BIZMANDU
www.bizmandu.com

ट्रेड-वारले बिग्रिएको विश्व अर्थतन्त्रको लय, कल्पना गरौं भेनिसमा ट्रम्पले शासन गरेको भए के हुन्

२०७५ साउन २१

ट्रेड-वारले बिग्रिएको विश्व अर्थतन्त्रको लय, कल्पना गरौं भेनिसमा ट्रम्पले शासन गरेको भए के हुन्
ट्रेड-वारले बिग्रिएको विश्व अर्थतन्त्रको लय, कल्पना गरौं भेनिसमा ट्रम्पले शासन गरेको भए के हुन्

भेनिसमा रहेका सुनका मौज्दातहरुका लागि फाब्रोले बुद्धिमतापूर्ण समाधान पनि पेश गरे। उनले पेपर करेन्सी अर्थात भेन्सियन डलरको सिर्जना गर्ने सुझाव दिए। भेनिस त्यसबेला विश्वको उच्च ट्रेडिङ पावर थियो त्यसैले फाब्रोले भने भेन्सियन डलरको सिर्जना गर्दा त्यो प्रयोग गर्न  विश्वका अन्य देशहरुलाई पनि बाध्य बनाउन सकिन्छ। 
क्यालिफोर्निया। कहिलेकाहीँ इतिहासमा यस्तो ट्विस्ट सिर्जना हुनसक्छ जसले इतिहासलाई नै खतरापूर्ण मोडमा पुर्याउँछ। हाल अमेरिकाको अन्तराष्ट्रिय आर्थिक प्रभावलाई हेर्ने हो भने अमेरिकाका लागि त्यो मोड भनेको त्यहि दिन हुनसक्छ जुन दिन डोनाल्ड ट्रम्प अमेरिकाका राष्ट्रपतिका रुपमा चुनिएका थिए। 
 
अब यौटा काल्पनिक कथातिर लागौं। 
 
१३औं शताब्दीमा भेनिसमा एक ब्यापारी थिए, ‘मार्कोपोलो’ जसले पहिलोपटक चीनसँग ब्यापारिक नाता जोडेका थिए। 
 
कल्पना गरौं यदि भेनिस राज्यमा मार्कोपोलोले चीनबाट धेरै रेशम र मसलाहरु ल्याएर नाफामा यूरोपमा बेचिरहेको बिषयमा सरकारले अचानक चासो लिन थालेको भए के हुन्थ्यो? 
 
उनले चीनबाट सामाग्रीहरु किनेर ल्याउँदा राज्यमा सिर्जना भएको ट्रेड डेफिसिटबाट पक्कै पनि अधिकारीहरु चिन्तित हुन्थे होलान्। अनि भेनिसमा चिनियाँहरुको लागि रोजगारी सिर्जना गरिरहेको सुनको बजारपनि स्वाट्टै घट्थ्यो होला। 
 
यसै बिषयमा अध्ययन गरी निर्णय गर्नका लागि भेनिस राज्यले एउटा बिज्ञहरुको समूह गठन गर्छ। मैले माथि नै भनिसकेको छु, यो मात्र एउटा काल्पनिक कथा हो। अब बिज्ञ समूहले  कसरी राज्यको ब्यापार घाटालाई कम गर्ने भन्ने बारेमा अध्ययन गरेर प्रतिवेदन पेश गर्नेछ। प्रतिवेदन पेश गरिसकेपछि के भेनिसले चीनसँगको ब्यापारमा नै बन्देज लगाउला? 
 
विज्ञ समूहहरुले अध्ययन थाले। अध्ययनबाट दुई किसिमका सिद्धान्तहरु बाहिर आए। एउटा समूहले राज्यलाई सुनमाथिको नियन्त्रण बढाउन र आन्तरिक उत्पादन तथा रोजगारीलाई जोगाउन कर बढाउने र सुनको प्रयोग घटाउनुपर्ने सुझाव दियो। 
 
उनीहरुले चीनबाट जति सामान भेनिसले किन्छ त्यसै बराबरको सामान भेनिसबाट पनि चीनले किन्नुपर्ने बाध्यात्मक कानुन बनाउने सुझाव दियो। उनीहरु यदि चीनले यो नमानेमा मार्कोपोलोले चीनबाट सामान किन्नै नपाउने गरीको बन्देज लगाउनेसम्मको प्रतिवेदन बुझाए।
 
