BIZMANDU
www.bizmandu.com

पुँजी बजारमा दोहोरो अंकको सुधार, १२४४.८४ अंकमा उक्लियो सूचक, दीगो वृद्धि सुरु भएको हो?

२०७५ भदौ २८

पुँजी बजारमा दोहोरो अंकको सुधार, १२४४.८४ अंकमा उक्लियो सूचक, दीगो वृद्धि सुरु भएको हो?
पुँजी बजारमा दोहोरो अंकको सुधार, १२४४.८४ अंकमा उक्लियो सूचक, दीगो वृद्धि सुरु भएको हो?

काठमाडौं। साताको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ। लगातार तेस्रो दिनको वृद्धिसँगै सूचक १२४४.८४ अंकमा उक्लिएको छ। बिहीबार शेयर बजार १४.१३ अंकले बढेको हो। 'क' वर्गका कम्पनीहरूको कारोबार मानपन गर्ने सेन्सेटिभ इन्डेक्स ३.४७ अंकले बढेर २६४.२७ अंकमा पुगेको छ। तीन दिनमा सूचक ३४ अंकले बढेको छ।

Tata
GBIME
Nepal Life

वाणिज्य बैंकको बजार मूल्य धेरै नै तल झरेको र विस्तारै लाभांश घोषणा गर्नेक्रम बढेकाले लगानीकर्ता वाणिज्य तथा विकास बैंकमा आकर्षित भएको लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए। बैंकहरुले १० प्रतिशत हाराहारीमा मार्जिन लोनका लागि आग्रह गरिरहेको हुँदा पनि बजारमा मनोविज्ञान बढेको उनले बताए। 

कारोबारको सुरुवातदेखि नै उकालो लागेको बजारले दोस्रो घण्टामा १५ अंकको वृद्धिसँगै सूचक १२४५ अंकसम्म उक्लिएको थियो। तर त्यसपछि बजार घट्दो अवस्थामा देखिँदा साढे दुई बजेसम्ममा सूचक १२३७ अंकसम्म ओर्लिएको थियो। कारोबारको अन्तिम आधा घण्टामा सूचकले केही अंक पूर्ति गर्दै पुन: दोहोरो अंकको वृद्धि भेट्टाएको हो।  

बिहीबार १७३ कम्पनीका २७ लाख ११ हजार कित्ता शेयर ७२ करोड रुपैयाँमा खरिद बिक्री भयो। सबैभन्दा धेरै एनएमबी बैंकको पाँच करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भयो। बुधबार ४३ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। बिहीबार सर्वाधिक कारोबार हुने १० कम्पनीमा १० वटै वाणिज्य बैंक हुन्। 

उपसूचक मिश्रित देखिएका छन्। १० समूहको कारोबारमा तीन समूह घटेका छन् भने सात समूह बढेका छन्। बैंक १६.२, होटल ३२.१९, विकास बैक ११.२७, जलविद्युत ४.५३, फाइनान्स २.२,  उत्पादनमूलक २.०६ र अन्य २२.२९ अंकले उक्लिए। 

नेपाल सेवा लघुवित्त विकास बैंकका शेयरधनीले करिब १० प्रतिशत कमाए भने भार्गव विकास बकैका शेयधनीले करिब पाँच प्रतिशत गुमाए।