BIZMANDU
www.bizmandu.com

पेप्सी उत्पादन गर्ने वरुण वेभरेजको भारतीय लगानीकर्ता पेप्सिको सिइओबाट इन्दिराको राजिनामा

२०७५ साउन २२

पेप्सी उत्पादन गर्ने वरुण वेभरेजको भारतीय लगानीकर्ता पेप्सिको सिइओबाट इन्दिराको राजिनामा
पेप्सी उत्पादन गर्ने वरुण वेभरेजको भारतीय लगानीकर्ता पेप्सिको सिइओबाट इन्दिराको राजिनामा


Tata
GBIME
Nepal Life

यो पनि पढ्नुस्: पेप्सीको नवलपरासीस्थित साढे दुर्इ अर्बको प्लान्टमा पेप्सीका सबै ड्रिंक्स


काठमाडौं। नेपालमा कुरकुरे, पेप्सी उत्पादन गर्ने बरुण वेभरेजमा समेत लगानी रहेको भारतीय कम्पनी पेप्सिकोकी प्रमुख कार्यकारी अधिकृत इन्दिरा नूयीले राजिनामा गरेकी छिन्। १२ बर्षदेखि प्रमुख कार्यकारी अधिकृत रहेकी नूयीको राजिनामा अक्टुबर ३ बाट लागू हुने छ।
 
यो पनि पढ्नुस्: पेप्सीकोले उत्पादन गरेको कुरकुरे नेपालको भएको अदालतको ठहर
 
नूयीको ठाउँमा अब रेमन लगुआर्टा आउने छन्। लगुआर्टा कम्पनीका युरोपियन सब-सहारा अफ्रिकाका प्रमुख कार्यकारी अधिकृत हुन्।
 
इन्दिरा सन् १९९४ मा पेप्सिकोमा छिरेकी हुन्। यसको १० बर्षपछि उनी कम्पनीकी प्रमुख फाइनान्स अफिसर बनेकी थिइन्। सन् २००६ मा उनी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएकी थिइन्। इन्दिरा ६२ बर्षकी भइसकेकी छन्। २४ बर्षदेखि कम्पनीमा जोडिएकी  थिइन्। 

यो पनि पढ्नुस्पेप्सी उत्पादन गर्ने बरुण वेभरेजको अढाई अर्ब लगानीमा नयाँ प्लान्ट
 
पेप्सिकोको लगानी रहेकमो वरुण वेभरेज नेपालले २ अर्ब ३९ करोडको लगानीमा नवलपरासीको रामग्राम १० मा उद्योग स्थापना गरेको छ। उद्योग तीन महिनादेखि सञ्चालनमा छ।
 
भारत र चीनमा आक्रमक बजार बिस्तार गरिरहेको पेप्सिकोले नेपाल कोकाकोलालार्इ 'टक्कर' दिने गरी लगानी रणनीति तयार पारेको छ।
 
बोटलर्स नेपालको चितवनको भरतपुरमा उद्योग छ। भारत र चीनमा पेप्सीले कोकाकोलालगायतका उत्पादनलाई निकै तल छाडेको छ। यो प्लान्टबाट ६४ हजार ८०० किलोलिटर पेप्सी सिसाको बोटलमा उत्पादन भइरहेको छ। दुई लाख ४३ हजार किलोलिटर पेप्सी प्लास्टिकको बोतलमा उत्पादन गरिरहेको छ।