BIZMANDU
www.bizmandu.com

जलमग्न भक्तपुरमा साँझसम्म विद्युत आपूर्ति हुने, पानी घटेको ठाउँमा प्राधिकरणको टोली

२०७५ असार २८

Tata
GBIME
Nepal Life

काठमाडौं।भक्तपुरस्थित हनुमन्ते खोलामा आएको बाढीका कारण डुवान भएका ठाउँमा आज साँझसम्म विद्युत आपूर्ति गरिने ठिमी वितरण केन्द्रले जनाएको छ।

ठिमी वितरण केन्द्र अन्तर्गतका विभिन्न पाँच ठाउँमा राखिएका ट्रान्सफर्मरबाट आपूर्तिहुने विद्युत काटेर सम्भावित जोखिम हटाइएको थियो।सिटी हस्पिटल, राम मन्दिर, विभिन्न उद्योग, दिवाली र नगरकोटमा ट्रान्सफर्मरको लाइन काटिएको थियो। पानीको सतह घट्दै गएपछि दुई ठाउँमा ट्रान्सफर्मर राखिएको र बाँकी तीन ठाउँमा पनि साँझसम्म ट्रान्सफर्मर राख्ने तयारी गरिएको ठिमीको नोलाइट शाखाका प्रमुख रामकृष्ण कार्कीले जानकारी दिए।

अविरल वर्षापछि आएको बाढीका कारण भक्तपुरको नगरकोट र च्यामासिंहमा दुई वटा विद्युतका पोल ढलेका छन्। त्यो बाहेक अन्य क्षति भने हुन नदिएको कार्कीले बताए।पानीको सतह घटेको ठाउँमा विद्युत आपूर्ति सुचारु गरिसकिएको र बाँकी ठाउँमा पानीको सतह घट्ने वित्तिकै विद्युत आपूर्ति गर्न ठिमी वितरण केन्द्रको टोली खटिएको छ।