BIZMANDU
www.bizmandu.com

टाटाको गाडी किन्दा हेलिकोप्टरमा लाङटाङ जान पाइने, ५ लाख रुपैयाँको हिराको हार पनि पाइने

२०७५ भदौ २७

टाटाको गाडी किन्दा हेलिकोप्टरमा लाङटाङ जान पाइने, ५ लाख रुपैयाँको हिराको हार पनि पाइने
टाटाको गाडी किन्दा हेलिकोप्टरमा लाङटाङ जान पाइने, ५ लाख रुपैयाँको हिराको हार पनि पाइने


काठमाडौं। टाटाको अधिकृत विक्रेता सिप्रदी ट्रेडीङले नाडा अटो शोमा गाडी बुकीङ गर्ने ग्राहकको लागि लाङटाङ भ्रमणको अफर ल्याएको छ।

Tata
GBIME
Nepal Life

नेपाल अटोमोवाइल्स डिलर एशोसिएसन (नाडा) मेलामा टाटाको टियागो, जेस्ट, बोल्ट,हेक्जा, नेक्सन,  लगायतका गाडी बुकिङ गर्ने ग्राहकलाई चाबी भने लाङटाङ हस्तान्तरण गर्ने कम्पनीले जनाएको छ।

'नाडा अटो शोमा टाटाको जुनसुकै गाडी खरिद गर्ने ग्राहकलाई हामीले हेलिकोप्टर चार्टर्ड गरेर लाङटाङ लैजानेछौं, कम्पनीका बिक्री तथा बजार  सहायक महाप्रवन्धक अर्जुन कार्कीले बिजमाण्डूसँग भने।

उनका अनुसार टाटाको टियागो, जेस्ट, बोल्ट र टिगोर खरिद गर्ने ग्राहकले तीन लाख ५० हजार रुपैयाँको नगद छुट वा पाँच लाख रुपैयाँको हिराको हार दिइनेछ।

कम्पनीका अनुसार टाटाको नेक्सन खरिद गर्दा ग्राहकले दुई लाख पचास हजार रुपैयाँ नगद छुट वा तीन लाख पचास हजार रुपैयाँको हिराको हार प्राप्त गर्न सक्नेछन्।