BIZMANDU
www.bizmandu.com

साताभरनै शेयर कारोबार रकम र सूचक दुबै ओरालो लाग्यो, किन छैन शेयर बजारमा उत्साह

२०७५ साउन २५


काठमाडौं।आर्थिक वर्षको समाप्ति र नयाँ आर्थिक वर्षको सुरुवात सँगै सूचीकृत कम्पनीहरूले गत वर्षको चौमासिक वित्तीय विवरण प्रकाशित गर्न थालिसकेका छन्।

Tata
GBIME
Nepal Life

चौमासिक विवरण प्रकाशित भएसँगै लगानीकर्ताहरूले कम्पनीहरूले दिन सक्ने लाभांशको अनुमान लगाउन सक्ने अवस्था भएको भए पनि यस साता बजारमा खासै उत्साह देखिएन। गत वर्षहरूमा भने यो समयमा बजार बढ्ने गरेको थियो।तर विगतका वर्षहरूको ट्रेन्ड भन्दा यस वर्ष बजार विपरीत देखिन थालेको छ।

यस साता भरिनै शेयर बजार घटेर बन्द भएको छ।नेपाल स्टक एक्सचेन्जको साप्ताहिक रिपोर्ट अनुसार  यस साता बजारमा कारोबार रकम र सूचक दुवैमा गिरावट देखिएको छ। गत साता भन्दा कारोबार रकम १४ प्रतिशत र सूचक करिब १० अंकले घटेको छ।

यस साता शेयर बजारमा १८१ कम्पनीको शेयर कारोबार भयो। १६ हजार तीन सय ७० कारोबारबाट ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँ बराबरको ३६ लाख ४७ हजार आठ सय ४० कित्ता शेयर खरिद बिक्री भए। जुन अघिल्लो साता भन्दा कारोबार रकम १४.६८ प्रतिशत बढी हो।

अघिल्लो साता सोही अवधिमा १८१ कम्पनीका एक अर्ब सात करोड ६७ लाख ४८ हजार रुपैयाँ बराबरका ४० लाख ८४ हजार पाँच सय २० कित्ता शेयर खरिद बिक्री भएका थिए।

साताभरिमा नेप्से सूचक ९.२५ अंकले घटेर अन्तिम दिन ११८०.६३ अङ्कमा झरेको छ।क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.८४ अंकले घटेर २४९.१३ अङ्कमा ओर्लिएका छन्।

यस साता कारोबारमा आएका ११ समूहमा होटल र व्यापार बाहेक सबै उप सूचक समेत घटेका छन्।

कारोबार रकमको आधारमा प्रोग्रेसिभ फाइनान्सको शेयर सबैभन्दा बढी कारोबार भयो। फाइनान्सको पाँच करोड ९० लाख ४० हजार रुपैयाँको कारोबार भयो। त्यसै गरी कारोबार संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्र स्थानमा देखिएको छ।