BIZMANDU
www.bizmandu.com

नेपाल लाइफको चुक्ता पूँजी ४ अर्ब ३९ करोड, जीवन बीमा कोषमा ५० अर्ब रुपैंयाँ

२०७५ असार २४

नेपाल लाइफको चुक्ता पूँजी ४ अर्ब ३९ करोड, जीवन बीमा कोषमा ५० अर्ब रुपैंयाँ
नेपाल लाइफको चुक्ता पूँजी ४ अर्ब ३९ करोड, जीवन बीमा कोषमा ५० अर्ब रुपैंयाँ


Tata
GBIME
Nepal Life

काठमाडौं।नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएको छ।बीमा समितिको तोकेको चुक्ता पूँजी भन्दा यो दोब्बर भन्दा बढी हो।

समितिले २ अर्ब चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको छ।समितिको निर्देशनपछि अधिकांश बीमा कम्पनीले हकप्रदको सहारा लिएपनि चुक्ता पूँजी पुर्याउन सकेका छैनन्।कम्पनीले देशभरका १ सय २५ भन्दा बढी शाखा र उपशाखा छन्।कम्पनीले सन् २०१३, २०१४, २०१६ र २०१७ मा गरी चार पटक ‘बेस्ट म्यानेजमेण्ट अवार्ड’ पाइसकेको छ ।

विश्वव्यापी परामर्शदाता कम्पनी फ्रष्ट एण्ड सुलिभानद्वारा प्रदान गरिने ‘बेष्ट प्राक्टिस अवार्ड २०१६’ अन्तर्गतको फाइनान्सियल इन्ष्टिच्यूशन अफ द इयर– इन्स्योरेन्स कम्पनी’ पनि यो कम्पनीलेे पाएको थियो। कम्पनीले आफ्ना शेयरधनीहरूलाई ६५ देखि ८२ रुपैयाँसम्म (प्रतिहजारमा)बोनश दिएको जनाएको छ।यो सबैभन्दा बढी बोनश दिने बीमा कम्पनीमा पर्छ।  नेपालको बीमा बजारमा एकतिहाइ बजार हिस्सा ओगटेको कम्पनीको अधिकृत पूँजी रु ८ अर्ब, चुक्तापूँजी रु ४  अर्ब ३९ करोड रुपैयाँ रहेको जनाएको छ।

पूँजी तथा बजारको हिसाबले नेपालमै पहिलो र ठूलो बीमा कम्पनीको रूपमा रहेको यस कम्पनीको लगानी रु ५७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष ५० अर्ब रुपैयाँ रहेको छ । हालसम्म स्वदेश र विदेश गरी झण्डै २४ लाख व्यक्ति बीमित भइसकेको कम्पनीले जनाएको छ।