BIZMANDU
www.bizmandu.com

नाडा अटोशोमा मोटरसाइकल किन्न चाहनेलाई यस्तो छ फाइनान्सिङ, के चाहिन्छ कागजपत्र?

२०७५ भदौ २९

नाडा अटोशोमा मोटरसाइकल किन्न चाहनेलाई यस्तो छ फाइनान्सिङ, के चाहिन्छ कागजपत्र?
नाडा अटोशोमा मोटरसाइकल किन्न चाहनेलाई यस्तो छ फाइनान्सिङ, के चाहिन्छ कागजपत्र?

काठमाडौं। नेपाल अटोमोबाइल डिलर्स एशोसिएसनले आयोजना गरेको नाडा अटोशोमा मोटरसाइकलका अधिकृत बिक्रेता आफैले फाइनान्सको व्यवस्था गरेका छन्। वित्तीय संस्थाहरुले ऋण नदिएपछि विक्रेता आँफैले 'फाइनान्सिङ' सुविधा सुरु गरेका हुन्। केहिले सहकारीमार्फत पनि कर्जा दिने गरेका छन्। 

Tata
GBIME
Nepal Life

मोटरसाइकल खरिद गर्दा बिक्रेताले ४० देखि ५० प्रतिशत डाउन पेमेन्ट गरेपछि मात्रै ऋण पाइन्छ। 

युएम
युएमको अधिकृत बिक्रेता आइएमर्इ अटोमोटिभले मनिग्राम र परिमलमार्फत कर्जा उपलब्ध गराएका छन्। मनिग्राम र परिमलले एक वर्षको फाइनान्स गर्दा १७ प्रतिशत र दुर्इ वर्षको लागि भने १८ प्रतिशत व्याज लिन्छन्। 

केटिएम
केटिएम डुक बाइकको अधिकृत बिक्रेता हंसराज हुलासचन्दले आफ्नै हुलास इन्भेष्टमेन्ट मार्फत कर्जा उपलब्ध गराएको छ। इन्भेष्टमेन्टले २०० सिसी क्षमतासम्मका मोटरसाइकलको लागि ५० प्रतिशत डाउन पेमेन्टमा १५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराएको छ। २०० सिसीभन्दा माथिको क्षमताको हकमा भने ४० प्रतिशत डाउन पेमेन्ट तिर्नु पर्छ। 

हिरो 
हिरो मोटरसाइकलको अधिकृत बिक्रेता नेपाल जनरल मार्केटिङले आफ्नै फाइनान्स एनजिएम फाइनान्स मार्फत स्कुटरको लागि १३ देखि १४ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराएको छ। यदि समयमै किस्ता भुक्तानी गरेमा व्याजमा छुट पाउने व्यवस्था गरेको छ। यसरी छुट पाउँदा ९ प्रतिशत मात्रै ब्याज पर्ने एनजिएमले जनाएको छ। १२५ सिसीभन्दा माथिको क्षमताका स्कुटरको लागि ४० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्छ। त्यस्तै १५० सिसीभन्दा माथिको क्षमता भएका बाइक खरिद गर्दा ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्छ। 

रोयल इन्फिल्ड 
रोयल इन्फिल्डको अधिकृत विक्रेता विवेक अटोमोबाइले लुम्बिनी विकास बैंकसँग टाइअप गरेको छ। बैंकले १४.८ प्रतिशतमा कर्जा प्रवाह गर्ने संझौता गरेको छ। 

एफटेक
एफटेकको अधिकृत बिक्रेता म्याक्स भिजनले प्रदर्शन मात्र गरेको छ। अबको दुर्इ हप्तामा बिक्रीको लागि खुला गर्ने भिजनमा अध्यक्ष केशवप्रसाद श्रेष्ठले जानकारी दिए। बिक्रीको लागि खुला गरिएसँगै फाइनान्सको व्यवस्था गर्ने कम्पनीको योजना छ। 

रनर
रनर मोटरसाइकलको अधिकृत बिक्रेता रमन मोटर्सले बेथल इन्भेष्टमेन्टमार्फत १७ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराएको छ। मोटर साइकल अनुसार ४० देखि ५० प्रतिशतसम्म डाउन मेपेन्टमा ऋण उपलब्ध गराएको हो। 

भेस्पा 
भेस्पाको अधिकृत बिक्रेता डि लाइफ इस्टाइलले विभिन्न मोडलका बाइकको लागि १२ देखि १८ प्रतिशतको व्याजदरमा कर्जा उपलब्ध गराएको छ। 

बेनेली 
बेनेलीको अधिकृत बिक्रेता केटिएम इन्टरनेशनल ट्रेडिङले लुम्बिनी विकास बैंक र एभरेष्ट बैंकसँग कर्जाको लागि टाइअप गरेको छ। लुम्बिनीले १४ प्रतिशत र एभरेष्टले ९.९९ प्रतिशतमा कर्जा उपलब्ध गराउने संझौता भएको छ। 

सुजुकी 
सुजुकीको अधिकृत बिक्रेता भिजी अटोमोबाइलले कर्जाको लागि किर्तिपुर बहुउद्देश्य सहकारी र मुक्तिनाथ विकास बैंकसँग टाइअप गरेको छ। सहकारीले न्युनतम ३५ प्रतिशत डाउन पेमेन्टका साथै १५ प्रतिशतमा कर्जा उपलब्ध गराएको छ। साथै मुक्तिनाथ विकास बैंकले १६ प्रतिशतमा कर्जा उपलब्ध गराएको छ। 

यामाहा
यामाहाको अधिकृत बिक्रेता एमएडब्बलु इन्टरप्राइजले आफ्नै फाइनान्समार्फत १६ प्रतिशतमा कर्जा उपलब्ध गराएको छ। यसको लागि न्युनतम ४० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्नेछ। 

अधिकृत बिक्रेताबाहेक खरिदकर्ताले आफुले चिनेको तथा सजिलो पर्ने स्थानबाट पनि कर्जा लिन सक्ने छन्। कर्जाका साथै बिक्रेताले बीमा कम्पनीसँग टाइअप गरेर बीमा गराउने गरेका छन्। यसरी बीमा गराउँदा दाबी भुक्तानी गर्न सजिलो पर्ने उनीहरु बताउँछन्।       

बाइकको कर्जा प्रवाह गर्दा धेरै जोखिम हुने भएपछि बाणिज्य बैंकहरुले प्रवाह गरेको पाइँदैन। सहकारी तथा अधिकृत बिक्रेता आफैले नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर कर्जा प्रवाह गरिरहेका छन्। फाइनान्सको लागि बिक्रेताले ग्राहकसँग सवारी चालकको अनुमतिपत्र, फोटो, नागरिकता, स्रोत खुलेको आम्दानी विवरण र पानी वा विद्युत बिलको प्रतिलिपि माग गर्ने गरेका छन्।