BIZMANDU
www.bizmandu.com

एनसेलले ल्यायो ‘फुच्चे प्याक’ अफर, पाँच रुपैयाँमा २५ एमबी डाटा प्रयोग गर्न पाइने

२०७५ साउन २०


काठमाडौं । एनसेलले ग्राहकका लगि ‘फुच्चे प्याक’ अफर ल्याएको छ । आजदेखि लागू हुने प्याक अन्तर्गत कर बाहेक ५ रुपैयाँमा २५ एमबि डाटा भोल्युम प्रयोग गर्न सक्ने बताइएको छ। कर सहित यसको मूल्य भने ६ रुपैयाँ ३८ पैसा पर्छ।

Tata
GBIME
Nepal Life

यस डाटा प्याक अन्तर्गत २५ एमबि डाटा ग्राहकले एनसेलको कुनै पनि नेटर्वकमा बिहान ५ देखि बेलुका ५ बजे सम्म प्रयोग गर्न सक्ने एनसेलले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

यो प्याक सुचारु भएको दिन देखि ९० दिनको लागि मान्य रहनेछ ।

सबैभन्दा सस्तो डाटा प्याक ल्याउँदा निकै हषिर्त भएको एनसेलले जनाएको छ ।