अब अर्को समुह जसलाई आदम फाब्रोले नेतृत्व गरे उनले ब्यापारमा ‘लेसे फेयर’ सिद्धान्त अंगिकार गर्नुपर्ने तर्क राखे। उनका अनुसार बजारमा हस्तक्षेप गर्न हुँदैन। चीनबाट सामान किनेर मार्कोपोलोले भेनिसको अर्थब्यबस्थालाई प्रवर्द्धन गरिरहेको भन्दै उनले उपभोक्ताको फाइदाका लागि मार्कोपोलोले जे गरेका छन् त्यो ठिक हो भन्ने अध्ययनको निष्कर्ष रहेको बताए। जुन वस्तुको आन्तरिक उत्पादन हुन सक्दैन त्यसलाई कम मूल्यमा भेनिसमा भित्र्याएर मार्कोपोलोले उपभोक्ता र ब्यापारीहरु दुबैका लागि फाइदाजनक काम गरेको फाब्रोको तर्क थियो।
 
उत्पादनमूलक क्षेत्रमा रोजगारी गुमेपनि मार्कोपोलोको यो कामबाट रिटेल क्षेत्रको रोजगारीमा बृद्धि भएको र चिनियाँ सामाग्रीहरुमा मात्र नभइ भेनिसकै स्थानीय उत्पादनहरु तथा लगानीमा पनि बृद्धि भएको उनले तर्क गरे।  

Tata
GBIME
Nepal Life
खासमा यो काल्पनिक कथा हो तर यो कथाले हाम्रै भविष्यलाई पनि त्रसित बनाइरहेको छ कतै यो हाम्रै समयको कथा त हुने होइन? यदि त्यसो हो भने विश्व अर्थतन्त्रलाई नै यस्तो मोडमा पुर्याउनुको दोषी को हुनेछ कसैले भनिरहनु नपर्ला।
भेनिसमा रहेका सुनका मौज्दातहरुका लागि फाब्रोले बुद्धिमतापूर्ण समाधान पनि पेश गरे। उनले पेपर करेन्सी अर्थात भेन्सियन डलरको सिर्जना गर्ने सुझाव दिए। भेनिस त्यसबेला विश्वको उच्च ट्रेडिङ पावर थियो त्यसैले फाब्रोले भने भेन्सियन डलरको सिर्जना गर्दा त्यो प्रयोग गर्न  विश्वका अन्य देशहरुलाई पनि बाध्य बनाउन सकिन्छ। 
 
यसबाट चीनले पनि भेनिसको सुन लैजान सक्दैनथ्यो किनभने अब उसले भेनिस डलर तिरेर सामाग्री किन्न सक्थ्यो। यसबाट भेनिसका स्थानीय उत्पादनहरुको पनि बजार बढ्थ्यो। 
 
भेन्सियन डलरको मूल्य तथा विश्वसनियता बढाउनका लागि फाब्रोले केन्द्रीय बैंकको स्थापना गर्नुपर्ने आइडिया निकाल्छन्। यसबाट मुद्राको सहज आपूर्ति हुने तथा मुद्रास्फितीको अवस्था आउन नदिन पनि ब्यबस्था हुन्छ भन्ने फाब्रोको प्रस्ताव थियो।  
 
भेनिसका उच्च नेताहरु फाब्रोको सुझावमा सहमत हुन्छन्। उनीहरुले फाब्रोको सुझावलाई नै कार्यान्वयनमा लैजान्छन्। यसैका आधारमा कारोबार गर्दै जाँदा भेनिस विश्वकै सबैभन्दा लिडिङ पावर हुनपुग्छ। ब्यापारमा भैरहेको रफ्तार, तीब्र आर्थिक बृद्धि तथा चौतर्फी समृद्धिका कारण भेनिसको चकाचौध संभव भएको थियो र यो सबैको मुख्य कारण थियो ‘खुला बजार’ नीति अर्थात फ्रि मार्केट। 
 
