BIZMANDU
www.bizmandu.com

वीरगंज ड्राइपोर्ट क्षेत्रमा होटल ब्यवसाय फस्टाउँदै, ८ करोडको लागतमा पहिलो होटल सञ्चालन

२०७५ असार २९

Tata
GBIME
Nepal Life

वीरगंज भन्सार आइसिपी अलौतर्फ सरे लगत्तै ड्राइपोर्ट क्षेत्रमा होटल व्यवसाय पनि फस्टाउन थालेको छ ।
 
सुक्खा बन्दरगाह र आइसिपीमा आउने व्यवसायी तथा ग्राहक लक्षित गरी ड्राईपोर्टमा सुविधा सम्पन्न होटल निर्माण सुरु हुन थालेका हुन्।
 
 आईसिपी क्षेत्रको सडक आसपासा साना ठुलाहोटल खुल्न थालेको छ । यसैबीच दुई वर्षअघि देखि निर्माण भइरहेको बाटिका इन्टरनेशनल होटल सञ्चालनमा आएको छ ।
 
एक महिनायता देखि होटलले आफनो रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा ल्याएको होटल सञ्चालक डा. अनुज यादवले बताए।

 लक्ष्मी पेट्रोलपम्प नजिकै सात कठ्ठा जग्गामा निर्मित पाँच तले होटलले दैनिक २० देखि ४० हजारको कारोबार शुरु गरेको उनले बताए ।
 
‘हाललाई रेस्टुरेन्ट सेवा शुरु गरेका छौं,चाँडै नै कोठा र अन्य सेवा पनि सञ्चालन गर्दैछौ,’डा. यादवले भने ।

 होटलको चौथौ र पाचौं तल्लामा १४ वटा एयर कन्डिसनल कोठा बनाइएको उनले जानकारी दिए।
 
कोठाको अन्तिम चरणको काम भइरहेकोले चाँडै सञ्चालनमा ल्याउने बताइएको छ।

स्वीमिङपुल, चिल्डेन्स पार्क, पार्टी प्यालेस, जिमखानालगायतको संरचना पनि  निर्माण गर्ने योजना होटलको रहेको छ । होटलमा १५ जनाले रोजगार पाएका छन् ।
https://ssl.gstatic.com/ui/v1/icons/mail/images/cleardot.gif