BIZMANDU
www.bizmandu.com

विदेशको कमाई स्वदेशमै, सिंगापुर पढेर फर्केका युवाले वीरगंजमा खोले एयरकन्डिसनवाला सैलुन

२०७५ साउन २०


वीरगंज। वीरगंजमा  परम्परागत सैलुन भन्दा फरक किसिमले २५ लाख खर्च गरी सुविधायुक्त सैलुन सञ्चालनमा ल्याइएको छ।

Tata
GBIME
Nepal Life

वीरगंज रेशमकोठी ६ नं गेट नजिक ‘योर स्टाइल्स’ नामक एयरकन्डिशनर सैलुन दुई महिना देखि सञ्चालनमा ल्याइएको हो।

बारा,बारागढी गाउँपालिका वडा नं ८ का ३० वर्षिय युवक नरेन्द्र ठाकुरले खोलेको यो सैलुनमा ९ जनाले रोजगारी समेत पाएका छन्।

विदेशमा पढाई एवं विदेशमै हेयर कटिंगको अनुभव संगालेका नरेन्द्र आफनै गाउँठाउमा सुविधायुक्त सैलुन खालेर सेवा दिनु पर्ने सोचका साथ लगानी गरेको बताए ।

वीरगंजको बिसिसि क्याम्पसमा विविएस पढदै गर्दा उनी २०६६ सालमा सिगापुर होटल म्यानेजमेन्ट पढ्न गए ।तर केही महिनाको पढाईपछि उनको मन हेयर कटिगको पढाई तर्फ मोडियो । त्यसपछि उनी सिगापुरकै एक विद्यालयमा हेयर कटिगको डिप्लोमा गरे ।

पढाइ सकेर सिंगापुरबाटै उनी सैलुनको कामको लागी मलेसिया उडे । २०६९ देखि २०७३ सम्म मलेसियामा चार वर्ष काम गरी उनी वीरगंजमा सैलुन खोल्न पैसा र अनुभव हासिल गरेर फर्केको उनी बताउँछन्।

उनका बुवाले पनि सैलुन सञ्चालन गर्थे। बुवाकै सैलुनमा उनले कपाल काट्ने अधारभूत काम सिकेका थिए। सानैदेखि सैलुनप्रति लगावकै कारण उनले वीरगंजमा नमुना सैलुन खोलेको बताउँछन् ।

सैलुनबाट उनी दैनिक १० हजार र मासिक ३ लाखसम्मको आम्दानी गर्छन्। खर्च कटाएर महिनाको डेढलाखसम्म बचत भइरहेको उनी बताउँछन् । उनका अनुसार सैलुनमा कपाल काट्ने लगायत,दुलही सजाउने तथा ब्यूटी पार्लरको सेवा पनि उपलब्ध छ।