भेनिसका ठूला ब्यापारी वालमार्टियसले चीनबाट ५० अर्ब भेन्सियन डलरको चिनियाँ सामाग्री हरेक वर्ष किन्न थाले र नाफा लिएर स्थानीय बजारमा बेच्न थाले। यसबाट स्थानीय स्तरमा रोजगारीको सिर्जना हुनुका साथै भेनिसका उपभोक्ताले कम मूल्यमा नै सामाग्रीहरु किन्न सक्ने भए। 
 
अर्का ब्यापारी एप्पलोसले  भेनिसमा डिजाइन गरी चीनबाट  उत्पादन गरेका हाइ टेक सामाग्रीहरु बेचेर आफ्नो बजार मूल्य दश खर्ब डलर भन्दा माथि पुर्याउन सफल भयो। 
 
ब्यापार घाटा त थियो तर त्यसबाट भेनिसको केही पनि गुमेन। अझ त्यसलाई भेनिसको आफ्नै मुद्राले परास्त गर्यो। खासमा लामो समय सबै अन्तराष्ट्रिय ब्यापारहरु भेन्सियन डलरमै हुन थाल्यो किनभने भेन्सियन डलर विश्वभर मान्यता प्राप्त थियो। 
 
यसकालागि भेनिसको केन्द्रीय बैंकले विश्वसनीय तवरले भेन्सियन डलरको मूल्यलाई कायम गर्यो। मुद्रास्फितीबाट जोगायो। भेन्सियन मुद्राको विश्वसिनीयता बढ्दै गयो। विश्वका सबै देशहरुले  आफ्नो विदेशी बिनिमय संचितीका लागि पनि भेन्सियन बण्डहरु नै किन्न थाले यसबाट भेनिसको बजेट घाटालाई न्यून गर्न प्रभावकारी भूमिका खेल्यो। 
 
भेनिसले यसैकारण आफ्नो देशका ठूला परियोजनाहरुमा लगानी गर्न सक्यो। विश्वकै सबैभन्दा ठूलो सेनालाई ब्यबस्थापन गर्न सक्यो अनि आफ्नो अन्तराष्ट्रिय संजाललाई मजबुत बनाउँदै विश्व ब्यापारका नीतिनियम तथा तटीय क्षेत्रमा आफ्नो प्रभाव बढाउँदै लैजान सक्यो। 
 
यस्तो समृद्धि भेनिसमा केही शताब्दीसम्म कायम रह्यो। उत्पादनमूलक ठूला उद्योगहरु चीनतर्फ सिफ्ट हुँदै गए। किनभने चीनमा ज्यालादर कम तथा रोजगारी बढी थियो। प्रविधि, बित्त, मडिया तथा रिटेल सेक्टर चीनमा फस्टाउँदै थियो। यद्यपी भेनिस विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रकै रुपमा  थियो र लिडिङ ट्रेड पावरका रुपमा आफ्नो स्थान सुरक्षित पारेकै थियो। 

अब अर्को समुह जसलाई आदम फाब्रोले नेतृत्व गरे उनले ब्यापारमा ‘लेसे फेयर’ सिद्धान्त अंगिकार गर्नुपर्ने तर्क राखे। उनका अनुसार बजारमा हस्तक्षेप गर्न हुँदैन। चीनबाट सामान किनेर मार्कोपोलोले भेनिसको अर्थब्यबस्थालाई प्रवर्द्धन गरिरहेको भन्दै उनले उपभोक्ताको फाइदाका लागि मार्कोपोलोले जे गरेका छन् त्यो ठिक हो भन्ने अध्ययनको निष्कर्ष रहेको बताए। जुन वस्तुको आन्तरिक उत्पादन हुन सक्दैन त्यसलाई कम मूल्यमा भेनिसमा भित्र्याएर मार्कोपोलोले उपभोक्ता र ब्यापारीहरु दुबैका लागि फाइदाजनक काम गरेको फाब्रोको तर्क थियो।
तर अचानक इतिहासमा यौटा यस्तो मोड आयो जसबाट भेनिसको समृद्धिले अचानक यू टर्न लियो किनभने भेनिसमा डोनाल्डो ट्रम्पीको शासन सुरु भयो। 
 
