BIZMANDU
www.bizmandu.com

बीबी एयरवेजको लाइसेन्स ब्यूँतियो, एनएसीको बोइङ बेचेर चार वटा न्यारो बडी जहाज खरीद गर्ने

२०७५ असार २४

Tata
GBIME
Nepal Life

काठमाडौं।गैरआवासीय नेपालीको लगानी रहेको बीबी एयरवेजको लाइसेन्स ब्यूँतिएको छ।सन् २०१२मा लाइसेन्स पाएर काठमाडौं-मलेसिया उडान गरेको यो एयरवेजको लाइसेन्स केही वर्षअघि लाइसेन्स खारेज भएको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले असार १ गते यो एयरवेजको लाइसेन्स ब्यूँताउने निर्णय गरेको हो। मन्त्रालयका सह-सचिव सुरेश आचार्यले कम्पनीले व्यवसायिक योजना प्रस्तुत गरेका आधारमा पूरानै लाइसेन्स लाइसेन्स नवीकरण गरिएको जानकारी दिए। 'कम्पनीले व्यवसायिक योजनामा जहाज खरिद गरेर उडान गर्ने योजना प्रस्तुत गर्यो। कम्पनीले मन्त्रालयमा प्रस्तुत गरेको आधारमा मन्त्रीस्तरबाट लाइसेन्स नवीकरणको निर्णय भएको हो।' आचार्यले भने।

कम्पनीले नेपाल वायुसेवा निगमसँग १५ करोड रुपैयाँमा बोइङ ७५३-२०० खरीद गरेको थियो।कम्पनीले यो बोइङ बिक्री गरेर  चारवटा न्यारोबडी जहाज खरीद गर्ने व्यवसायिक योजना मन्त्रालयमा प्रस्तुत गरेको छ।कम्पनीले न्यारोबडी जहाजमार्फत दुवर्इ, दोहा, सिंगापुर, मलेसिया, भारत लगायतका मुलुकमा उडान गर्ने योजना मन्त्रालयमा दिएको छ।

'बोइङ खरीदका लागि विभिन्न हवाई कम्पनीले चासो देखाएका छन्। मूल्य बढी दिने र सक्षम कम्पनीलाई जहाज विक्री गर्ने प्रक्रियामा छौँ। छिट्टै जहाज विक्री गर्नु हाम्रो उद्धेश्य हो।' कम्पनीका एक कर्मचारीले भने।एयरवेजको बोइङलाई हाल १२ नम्बर बेमा अस्थायी रुपमा राखिएको छ।

कम्पनीले गत वर्ष निगमसँग किनेको बोइङ मर्मत गरेर दिल्ली, बैंकक, मलेसिया, दोहा लगायत देशमा उडान गर्ने योजना बनाएको थियो। जहाज खरिद गरेको समयमा कम्पनीले जहाज मर्मतका लागि पचास करोड रुपैयाँ खर्च अनुमान गरेको थियो। जहाजको इन्जिन र ल्यान्डिङ गेयर मर्मत गरेपछि कम्पनीका उडानका लागि चारदेखि पाँच महिना लाग्ने बताएको कम्पनी युटर्न भएर बिक्री गर्न लागेको छ।