BIZMANDU
www.bizmandu.com

दोस्रो विश्व युद्धमा प्रयोग भएको ‘जीप कम्पास’ अटोशोको आकर्षण, सुरु मूल्य ६८ लाख, यस्ता छन् फिचर 


दोस्रो विश्व युद्धमा प्रयोग भएको ‘जीप कम्पास’ अटोशोको आकर्षण, सुरु मूल्य ६८ लाख, यस्ता छन् फिचर 
दोस्रो विश्व युद्धमा प्रयोग भएको ‘जीप कम्पास’ अटोशोको आकर्षण, सुरु मूल्य ६८ लाख, यस्ता छन् फिचर 


काठमाडौं। लाइफ अटोमोवाइलले यसपाली नेपाल अटोमोवाइल्स डिलर एशोसिएसन (नाडा) को महामेलामा जीप सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

अमेरिकी फौजले दोस्रो विश्वयुद्धमा प्रयोग गरेको आधारमा जीप गाडी कम्पनी अवार्ड भएको जनाउँदै कम्पनीका एक कर्मचारीले भने 'यो गाडीले ७५ वर्षको इतिहास बोकेको छ। सन् १९४१ मा युएस आर्मीले यो गाडी प्रयोग गरेको थियो। त्यो बेला जीपले 'ब्याड्ज अफ ओनरको' तक्मा पाउन सफल भएको थियो। 

त्यसबेलादेखि एसयुभी (स्पोर्ट्स युटीलीटी भेहिकल) भर्सनको यो गाडी सातैवट महादेशमा विक्री वितरण हुँदै आएको छ।'

ग्राहकले नेपालमा जीप कम्पासको १० वटा भेरियन्ट खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार दशवटा भेरियन्टमध्ये सात वटा भेरियन्ट २.० लिटर मल्टिजेट टर्बो डिजेल भर्सनका रहेका छन् भने तीनवटा १.४ लिटर मल्टिएयर टर्बो पेट्रोल भर्सनका रहेका छन्।  


गाडीमा डेटाइम रनिङ ल्याम्प जडान गरिएको छ।  २.० मल्टिजेट टर्बो डिजल भर्सनको कम्पासमा ३५० (न्युटन मिटर) एनएममा १७३ पीएस (पावर) को फोर्समा चल्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ। १.४ मल्टिएयर पेट्रोल इन्जिन भर्सनको कम्पासमा २५० न्युटन मिटर (एनएम) मा १६२ पिएस (पावर) को फोर्समा चल्न सक्ने क्षमता रहेको कम्पनीले बनाएको छ। 

जस्तोसुकै मौसममा इन्जिन उत्तिकै चल्छ। हिलो, हिउँ र बालुवामा फोर व्हिल ड्राइभमार्फत सजिलै चलाउन सकिने कम्पनीले जानकारी दिएको छ। 'प्रेस बटन' थिचेको आधारमा गाडीको इन्जिन सुचारु र बन्द गर्न सकिन्छ। गाडीमा अटफमेटिक पार्किङको व्यवस्था रहेको छ भने लामो घुम्ती (कोर्नरीङ) का लागि स्वचालित रुपमा अगाडिको फगल्याम्प बल्नेछ। 

गाडीमा चालक र यात्रुको सुरक्षालाई लक्षित गर्दै ५० वटाभन्दा बढी सुरक्षा सुविधा जडान गरिएको छ। चालक र यात्रुका लागि  छ वटा एयरब्याग जडान गरिएको छ। 

एन्टिलक ब्रेक जडान भएको गाडीको चारै चक्कामा छाला मोरिएको हुँदा जस्तो ठाउँमा पनि नचिप्लने कम्पनीले जनाएको छ।  अति भिरालो अफरोडमा गाडी उक्लन गाह्रो भएमा स्वचालित रुपमा ब्रेक लाग्ने र सिस्टमले नै केहिबेरसम्म गाडी उकाल्नका लागि समय दिने कम्पनीले जनाएको छ। भारतका सबै पहाडी भेगमा कम्पासको अफरोड परिक्षण गरिसकिएको छ। 

चालक र यात्रुलाई मनोरञ्जन दिनका लागि गाडीमा एण्ड्रोइड अटो र एप्पल कारप्ले जडान गरिएको छ। कम्पासमा म्यानुअल गियर छ। साथै अटोमेटिक गियर पनि छ। 

कम्पासको नक्सालमा शोरुम छ। सर्भिस सेन्टर अन्तर्राष्ट्रिय स्तरको  हुने कम्पनीले जनाएको छ। सर्भिस सेन्टरमा सर्भिस म्यानेजर भारतबाटै ल्याइनेछ।  ग्राहकले गाडी खरिद गर्दा क्यास डिस्काउन्ट नपाएपनि एक वर्षको रोड ट्याक्स र बीमा कम्पनीले गरिदिनेछ। 

ग्राहकलाई गाडी खरिद गर्न सजिलो होस् भन्ने हेतुले कम्पनीले स्ट्याण्डर्ड चार्टर्ड बैंक र सानिमा बैंकसँग सहकार्य गरेको छ।