शासक ट्रम्पीलाई अर्थतन्त्रको खासै ज्ञान थिएन। उ नीति निर्माताभन्दा बढी ‘पर्फर्मर’ थियो जसलाई जसरी भएपनि धेरै जनताको धेरै भोट हासिल गर्ने मात्र सपना रहेको थियो। 
 
उसले बुझ्यो भेनिसका मानिसहरु उत्पादनमूलक क्षेत्रमा रोजगारी घटेकोमा चिन्तित थिए। उनीहरुमा हाइटेक क्षेत्रमा आफ्नो क्षमता बृद्धि गर्ने सामर्थ्य थिएन जुन कुरालाई शासक ट्रम्पीले ‘क्यास’ गरे। ट्रम्पीले ब्यापार घाटाको छिद्र देखाउँदै समग्र अर्थतन्त्र नै नोक्सानमा गएको तर्क पेश गरे अनि चीनलाई आफ्नो शत्रुका रुपमा घोषणा गरे। 
 
ट्रम्पीका केही सहयोगीहरु थिए जसले कसरी आफ्नो देशले ब्यापार घाटाका बाबजुद अर्थतन्त्रले कसरी फाइदा लिन सक्छ भन्ने बारे रायसल्लाह दिन्थे। देशको मुद्राको अवस्थावारे जानकारी गराउँथे। भेनिसको ब्यापार घाटा जिडिपिको जम्मा ३.४ प्रतिशत मात्र भएको बताउँथे। 
 
उनीहरुले शासक ट्रम्पीलाई कसरी बैकल्पिक ब्यबस्थाबाट भेनिसको ब्यापार घाटा कम गर्न सकिन्छ भन्दै सुझाव दिइरहे। सरकारले अर्थतन्त्रलाई मन्दीतर्फ जान नदिन सेना लगायत अन्य क्षेत्रमा खर्च कटौती गर्ने सुझाव पनि दिए। तर शासक ट्रम्पी उनीहरुका कुरा कहाँ सुन्थे र? यूरोपले शताब्दीयौ अघि त्यागिसकेको ‘मर्कन्टायलिज्म’लाई फेरि अंगाल्न ट्रम्पीले भेनिसमा उच्च सफलता पाइरहेको ‘लेसे फेयर’ नीतिलाई त्याग्ने निर्णय गरे। 
 
ट्रम्पीले मर्कन्टायलिज्म सिद्धान्त अनुसार अन्य देशहरुमाथि कर लाद्न थाल्छन् जसको सुरुवात चीनबाट हुन्छ। ट्रम्पीले विश्व आर्थिक चक्रमाथि नै शासन गर्ने नीति अपनाउन खोज्छन्। जसबाट बाँकी विश्वले पनि भेनिससँगको ब्यापार नीतिमा परिवर्तन गर्न बाध्य हुन्छन्। बाँकी विश्वले पनि भेनिससँगको ब्यापारमा बन्देज लगाउँछन् र अन्तराष्ट्रिय ब्यापारमा भेन्सियन डलर प्रयोग गर्न बन्द गर्छन्। 
 
अन्तराष्ट्रिय मुद्रा कोषले पनि सुनसँग परिवर्त्य हुनेगरी नयाँ मुद्रा सिर्जना गर्छ। अब भने भेनिस असहाय हुँदै जान्छ। उसँग आफ्नो अर्थतन्त्र र सैन्य शक्ति कमजोर हुँदै गएको टुलुटुलु हेर्नु बाहेक केही बिकल्प बाँकी रहँदैन। 
 
खासमा यो काल्पनिक कथा हो तर यो कथाले हाम्रै भविष्यलाई पनि त्रसित बनाइरहेको छ कतै यो हाम्रै समयको कथा त हुने होइन? यदि त्यसो हो भने विश्व अर्थतन्त्रलाई नै यस्तो मोडमा पुर्याउनुको दोषी को हुनेछ कसैले भनिरहनु नपर्ला।
 
 (असद जमाल सिलिकन भ्यालीमा अवस्थित भेन्चर क्यापिटल फर्म इप्लानेट क्यापिटलका संस्थापक अध्यक्ष हुन्।)