BIZMANDU
www.bizmandu.com

ओयोका होटल बुकिङ र भुक्तानी अब इसेवाबाट, ६ महिनामा १५० होटल सञ्जाल बिस्तार गर्ने

२०७५ असार १०

ओयोका होटल बुकिङ र भुक्तानी अब इसेवाबाट, ६ महिनामा १५० होटल सञ्जाल बिस्तार गर्ने
ओयोका होटल बुकिङ र भुक्तानी अब इसेवाबाट, ६ महिनामा १५० होटल सञ्जाल बिस्तार गर्ने



 
काठमाडौं। होटल सेवा प्रदान गर्दै आएको ओयोले होटल बुकिङ र भुक्तानीको लागि इसेवासँग सहकार्य गरेको छ। यससँगै इसेवाका ग्राहकले आफ्नो मोबाईलबाट सहजै  स्तरीय होटलको बुकिङ गर्न सक्ने छन्। ओयोसँगको सहकार्य बारे सम्झौतापत्रमा राजधानी माआयोजित एक कार्यक्रमका बीच इसेवाका प्रेसिडेन्ट अस्गर अली र ओयोका भाइस प्रेसिडेण्ट प्रसुन चौधरीबीच हस्ताक्षर गरेका छन्। 
 
अलीले ओयो र इसेवाको सहकार्यले नेपालको पर्यटन क्षेत्रमा ठूलो टेवापुग्ने बताए। ‘सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरिसकेको अवस्थामा नेपाल आउने पर्यटकलाई यो सहकार्यले निकै सहयोग पुग्ने विश्वास लिएको छौ,' उनले भने। 


 
ओयोका भाइस प्रेसिडेण्ट प्रसुन चौधरीले इसेवासँगको सहकार्यले नेपालमा ओयोको विस्तारका लागि निकै सहज हुने बताए। ओयोमार्फत तत्काल काठमाडौं र पोखराका ३५ बढि होटलका ६ सयवटा रूम इसेवामार्फत् बुकिङ गर्न सकिन्छ। ओयोले ६ महिनाभित्रै १ सय ५० होटलका ३ हजार भन्दा बढि कोठा आफ्नो नेटवर्कमाल्याउने लक्ष्य राखेको छ। 
 
ओयो र इसेवाको संयुक्त कारोबार सञ्चालन गरेको पहिलो चरणमा काठमाडौंका होटेलहरुमा ७ प्रतिशत र पोखराका होटेलहरुमा १५ प्रतिशत “क्यास व्याक”को सुविधा दिएको छ। 
 
इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो। नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त इसेवामा हाल ४६ वटा बैंक सदस्य  रहेका छन्। 

Tata
GBIME
Nepal Life