BIZMANDU
www.bizmandu.com

नाडा अटो शोका सस्ता वाइक, मुल्य एक लाख २२ हजारबाट सुरु, महँगा ब्राण्डमा पनि छन् सस्ता बाइक

२०७५ भदौ २७

नाडा अटो शोका सस्ता वाइक, मुल्य एक लाख २२ हजारबाट सुरु, महँगा ब्राण्डमा पनि छन् सस्ता बाइक
नाडा अटो शोका सस्ता वाइक, मुल्य एक लाख २२ हजारबाट सुरु, महँगा ब्राण्डमा पनि छन् सस्ता बाइक

काठमाडौं। मोटरसाइकल प्रेमीका लागि राजधानीको भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको नाडा अटोशो उपयुक्त प्लेटफर्म हुनसक्छ। अटो शोमा दर्जनभन्दा धेरै कम्पनीका वाइकहरु प्रदर्शनीमा राखिएका छन्। ग्राहकलाई यसले बजेटअनुसार छनोटका विपकल्पहरु उपलब्ध गराएको छ।

Tata
GBIME
Nepal Life

बैंक फाइनान्सिङको सुविधा लिएर मोटरसाइकल चढ्न चाहने उपभोक्ताका लागि ४० देखि ५० प्रतिशत रुपैयाँ डाउनपेमेन्ट गर्दा किस्तामा बाइक खरिदको सुविधा पनि दिएका छन् बिक्रेता कम्पनीहरुले। किस्ताबन्दीमा बाइक खरिदको ब्याजदर १३ देखि १८ प्रतिशतसम्म पर्ने सम्बन्धित कम्पनीहरुले बताए।

नाडा अटो शोमा राखिएकामध्ये केही सबैभन्दा सस्तो मुल्यका वाइकहरु यस्ता छन्ः

रनर बाइक आरटी
रनर मोटरसाइकलले ८० सिसीको बाईक आरटी ल्याएको छ जसको नियमित मुल्य एक लाख ५२ हजार रुपैयाँ तोकिएको छ। तर नाडा अटो शो अवधिभरका लागि भने यो बाइकमा कम्पनीले ३० हजार रुपैयाँ छुट दिएर बिक्री गर्ने जानकारी दिएको छ। 

छुटपछिको मुल्य (एक लाख २२ हजार) अनुसार यो नै यसपालीको अटो शोको सर्वाधिक सस्तो मोटरसाइकल हो। 

रनरकै रोएल ११० सिसि वाइकको मुल्य छुट सहित एक लाख ५९ हजार रुपैयाँ राखिएको छ। यस्तै, एक लाख ९५ हजार रुपैयाँ मुल्य रहेको रनर बुलेट १२५ सिसि वाइकमा नाडा अटो शोका लागि २० हजार रुपैयाँ छुट (रु. १ लाख ७५ हजारमा) दिएको कम्पनीले जानकारी दिएको छ।

अफटेक रोएल 
अफटेक मोटर्सको ११० सिसि बाइकको ‘अफटेक रोएल’को मुल्य एक लाख ७० हजार रुपैयाँ तोकिएको छ। कम्पनीले दशैं अफरअन्तर्गत पाँच हजार रुपैयाँ छुट दिएको छ। अटो शोमा बुकिङ गर्ने ग्राहकलाई त्यसमा थप ५ देखि १० हजार रुपैयाँ छुट दिने बताइएको छ। छुटपछि यो बाइक एक लाख ६० हजार रुपैयाँमा दिने कम्पनीले जानकारी दिएको छ। 

युएम पावर म्यक्स 
युएम ब्राण्डको पावर म्याक्स १२५ सिसि बाइको मुल्य एक लाख ८८ हजार रुपैयाँ राखिएको छ। अटो शोका लागि यसमा ८ हजार रुपैयाँ छुट दिइएको छ। 

सुजुकी हायाते 
सुजुकीको हायाते ११३ सिसि वाइकको मुल्य एक लाख ७८ हजार रुपैयाँ तोकिएको छ। नाडा अटो शोमा यस ब्रान्डका हरेक बाइकमा कम्तिमा ८ हजार रुपैयाँ छुट दिने कम्पनीले जानकारी दिएको छ। यस्तै, सुजुकी जिक्सर डिटि १५५ सिसिको मुल्य छुटसहित दुई लाख ६६ हजार ९०० रुपैयाँ तोकिएको छ।

