BIZMANDU
www.bizmandu.com

एक साता नवित्दै निगमको अर्को जहाज पनि ग्राउण्डेड, दिल्लीमा कन्टेनरले कोतर्दा चार दिन उडान बन्द


एक साता नवित्दै निगमको अर्को जहाज पनि ग्राउण्डेड, दिल्लीमा कन्टेनरले कोतर्दा चार दिन उडान बन्द
एक साता नवित्दै निगमको अर्को जहाज पनि ग्राउण्डेड, दिल्लीमा कन्टेनरले कोतर्दा चार दिन उडान बन्द


काठमाडौं। एक साता नवित्दै नेपाल वायुसेवा निगमको अर्को जहाज पनि  ग्राउण्डेड भएको छ। नेपाल वायुसेवा निगमको नयाँ एयरबस ३३०'मकालु' कलसाइन 'एकेएल' विहिबार ग्राउण्डेड भएको छ।

Tata
GBIME
Nepal Life

विहिबार दिल्लीबाट काठमाडौं आएको जहाज दिउँसो १२ अवतरण भएपछि (डेन्ट) कोरिएको पाइएपछि जहाज ग्राउण्डेड गराइएको निगमका सह-प्रवक्ता शैलेस कंसाकारले जानकारी दिए। 

'हिजो दिल्ली एयरपोर्टमा कन्टेनर जहाजमा छोएर स्क्र्याच भएपछि ग्राउण्डेड गरिएको छ।चार दिन भित्र जहाजको मर्मत गरेर उडान सुचारु गराइनेछ।' कंसाकारले भने।

यसअघि चरा ठोकिएर ग्राउण्डेड भएको एयरबस -३२० एकेडब्लु 'सगरमाथा' शनिबारदेखि नियमित उडान गर्ने उनले बताए।गत साता बिहीबार निगमको जहाजमा चरा ठोकिएर ग्राउण्डेड भएको थियो। 'नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा जहाजमा पुगेको क्षतिको अध्ययन गरेर निगमले एयरबस ३२० निर्माता कम्पनीलाई विवरण पठाएको थियो।