BIZMANDU
www.bizmandu.com

एनआइसी एसियाको डिजिटल बैंकिङमा इनोभेसन, क्युआर कोडबाट भुक्तानी, पौन दुई खर्बको वासलात

२०७५ साउन २१

एनआइसी एसियाको डिजिटल बैंकिङमा इनोभेसन, क्युआर कोडबाट भुक्तानी, पौन दुई खर्बको वासलात
एनआइसी एसियाको डिजिटल बैंकिङमा इनोभेसन, क्युआर कोडबाट भुक्तानी, पौन दुई खर्बको वासलात


 
काठमाडौं। एनआइसी एसिया बैंकले डिजिटल बैंकिङमा थप नयाँ सेवा बिस्तार गरेको छ। बैंकले क्युआर कोडमार्फत भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको हो।
 
बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले यो सेवा प्रयोग गर्न पाउने छन्। बैंकको मोबाइल बैंकिङ एप डाउनलोड गर्नु पर्छ। यसबाट क्युआर कोड जेनेरेट गरी त्यसमा स्क्यान गरेर भुक्तानी गर्न सक्छन्।
 
मर्चेन्टले भुक्तानी काउन्टरमा क्युआर कोड भएको स्टिकर पनि राख्न सक्छन्। जसलाई ग्राहकले मोबाइल एपको बिकल्प प्रयोग गरी स्क्यान गरेर भुक्तानी गर्न मिल्छ।
 
सेवा प्रयोगका लागि स्मार्ट फोन भने अनिवार्य छ। बैंकको एप गुगल प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ। 
 
बैंकका २३४ शाखाका साथै २२४ एटिएम र १४ वटा एक्सटेन्सन काउन्टर छन्। बैंकको १६ वटा शाखारहित बैंकिङ सेवा छन्। बैंकको वासलातको आकार १७४ अर्बको पुगिसकेको छ। बैंकको कुल निक्षेप डेढ खर्ब पुगेको छ भने ऋण सवा खर्ब हाराहारी पुगेको छ। 

Tata
GBIME
Nepal Life