BIZMANDU
www.bizmandu.com

बाइक छोडेर कारमा उक्लिन चाहनेलाई यस्तोछ नाडामा ‘च्वाइस’, १५ देखि ३० लाख रुपैयाँसम्म

२०७५ भदौ २७


काठमाडौं। राजधानीमा सुरु भएको नाडा अटोशोमा बाइक छाडेर कारमा उक्लिन चाहने वर्ग भिड सस्ता कारको शोरुमा देखिएको छ। विभन्न कम्पनीले १५ लाख रुपैयाँदेखि ३० लाख रुपैयाँसम्म मूल्य राखेर सस्ता कारहरु प्रदर्शनीमा राखिएका छन्। 

Tata
GBIME
Nepal Life

सुजुकी अल्टो
सुजुकी कम्पनीले बेच्दै आएको अल्टो ८०० एसटिडी मोडेलको गाडीको मूल्य १६ लाख ३९ हजार रुपैयाँ तोकिएको छ। नाडा अटो शोमा भने एक लाख रुपैयाँ छुट दिएर १५ लाख ३९ हजार रुपैयाँमा बिक्रि गरिँदै छ।

सुजुकीकै ८०० सिसी एलएक्सआइ मोडलको मूल्य १७ लाख ३९ हजार रुपैयाँ र अल्टो के१० को मूल्य १९ लाख ७९ हजार रुपैयाँ छ। यसमा एक लाख ३० हजार रुपैयाँसम्म नगद छुट दिइएको छ।

वागन आरको मूल्य २३ लाख २९ हजार रुपैयाँ, सेलेरियो भिएक्सआइ २३ लाख ९९ हजार रुपैयाँ र जेटएक्सआइओको मूल्य २६ लाख ७९ हजार रुपैयाँ तोकिएको छ। यो गाडीमा एक लाख ५० हजार रुपैयाँ छुट दिइएको छ।

डटसन रेडी गो
डटसन रेडि गो टि (ओ) गाडीको मूल्य १८ लाख ४५ हजार रुपैयाँ तोकिएको छ। नाडा अटोशो का लागि एक लाख ७५ हजार रुपैयाँ छुट दिएर यो गाडी १६ लाख ७० हजार रुपैयाँमा बिक्रि गरिदै छ।

रेडीगो एस मोडेलको मूल्य छुटसहित १७ लाख ५० हजार रुपैयाँ र टि मोडेलको मूल्य छुट सहित २१ लाख ७४ हजार रुपैयाँ तोकिएको छ।


हुण्डाइ इयोन
हुण्डाइ इवन इरा पलस ८१४ सिसि गाडीको मूल्य १७ लाख ५१ हजार रुपैयाँ तोकिएको छ। म्याग्ना पलस ९९८ सिसिको मूल्य २२ लाख ९६ हजार रुपैयाँ, ग्रान्ड आइ१० म्याग्नाको मूल्य २६ लाख ३६ हजार रुपैयाँ, ब्याग्ना एटिको मूल्य ३० लाख ९६ हजार रुपैयाँ तोकिएको छ।

रेनल्ट क्विड
रेनल्ट क्विड आरएक्सएल ९९९ सि गाडीको मूल्य २१ लाख ९६ हजार ६१३ रुपैयाँ तोकिएको छ। नाडा अटो शोमा एक लाख ४० हजार रुपैयाँ छुट सहित २० लाख ५६ हजार ६१३ रुपैयाँमा यो गाडी बिक्रिमा राखिएको छ।

रेनल्टको क्विड आरएक्सटि ९९९ सिसि गाडीको मूल्य २२ लाख २४ हजार ५३३ रुपैयाँ तोकिएको छ। नाडा अटो शोमा एक लाख ४० हजार रुपैयाँ नगद छुट, एक वर्षको बीमा र १ वर्षको रोड ट्याक्स फ्रि गरिएको छ। 

किया पिकान्टो
किया मोटरको पिकान्टोको मूल्य २४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यसका अन्य मोडलहरुको मूल्य २६ देखि ३५ लाख रुपैयाँसम्म तोकिएको छ।


टाटा टियागो 
टाटा टियागो ११९९ सिसिको मूल्य २४ लाख ९५ हजार रुपैयाँबाट सुरु छ। टियागोमा नाडा अटो शोका लागि तीन लाख ५० हजार रुपैयाँसम्म छुट दिइएको छ।

टाटा टिगोरको मूल्य २७ लाख २५ हजार रुपैयाँबाट सुरु गरिएको छ। यसमा पनि कम्पनीले तीन लाख ५० हजार रुपैयाँ छुट दिने घोषणा गरेको छ। टाटाकै बोल्टको मूल्य ३२ लाख ९५ हजार रुपैयाँ तोकिएको छ। यसमा पनि तीन लाख ५० हजार रुपैयाँ छुट दिइएको छ।

पोलो
फक्सवागनको पोलो १.२ को मूल्य २६ लाख ९५ हजार रुपैयाँ तोकिएको छ। पोलोका अन्य मोडेलहरुमै २७ देखि ३० लाख रुपैयाँसम्मका गाडी नाडा अटो शोमा उपलब्ध छन्।

फोर्ड
फोर्ड फिगो ट्रेन्डको मूल्य २६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। फिगो टिटानियमको २८ लाख ९९ हजार रुपैयाँ र एसपाइर एम्बिनेट डिजेल गाडीको मूल्य २९ लाख ९० हजार रुपैयाँ तोकिएको छ।

निशान माइक्रा एक्टिभ
निशान माइक्रा एक्टिभ एक्सएल ११९८ सिसिको मूल्य २६ लाख १० हजार रुपैयाँ तोकिएको छ। यसैको एक्सभी मोडेलको मूल्य २७ लाख ४९ हजार र एक्सभिएस मोडेलको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।


महिन्द्रा इ भेरिटो
महिन्द्राले ल्याएको इ भेरिटो इलेक्ट्रिक गाडीको मूल्य २८ लाख ८० हजार रुपैयाँ तोकिएको छ। एक घण्टा ४५ मिनेटमा फुल चार्ज गरेर १४० किलोमिटर सम्म गुडाउन मिल्ने यो गाडी नेपालमा पहिलोपटक भित्र्याइएको हो।

होण्डा ब्रिओ
होण्डा ब्रिओ एस एम टी ११९८ सिसिको मूल्य २९ लाख २५ हजार रुपैयाँ तोकिएको छ। अमेज एसएमटीको मूल्य ३२ लाख ७५ हजार रुपैयाँ तोकिएको छ। नाडा अटो शोमा प्रत्येक गाडीमा दुई लाख रुपैयाँ भन्दा बढी छुट दिइएको छ।