BIZMANDU
www.bizmandu.com

वाणिज्य बैंकहरुले पर्यटन र उर्जामा न्यूनतम १५% लगानी गर्नुपर्ने, कृषिमा १०% यथावत

२०७५ असार २७

काठमाडौं। वाणिज्य बैंकहरुले पर्यटन र ऊर्जा क्षेत्रमा न्यूनतम १५ प्रतिशत लगानी गर्नुपर्ने भएको छ।

Tata
GBIME
Nepal Life

कृषि क्षेत्रमा बैंकहरुले आफ्नो कूल कर्जाको १० प्रतिशत रकम लगानी गर्नुपर्ने व्यवस्था आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएको छ।

यसअघि बैंकहरुले कृषिमा १० प्रतिशत र ऊर्जा तथा पर्यटन क्षेत्रमा ५/५ प्रतिशत रकम लगानी गर्न सक्ने व्यवस्था थियो।

वाणिज्य बैंकहरुले थप ५ प्रतिशत अन्य प्राथिमकता प्राप्त क्षेत्रमा लगानी गर्न सक्ने व्यवस्थालाई परिमार्जन गर्दै कृषि, पर्यटन र ऊर्जामा मात्रै २५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरिएको हो।

यसैगरी विकास बैंक र वित्त कम्पनीहरुले समेत प्राथमिकता प्राप्त क्षेत्रमा आफ्नो कुल कर्जाको न्यूनतम क्रमशः १५ प्रतिशत र १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था यथावत कायम गरिएको गभर्नर डा चिरञ्जिवी नेपालले बताए।

वाणिज्य बैंकहरुलाई सबै प्रदेशहरुमा प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह गर्न प्रोत्साहित गरिने घोषणा मौद्रिक नीतिमार्फत गरिएको छ।

यस्तै आगामी वर्षमा सम्पूर्ण वाणिज्य बैंकले प्रादेशिक कार्यालय खोल्नुपर्ने भएको छ।