BIZMANDU
www.bizmandu.com

साउदीबाट आइएमई गर्दा निशुल्क हवाई टिकट जित्न सक्ने ‘फौरी आइएमई उमङ्ग’ स्किम सार्वजनिक

२०७५ असार २२

                      

Tata
GBIME
Nepal Life

काठमाडौं। साउदीअरब स्थित फौरीबाट आइएमई गरेर नेपाल पैसा पठाउँदा विभिन्न आकर्षक पुरस्कारहरू जित्न सक्ने फौरी आइएमई उमङ्ग स्किम सार्वजनिक गरिएको छ।

साउदीबाट नेपालमा आइएमई गर्ने सम्पूर्ण सेवाग्राहीहरू सहभागी हुन सक्ने यो योजना ५ जुलाईबाट शुरु भइ ३० सेप्टेम्बर २०१८ सम्म कायम हुने आइएमईले जनाएको छ।

यो योजना अन्तर्गत योजना अवधिभर ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरूमध्ये हरेक दिन ५ जना भाग्यशाली सेवाग्राहीलाई एक/एक आकर्षक टिसर्ट, हरेक हप्ता एक जना सेवाग्राहीलाई ३२ इन्चको एलईडी टेलिभिजन र १ जना भाग्यशाली विजेतालाई साउदीबाट नेपालसम्मको यात्राको लागि हवाई टिकट प्रदान गरिनेछ।

यस योजना अन्तर्गत साउदीबाट नेपालमा आइएमई मार्फत पैसा पठाउने सेवाग्राहीहरुको ट्रान्जेक्सन नम्बर र नामका आधारमा सफ्टवेयर मार्फत विजेता छनोट गरिनेछ। 

पुरस्कार ग्रहण गर्नको लागि पैसा पठाउँदा प्राप्त भएको रिसिप्ट साथमै लिएर आउनुपर्नेछ भने आइएमईमा कार्यरत कर्मचारी, संचालक र व्यावसयिक साझेदार यो योजनामा सहभागी हुन पाउने छैनन्। योजनाको सर्वाधिकार कम्पनीमा निहित हुनेछ। यस सम्बन्धी विस्तृत जानकारी कम्पनीको आधिकारी वेबसाइट र सामाजिक संजालमा उपलब्ध हुनेछ।

आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिवद्ध यस कम्पनीले सेवा शुभारम्भको १८ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ७४ आइएमई सेन्टर सहित ७५ जिल्लाका ८ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो छरितो र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ।