BIZMANDU
www.bizmandu.com

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले औद्योगिक ग्राम बनाउने, उद्योग स्थापना गर्नेलार्इ छुटैछुट

२०७५ भदौ १४

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले औद्योगिक ग्राम बनाउने, उद्योग स्थापना गर्नेलार्इ छुटैछुट
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले औद्योगिक ग्राम बनाउने, उद्योग स्थापना गर्नेलार्इ छुटैछुट

Tata
GBIME
Nepal Life

रुपन्देही। तिलोत्तमा नगरपालिकाले औद्योगिकग्राम स्थापनाका लागि तयारी शुरु गरेको छ ।

तिलोत्तमा औद्योगिकग्राम स्थापना र लगानीकर्तालार्इ प्रोत्साहित गर्न कर छुटको समेत व्यवस्था गरिएको नगर प्रमुख वासुदेव घिमिरेले वताए । स्थानीय तहले करको भार थोपरिरहेको गुनासो आइरहेको बेला तिलोत्तमाले लगानी प्रवर्द्धनको योजनासहित औद्योगिक ग्रामको योजना अघि बढाएको छ।

घिमिरेले औद्योगिकग्रामका लागि १ करोड २१ लाख रकम विनियोजन गरेको बताए। । तिलोत्तमा नगरपालिका वडा नं १०मा  रहेको करिब ३० विघा क्षेत्रफलमा ग्राम निर्माण हुनेछ।उद्योग स्थापनाका लागि आर्थिक ऐनमार्फत कर छुटको व्यवस्था गरिएको उनले बताए ।प्रस्तावित जग्गाको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट आएको टोलीले निरीक्षण गरेको छ ।

मन्त्रालयको टोलीमा सहभागी विज्ञ लक्ष्मण भट्टराईले नगरपालिकाले अघि सारेको जग्गा औद्योगिक ग्रामका लागि उपयुक्त रहेको बताए।उनका अनुसार संघिय सरकारले मुलुकका १ सय ४० स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य राखेको बताए । 

वडाध्यक्ष वडाध्यक्ष व्यासमुन चौधरीका अनुसार रोहिणी नदी व्यवस्थित गर्दा करीब ३० बिघा जग्गा व्यवस्थापन गर्न सकिन्छ । यो स्थान नजीकै बहुउपयोगी रोहिणी जलाशाय निर्माणको काम समेत भइरहेको उनले बताए।

नगरपालिकाले विश्व बैंकको सहयोगमा मङ्गलापुर–कान्छीबजार–रोहिणी सडक विस्तार तथा सुधार योजना अघि बढाएको छ । औद्योगिक ग्राम स्थापना गर्न हामीहरुले आवश्यक प्रक्रिया अघि बढाएका छौँ । यसमा सङ्घीय सरकारको पनि सहयोग हुनेमा हामीहरु विश्वस्त छौँ  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले भने यसो भयो भने साना तथा घरेलु उद्योग स्थापना गर्न चाहने जग्गाको कारण खुम्चिनु पर्ने छैन ।

न्यूनतम १० जना नगरवासीलाई रोजगारी दिने उत्पादनमूलक उद्योग चालू वर्षमा शुरु भएमा आगामी तीन वर्षसम्म लाग्ने व्यावसायिक करमा २० प्रतिशत छुट दिने, कम्तीमा ५० नेपाली नागरिकलाई रोजगारी दिने, उत्पादनमूलक चालू उद्योगको नाममा रहेको जमीनमा लाग्ने सम्पत्ति करमा १५ प्रतिशत छुट, अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेको उद्योग÷व्यवसायमा तोकिएको करमा ५० प्रतिशत छुट दिने नीति नगरपालिकाले लिएको अधिकृत  सापकोटाले बताए ।

नगरपालिका भित्र संञ्चालनको लागी आबश्यक साना तथा मझौला उद्योगको लागी उद्योगग्राम उपयुक्त हुने रुपन्देही उद्योग संघका अध्यक्ष गणेश प्रसाद अधिकारीले बताए ।  उनले रुपन्देहीमा  रहेको औद्योगीक क्षेत्रमा जग्गा अभाबको कारण  उद्योगीहरु खुम्चीरहेको अबस्थामा  केहि राहत मिल्ने बताए । बुटबल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्जल कसजुले नगरपालिकाको योजनाले औद्योगिक विकास हुने बताए।