होण्डा शाइन
होण्डा शाइन डिआरएस १२५ सिसि बाइकको मुल्य दुई लाख दुई हजार ९०० रुपैयाँ तोकिएको छ। अटो शो अवधिभर कम्तिमा ४ हजारका साथै स्क्र्याच कुपनबाट एक लाख रुपैयाँसम्म नगद छुट पाउन सकिने कम्पनीले बताएको छ। 

बजाज पलाटिना
बजाजको प्लाटिना १०० सिसि वाइकको मुल्य एक लाख ६१ हजार ९०० रुपैयाँ तोकिएको छ। यो मुल्यमा कम्पनीले नाडा अटो शोभर कम्तिमा ६ हजार रुपैयाँ छुट दिनेछ। बजाजकै डिसकभर १२५ सिसि वाइकको मुल्य छुटसहित एक लाख ८० हजार ९०० रुपैयाँ पर्नेछ। यस्तै, पल्सर १५० सिसि बाइक छुटसहित दुई लाख ४३ हजार ९०० रुपैयाँमा आउनेछ।

हिरो स्पेलेण्डर
हिरो ब्रान्डका बाइकमा अटो शो अवधिका लागि कम्तिमा ७ हजार रुपैयाँ छुट दिइएको छ। छुटपछि हिरोको स्पेलेण्डर प्रो १०० सिसि वाइक एक लाख ५४ हजार ५०० रुपैयाँमा आउने कम्पनीले बताएको छ। यस्तै, सुपर स्पेलेण्डर १२५ सिसि वाइकको मुल्य छुटसहित एक लाख ८३ हजार ५०० रुपैयाँ पर्नेछ। अचिभर १५० सिसि वाइक छुटपछि दुई लाख ७ हजार ५०० रुपैयाँमा किन्न सकिनेछ।

यामाहा स्यालुटो
यामाहाको स्यालुटो १२५ सिसि वाइकको मुल्य एक लाख ८७ हजार ९०० रुपैयाँ तोकिएको छ। नाडामा भने उक्त वाइकमा ७ हजार छुट दिइएको छ। त्यसैगरि यस्तै, एसजेड आरआर १५० सिसि अटो शोमा दुई लाख १७ हजार ९०० रुपैयाँमा आउनेछ।

टिभिएस स्टार स्पोर्स्टस
नियमित मुल्य एक लाख ५६ हजार रहेको टिभिएसको स्टार स्पोर्स्टस १०० सिसि वाइक नाडा शोमा भने यो वाइक एक लाख ४९ हजार ९०० रुपैयाँमा किन्न सकिनेछ। त्यसैगरि टिभिएसकै स्टार सिटि ११० सिसि वाइकको एक लाख ५५ हजार ९०० रुपैयाँ पर्नेछ।

टिभिएस फोनिक्स १२५ सिसिको मुल्य मेलामा एक लाख ७९ हजार ९०० रुपैयाँ र टिभिएस अपाची १६० सिसिको मुल्य दुई लाख ७८ हजार ९०० रुपैयाँ पर्नेछ।

सिएफ मोटो पापियो
सिएफ मोटो ब्राण्डको पापियो १२५ सिसि वाइकको मुल्य दुई लाख ४१ हजार ५०० रुपैयाँ रहेको छ। नाडा अटो शोमा यस ब्रान्डका बाइकमा १० प्रतिशत छुट दिइएकोले यो बाइकको दुई लाख १५ हजारमा आउनेछ।

बेनेली टिएनटी
बेनेलीको सबैभन्दा सस्तो मोटरसाइकल १३५ सिसिको बेनेली टिएनटि हो। यसको मुल्य दुई लाख ७५ हजार रुपैयाँमा रहेको छ।


महंगो ब्रान्डका सस्ता वाइक
केटिएम २००
केटिएम डुक २०० सिसि वाइकको मुल्य चार लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ। यो नै केटिएम ब्राण्डका बाइकमा सबैभन्दा सस्तो हो। नाडा अवधिभर यो बाइक किन्नेले चार हजार ९०० रुपैयाँ छुट पाउनेछन्।

रोएल इन्फिल्ड ३५०
रोएल इन्फिल्डको सबैभन्दा सस्तो मोटरसाइकलको मुल्य चार लाख ३२ हजार रुपैयाँ रहेको छ। यसको रोएल इलेक्ट्रो ३५० सिसि बाइकको मुल्य नाडा अटो शोमा चार लाख ३२ हजार रुपैयाँ तोकिएको छ।