काठमाडौं। नेपालमा बिगत लामो समयदेखि अटो मोबाइल क्षेत्रमा निर्माण तथा कन्स्ट्रक्सन मेशीनहरु बिक्री वितरण गर्दै आएको व्यापारिक घराना शंकर ग्रुप अन्तर्गतको जगदम्बा कन्स्ट्रक्शन सोलुसनले केश कम्पनीका विभिन्न कन्स्ट्रक्सन इक्युप्मेन्टहरु बिक्री वितरण गर्दै आएको छ।
“केशले बनाउँछ देश” भन्ने नारा सहित बिक्री वितरण गर्दै आएको कम्पनीले अहिलेसम्म देशभरी १४ भन्दा बढि स्थानहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ। मोटर ग्रेडर, कम्प्याक्टर, ब्याकहो लोडर, स्किड स्टिर, लगाएतको हेवी इक्युप्मेन्टहरुको बिक्री वितरण, सर्भिस, स्पेयर पार्टस तथा बिक्री पछिका सम्पुर्ण सेवा र मर्मत सम्भार गर्दै आएको कम्पनीले आफ्ना सबै सोरुमहरु मार्पmत सम्पुर्ण सेवा प्रदान गर्दै आएको छ।
यसैक्रममा कम्पनीले आफ्ना नयाँ सोरुम सुर्खेतमा स्थापना गरेको छ। उद्घाटन कार्यक्रम, सुर्खेत हेभि इक्यूपमेन्ट व्यवसायी संघका अध्यक्ष मदनबहादुर खड्का, निर्माण व्यवसायी संघ सुर्खेतका निर्माण व्यवसायी लक्ष्मण पोखरेल र जगदम्बा कन्स्ट्रक्शन सोलुसनका प्रमुख संजिव देउजाले संयुक्त रुपमा गरेका छन्।