काठमाडौं। निरन्तर भाउ तल झर्न थालेपछि बाणिज्य बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिन थालेको छ। बजार विस्तारै सकारात्मक उन्मुख हुँदा लगानीकर्ता ५०० रुपैयाँभन्दा तलको मूल्य भएका बाणिज्य बैंक तथा केही राम्रो लाभांस दिने विकास बैंकमा आकर्षित भएका छन्।
विगतका केही महिनामा बीमा कम्पनी तथा माइक्रोफाइनान्सले बजार बढाउने तथा घटाउने गरेकोमा हाल बाणिज्य बैंकहरुले बजार बढाउन मद्दत गरेका छन्। विगत एक महिनाको कारोबारलार्इ हेर्ने हो भने सबैभन्दा धेरै कारोबार हुने १० कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बाहेक बाँकी बाणिज्य बैंकहरु छन्।
एक महिनामा बीमाको उपसूचक बजार बढ्दा पनि ओरालो लागेको छ तर बाणिज्य बैंकको उपसूचकले भने समग्र बजारलार्इ नै सपोर्ट गरिरहेको छ।
किन बढ्दैछ बैंकको कारोबार
पछिल्लो समय नियमनकी ब्यवस्था अनासर अधिकांस बैंक तथा वित्तीय संस्थाले चुक्ता पूँजी बढाइसकेका छन्। बीमा कम्पनीहरु पनि अन्तिम तयारीमा छन्। बीमा कम्पनीहरुको बढेको बजार मूल्य समायोजन हुने चरणमा छ।
बैंक तथा वित्तीय संस्थाले गत वर्षनै लगभग पूँजी जुटाएरको हुँदा गएको एक वर्षमा मूल्य समायोजन भैसकेको छ। मूल्य समायोजन भएर बैंकहरु वास्तविक अवस्थामा आइपुग्दा बैंकहरुको बजार मूल्य लगभग आधार मूल्यभन्दा केही माथि मात्रै छ।
सस्तो मूल्यमा शेयर खरिद गर्दा पनि राम्रो लाभांस पाउन सकिने देखेर लगानीकर्ता बाणिज्य बैंकमा आकार्षित भएको बजार विश्लेषक बलराम रिमाल बताउँछन्। गत आर्थिक वर्षमा अधिकांस बैंक तथा वित्तीय संस्थाले राम्रो मुनाफा गरेका छन्। बैंकहरुले गत वर्षको मुनाफाबाट लाभांस घोषणा गर्न थालेका छन्।
यस्तो समयमा बाणिज्य बैंकहरुको शेयर खरिद गर्दा धेरै मूल्य तिर्नु पर्दैन साथै लाभांस मात्रै खाँदा पनि घाटा नहुने हुँदा लगानीकर्ताले बाणिज्य बैंकको शेयरमा सुरक्षित महसुस गरेको रिमाल बताउँछन्। बीमा कम्पनीको शेयरमा अझै समायोजन हुन बाँकी छ। यसले गर्दा पनि लगानीकर्ताले बाणिज्य बैंक तथा विकास बैंकमा सुरक्षित महसुस गरेका हुन्।
चुक्ता पूँजी बृद्धिपछि पनि ब्यापार बढेका हिसावले थप पूँजी बढाउनु पर्ने वाध्यतामा बैंकहरु छन्। कतिपयले ऋण विस्तारका लागि ऋणपत्र जारी गर्न थालिसकेका छन्। त्यसैले नाफाबाट पूँजी बढाउन बोनस शेयर जारी गर्ने संभावना बढेकाले पनि लगानीकर्ता बैकको शेयरमा आकर्षित देखिएका हुन्।
भदौ महिनामा सबैभन्दा धेरै कारोबार भएका कम्पनी
कम्पनी |
औषत मूल्य |
जम्मा कारोबार |
बजार मूल्य |
एनएमबी बैंक |
323.94 |
403,517,038 |
338 |
एनआइसी एशिया बैंक |
350.56 |
321,797,358 |
408 |
नेशनल लाइफ इन्स्योरेन्स |
912.83 |
309,438,589 |
905 |
नेपाल इन्भेष्टमेन्ट बैंक प्रमोटर |
573.44 |
258,446,905 |
580 |
कुमारी बैंक |
213.78 |
208,390,706 |
233 |
ग्लोबल आइएमर्इ बैंक |
300.94 |
167,065,173 |
316 |
नेपाल बैंक लिमिटेड |
289.61 |
158,060,840 |
298 |
प्राइम कमर्सियल बैंक |
301.44 |
134,080,503 |
325 |
नेपाल इन्भेष्टमेन्ट बैंक |
637.33 |
126,280,468 |
650 |
नविल बैंक |
955.83 |
122,735,351 |
965 |
मेगा बैंक |
168.67 |
121,814,578 |
178 |
प्रभु बैंक |
186.44 |
115,234,065 |
202 |
सिद्धार्थ बैंक |
317.33 |
114,783,470 |
328 |
जनता बैंक |
160.06 |
109,968,083 |
173 |
एनसीसी बैंक |
185.44 |
98,648,463 |
200 |
सानिमा बैंक |
323.17 |
95,062,298 |
336 |
बैंक अफ काठमाडौं |
293.06 |
88,170,502 |
311 |
सेञ्चुरी बैंक |
151.5 |
86,917,192 |
158 |
एभरेष्ट बैंक |
660.39 |
86,587,136 |
660 |