BIZMANDU
www.bizmandu.com

वृज सिमेन्टको खेल सामाग्री सहयोग, बनेपाको बिद्यालयमा फुटबल खेलाडी नवयुगले बाँडे

२०७५ असार २६

Tata
GBIME
Nepal Life

काठमाडौं। बृज सिमेन्टले बनेपाको शिक्षा सदन माध्यमिक बिद्यालयलाई खेलकुद सामाग्री उपलब्ध गराएको छ। कम्पनीका ब्राण्ड एम्बेसडर राष्ट्रिय फुटबल खेलाडी नवयुग श्रेष्ठले विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरे।

संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत वृज सिमेन्टले पहिलो चरणमा बनेपाको सार्वजनिक बिद्यालयलाई खेलकुद सामाग्री उपलब्ध गराएको प्रेस बिज्ञप्तीमार्फत जनाएको छ।

विद्यालयका प्रधानाध्यापक पुकार कर्णजीतले खेलकुद सामाग्रीबाट विद्यार्थीहरुको हौसला बढ्ने भन्दै यस्तो क्रियाकलापले विद्यार्थीको मनोबल बढ्ने बताए।  कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठको समेत उपस्थिती थियो।

केडिया अर्गनाईजेसन अन्तर्गतको वृज सिमेन्टले पि.पि.सि., ओ.पि.सि र पि.एस.सि. सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।