BIZMANDU
www.bizmandu.com

सीसीका आधारमा गाडीमा कर: लक्जरी गाडीको आयातनै बन्द हुने, बोलेरो र सुमोमा पनि धक्का


सीसीका आधारमा गाडीमा कर: लक्जरी गाडीको आयातनै बन्द हुने, बोलेरो र सुमोमा पनि धक्का
सीसीका आधारमा गाडीमा कर: लक्जरी गाडीको आयातनै बन्द हुने, बोलेरो र सुमोमा पनि धक्का


Tata
GBIME
Nepal Life

काठमाडौं।बजेटमार्फत बढी सीसीको सवारी साधनमा अन्तशुल्क बढाएपछि लक्जरी गाडी बिक्री ठप्प हुने भएको छ।

अन्तशुल्कका कारणमर्सिडिज बेञ्ज,रेन्ज रोभर,ज्यागुअर लगायतका गाडीको मूल्य उच्च हुने भएकाले आयात नै बन्द हुने देखिएको हो।सरकारले बजेटमार्फत गाडीमा सीसी अनुसार अन्तशुल्क लगाउने निर्णय गरेको थियो। हजार सीसीसम्मको गाडीमा अन्तशुल्क यथावत राखेर हजारदेखि माथिका गाडीमा अन्तशुल्क बढाउने निर्णय गरेको थियो।

'अब मर्सिडीजको सबै गाडी आउँदैन । मर्सिडीज बेञ्जको विक्री नै बन्द हुने देखिएको छ। एक करोडभन्दा बढी मूल्य बढेपछि नेपालीले मर्सिडीज बेञ्ज किन्न पनि सक्दैनन्' मर्सिडिज बेन्जको अधिकृत विक्रेता दिपक गौतम एण्ड कम्पनीका एक कर्मचारीले भने।

तीन हजार सीसीको एक्स क्लासको गाडीको मूल्य पाँच करोड पुगेको छ।बजेट अघि यो गाडीको मूल्य ३ करोड ७५ लाख रुपैयाँ थियो।यही कम्पनीले ल्याण्ड रोभरका गाडी समेत बिक्री गर्दै आएको छ।१ करोड ८० लाख रुपैयाँमा बिक्री भइरहेको रेन्जरोभर गाडीको मूल्य २ करोड ६० लाख रुपैयाँ पुगेको छ।

फक्सवागन गाडीको अधिकृत विक्रेता पुजा इन्टरनेशनलका बिक्री प्रवन्धक प्रवोध श्रेष्ठले अन्तशुल्कका कारण गाडी बिक्रीमा समस्या हुने बताए।फक्सवागनको १४ सय सीसीको टिगुवानको मूल्य १ करोड ११ लाख रुपैयाँ पुगेको छ।बजेट अघि यो गाडीको मूल्य ९९ लाख रुपैयाँ मात्रै थियो।

एक करोड १३ लाख रुपैयाँमा विक्री गर्दै आएको दुई हजार सीसीको टिगुवान सेमी लोडेड फोर व्हिल ड्राइभको मूल्य एक करोड ३० लाख रुपैयाँ पुग्ने श्रेष्ठले जानकारी दिए। उनका अनुसार एक करोड २८ लाख रुपैयाँमा विक्री गर्दै आएको दुई हजार सीसी टिगुवान हाइलाइनको मूल्य एक करोड ४७ लाख रुपैयाँ पुगेको छ।

एक करोड १७ लाख रुपैयाँमा विक्री गर्दै आएको दुई हजार सीसीको टिगुवान  डिजल भर्सनको मूल्य एक करोड ३४ लाख रुपैयाँ पुगेको उनले बताए।अन्तशुल्ककै कारण तीन हजार सीसीको टउरेग आयात नगरेको श्रेष्ठले बताए।बजेटपछि यो गाडीको मूल्य २ करोड रुपैयाँ पुगेको छ।बजेट अघि यो गाडीको मूल्य १ करोड ८२ लाख रुपैयाँ थियो।

अन्तशूल्क वृद्धि भएपछि हुण्डाइ गाडीको बिक्रीमा समेत प्रभाव परेको छ।हुण्डार्इ गाडीको नेपालको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बढी सीसी हुनेवित्तिकै लक्जरी गाडी हुने भन्ने मान्यता अवैज्ञानिक रहेको बताए।

'सरकारले बजेटमा दुई हजार सीसीभन्दा माथिका गाडी लक्जरी क्याटगोरीमा राखेको छ। तर दुई हजार सीसीका सबै गाडी लक्जरी नहुन पनि सक्लान। मुलुकमा गुड्ने कतिपय गाडीहरु कमर्सियल प्रयोजनका लागि पनि प्रयोग भइरहेका छन्, कम्पनीका महाप्रवन्धक निर्देशक रुपेश शर्मा भट्टले भने।कम्पनीले अन्तशूल्क वृद्धि भएपछि नयाँ मूल्य सुची बनाइरहेको बताए।

बजेटले हजारदेखि १५ सय सीसीको गाडीमा ६५ प्रतिशत, १५ सय सीसीदेखि २ हजारसम्मको गाडीमा ७० प्रतिशत,दुर्इ हजारदेखि २५ सयसम्ममा ८० प्रतिशत र २५ सयदेखि ३ हजार सीसीसम्मको गाडीमा ९० प्रतिशत अन्तशुल्क पुर्याइएको छ।

पहाडी यातायातमा धक्का
सरकारले सीसी अनुसार अन्तशुल्क लगाएपछि पहाडी क्षेत्रको यातायातको एक मात्रै माध्यम रहेको बोलेरो र सुमो गाडीमा ठूलो प्रभाव पर्ने देखिएको छ।

नयाँ खुलेका कच्ची सडकमा महिन्द्राको बोलेरो र सुमो संचालन हुने गरेको थियो।‘सरकारले सीसी बढी हुने गाडी लक्जरियस हुने परिभाषा गर्यो।तर पहाडमा बोलेरो र सुमो चल्थ्यो भन्ने कुरा विर्सियो’ एक अटोमोबाइल व्यवसायीले भने,ट्रयाक्टर चल्ने र खच्चरबाट सामान ढुवानी गर्ने ठाउँमा अहिले बोलेरो चल्ने गरेको थियो।अब त्यो स्थानमा यस्ता सवारी साधन चलाउनै नसक्ने अवस्था पुगेको छ।मूल्यनै दोब्बर भएपछि सवारी साधनको भाडा अझ कति महँगो हुने हो?’ती व्यवसायीका अनुसार सीसी भन्दा मूल्यका आधारमा अन्तशुल्क निर्धारण गर्न सकेको भए वैज्ञानिक हुन्थ्यो।

टाटाको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङका बजार सहायक महाप्रवन्धक अर्जुन कार्कीले व्यावसायिक प्रयोजनका चल्ने सुमो गाडीको मूल्य बढ्दा पहाडी क्षेत्रका बासिन्दालार्इ थप भार पर्ने बताउँछन्।

'मुलुकको विकट ठाउँमा प्राय फोर व्हिलर गाडी चल्दै आएका छन्। कमर्सियल प्रयोजनमा सुमो गोल्ड टर्बोमात्र नभइ अन्य कम्पनीका कमर्सियल भेहिकलले सेवा दिँदै आएको छ। सीसीका आधारमा लक्जरी भेहिकलमा अन्तशूल्क बढाउँदा कमर्सियल भेहिकल पनि परेको छ। अब व्यवसायीले महँगो मूल्यमा गाडी खरीद गर्नुपर्छ त्यसको भार उपभोक्तामा पर्छ' कार्कीले भने।