BIZMANDU
www.bizmandu.com

नेपाल वायु सेवा निगम एग्रेसिभ बन्दै, दुर्इ वर्षमा १० वटा नयाँ जहाज थप्ने, यस्तो छ विजनेश प्लान

२०७५ असार २६

नेपाल वायु सेवा निगम एग्रेसिभ बन्दै, दुर्इ वर्षमा १० वटा नयाँ जहाज थप्ने, यस्तो छ विजनेश प्लान
नेपाल वायु सेवा निगम एग्रेसिभ बन्दै, दुर्इ वर्षमा १० वटा नयाँ जहाज थप्ने, यस्तो छ विजनेश प्लान

Tata
GBIME
Nepal Life

काठमाडौं।  नेपाल वायुसेवा निगमले दुई वर्षमा १० वटा जहाज थप्ने भएको छ।

दुई वर्ष भित्र निगमले आठवटा ट्विन अटर र दुईवटा  न्यारोबडी ए ३२०-२०० खरिद प्रक्रिया अघि बढाइसकेको प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले बताए। जहाज खरिदका लागि आवश्यक ऋण लिन निगमले संचय कोषसँग अनौपचारिक बैठक गरिसकेको उनले बताए।न्यारो बडी जहाज खरिदका लागि १२ अर्ब रुपैयाँ लाग्ने उनले बताए।उनका अनुसार न्यू इन्जिन अप्सन(नियो) युक्त जहाजले १५ प्रतिशत इन्धन किफायत हुनेछ।

निगमले खरिद गर्न लागेको छ वटा साना जहाजको मूल्य भने चार अर्ब रुपैयाँ पर्ने कंसाकारले बताए।आन्तरिक तर्फ हिस्सा बढाउन ८ वटा नयाँ जहाज किन्न लागिएको हो।आठवटा जहाजमध्ये छ वटा जहाजले विकट क्षेत्रमा उडान भर्नेछ भने दुईवटाले विराटनगर, जनकपुर लगायत ट्रंक रुटमा उडान गर्ने उनले बताए।

निगमले रुम्झाटार, साँफेबगर, चौरझारी लगायतका क्षेत्रमा उडानको लागि गृहकार्य गरेको उनले बताए।अर्को वर्षभित्र दुईवटा न्यारोबडी जहाज ए३२०-२०० थपेर भारत,चीन, म्यानमार, श्रीलंका लगायतका मुलुकमा उडान भर्ने कंसाकारले बताए।

 निगमले डेढवर्ष भित्र इन्टरनेशनल एयर ट्रान्स्पोर्ट एशोसिएसन(आइएटीए)बाट   अन्तर्राष्ट्रिय स्तरको एयरलाइन्समा रुपान्तरण गर्नका लागि गृहकार्य सुरु गरिसकेको बताएको छ।अन्तर्राष्ट्रिय सेवातर्फ अनलाइन बुकिङको पूर्वाधार तयार गरिसकेको बताउँदै साउनबाट संचालनमा आउने उनले बताए।अनलाइन टिकट बुकिङका लागि र्इ-सेवा र आइएमर्इ पेसँग सहकार्य गरेको निगमले जनाएको छ।

कंसाकारका अनुसार व्यवस्थापन सुधारका लागि निगमले एआरपी(एन्टरप्राइज रिसोर्स प्लानिङ) भित्र्याउन प्रारम्भिक अध्ययन सुरु गरिसकेको छ।
नेपालमा पाइलटको अभावका कारण निगमले विदेशी पाइलट करारमा राख्ने योजना बनाएको उनले बताए। १३ वटा जहाजका लागि एक सय १६ पाइलट आवश्यक रहेकोमा हाल भने ८८ जनामात्र पाइलट कार्यरत रहेको निगमले बताएको छ।

निगमका अनुसार ए३२०-२०० जहाजमा कार्यरत तीन जना विदेशी पाइलटको मासिक तलब प्रतिव्यक्ति करसहित १५ लाख रुपैयाँ रहेको छ।ए३३०-२०० जहाज फुलफेजमा उडान गर्नका लागि निगमले  केही महीनामै छ जना विदेशी क्याप्टेन र छ जना कोपाइलट  करारमा राख्ने तयारी गरेको छ।