अनलाइन प्रणाली आउने चर्चाले आजको बजारमा सपोर्ट गरेको बजार विश्लेषक बलराम रिमालले बताए।

बजेट पछि पनि बैंक तथा वित्तीय संस्थाको व्याजदरमा कुनै समाधान हुने अवस्था नदेखिए पछि बजार माथि जान नसकेको उनी बताउँछन्।

उनी भन्छन्- ‘स्थिर सरकार आएकै यतिका समय भैसक्यो केहि न केहि समाधानको उपाय निकाल्नु पर्ने हो तर सकार उदासिन छ।’

बैंकको ब्याजदरले शेयर बजार मात्रै होइन अन्य क्षेत्रमा पनि गाह्रो परेको उनी बताउँछन्।

साताको अन्तिम दिन बिहीबार ५.२३ प्रतिशतको सुधार देखिएको छ। बजारमा सुधार देखिएसँगै कारोबार पनि हिजोको भन्दा केही सुधार सहित ३१ करोड ८२ लाख रुपैयाँको भएको छ।

बिहीबार कारोबार सुरु भए देखिनै बजार बढेपनि १२ बजेर ५१ मिनेट जाँदा थोरै अंकको गिरावट हुँदा रातो देखिएको थियो। त्यसपछि बजार पुन: सुधार हुँदा ०.४२ प्रतिशतको सुधार सहित नेप्से सूचक १२४७.३० अंक पुगेको छ।

बिहीबार बीमाको उपसूचक ०.०९ प्रतिशतले घटेको छ भने अन्य उपसूचक उकालो लागेका छन्। आज सबैभन्दा धेरै उत्पादन तथा प्रसोधनको २.१ प्रतिशतले बढेको छ।

सबैभन्दा धेरै प्रभु बैंकको प्रमोटर शेयर एक करोड ९५ लाख रुपैयाँको कारोवार भएको छ। उन्नती माइक्रोफाइन्सको १० प्रतिशतले बढ्दा सर्किट लागेको छ भने जेविल्स फाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ३.७० प्रतिशतले गुमाएका छन्।