BIZMANDU
www.bizmandu.com

नकुलको ‘ड्रिम’ एलिस रिसेप्सन्समा १७ करोड लगानी, १६ रोपनीको ब्याङ्केट तारे होटलको विकल्प


नकुलको ‘ड्रिम’ एलिस रिसेप्सन्समा १७ करोड लगानी, १६ रोपनीको ब्याङ्केट तारे होटलको विकल्प
नकुलको ‘ड्रिम’ एलिस रिसेप्सन्समा १७ करोड लगानी, १६ रोपनीको ब्याङ्केट तारे होटलको विकल्प



काठमाडौं। तीन वर्षअघिको भूकम्पका बेला पुरानो दरबार शैलीमा बनाइएको नक्सालको एउटा घरले पनि कम्पन थेग्न सकेन। भूकम्पपछि बस्न लायक नभएपछि घरभित्रका मानिसहरु बाहिरिए। मल्लकालीन ईंटा र कलात्मक काठले बनेको त्यो पुरानो घर  उजाडियो।  

Tata
GBIME
Nepal Life

तीन बर्षपछि आज त्यही आँगनमा उभिएको छ नेपालकै पहिलो 'फाइभ स्टार' ब्याङ्केट एलिस रिसेप्सन्स। अझ गजब त के भने एलिस ब्याङ्केट भत्किएको त्यही पुरानो घरका करिब ५ लाख ईंटा र काठपात प्रयोग गरेर क्लासिक शैलीमा बनाइएको छ।

लामो समयदेखि रेष्टुरेन्ट ब्यवसायमा सक्रिय नकुल शेरचनको 'ड्रिम प्रोजेक्ट' मात्र होइन यो, उनकै शब्दमा यो उनको ‘एम्बिसिएस् प्रोजेक्ट’ हो। किनभने टिनका लामा छाना राखेर थोरै लगानीमै पार्टी प्यालेस र ब्याङ्केट बग्रेल्ती खुलिरहेका बेला नक्सालको एलिस रिसेप्शन तयार पार्न उनले १७ करोड रुपैयाँ खर्चिएका छन्। 


किन त?

‘म पाँचतारे होटलको बिकल्पमा यसलाई तयार पारिरहेको छु। सामान्य बनाएर कहाँ भयो! राम्रो बनाउँदा बनाउँदै पैसा पनि निकै खर्च भयो। तर मिडिल र अपर मिडिल क्लासलाई लक्षित गरिएको यो यस्तो ब्याङ्केट हुनेछ जहाँ पाँचतारे होटलकै सुविधा र गुणस्तर त्यहाँभन्दा कम पैसामा उपलब्ध गराइनेछ। यहाँ पस्नासाथ सबैले त्यो फिल गर्न सक्नुहुन्छ।’- नकुलले सुनाए।

१६ रोपनीभन्दा बढी जग्गामा फैलिएको एलिस रिसेप्सन्सलाई काठमाडौंभर मै सबैभन्दा ठूलो ब्याङ्केट हो भनेर दावी गर्दा फरक पर्दैन किनभने यहाँ एकै पटक तीन सय वटा गाडी, तीन सयकै हाराहारीमा मोटरसाइकल पार्किङ गर्न सकिन्छ। कार्यक्रममा जाँदा सडकमा गाडी पार्क गरेर भित्र छिर्नुपर्ने बाध्यता कम्तीमा यहाँ पर्दैन। एकैपटक १५ सय जनालाई सर्भिस दिन सक्ने क्षमताको एलिस ब्याङ्केटमा अपार्टमेन्टको सुविधा पनि छ जुन नौलो प्रयोग पनि हो।

नकुलको दैनिकी १९ वर्षको उमेरदेखि खानाकै वरिपरि घुमिरहेको छ। जापान, त्यसपछि नेपाल फर्किएर नक्सालको गैरिधारामा एलिस रेष्टुरेण्ट, अनि दरवारमार्गमा त्यसको विस्तार। त्यही एलिसको ब्राण्ड सापटी लिएर अहिले एलिस रिसेप्सनसम्म आइपुगेको छ। एलिस ब्राण्डको रेष्टुरेष्टलाई स्थापित र विस्तार गरिरहँदा उनीसँग साझेदारी गर्न धेरै प्रस्ताव आइरहेका थिए। ब्राण्ड बिस्तारकालागि अरु नयाँ प्रोजेक्टहरुबारे पनि सोचिरहेका थिए। अचानक भूकम्प आयो र जन्मियो एलिस ब्याङ्केट।

ब्याङ्केट तयार हुँदै गर्दा नकुलले धेरै साथीभाईलाई सुनाएछन् -म ब्याङ्केट खोल्दैछु नि!

‘ए पार्टी प्यालेस पो बनाइराको!’  सामान्य रुपमा लिए उनीहरुले।

जब तयार भयो, तिनै साथीभाइहरु आए। उनीहरु देखेर सरप्राइज्ड भए! नकुलका अनुसार ६, ७ वटा रेष्टुरेन्ट खोल्न सक्ने गरीको लगानी र उत्तिकै ठूलो रिस्क उठाएर बनाएको यो ब्याङ्केट सोसाइटीका लागि ‘गिफ्ट’ पनि हो।


नकुल उदाहरण दिँदै भन्छन्-  ‘हामी ५ तारे होटलमा पार्टी गर्न सक्छौं तर अतिथी सबैजना पाँचतारे होटलसँग अभ्यस्त हुनुहुन्छ भन्ने हुँदैन। गाउँमा रहनुभएका हाम्रा नातागोताले तारे होटलमा निम्ता मान्न आउन कतिको सहज मान्छन्? के लाएर जाने, के चढेर जाने? हाम्रो खुशीमा सहभागी हुन आउनुको सट्टा ‘क्या फसाद पो पर्यो!’ भन्ने पनि लाग्न सक्छ। यस्तो भइरहेको पनि छ’ नकुलले सुनाए।  


एलिसको मुख्य ढोका मोरक्कन डिजाइनमा बनेको छ। बाहिरी भागलाई टिबेटियन टच दिइएको छ भने छाना र भित्री भाग परम्परागत नेपाली शैलीमा ढालिएको छ। आधुनिक र परम्परागत दुबै शैली महसुस गर्न सकिने ब्याङ्केटभित्र बत्तीको प्रयोग पनि शालिन र मधुरो ढंगको छ। इन्टेरियर डेकोरेसन लोभलाग्दो बनाइएको छ। एलिस चलनचल्तीमा रहेका ब्याङ्केटभन्दा निकै फरक छ। अन्य ब्याङ्केटहरुमा देखिने फिल्मी सेट जस्तो इन्टेरियर, निला पहेँला चम्किला लाईट र साजसज्जा यहाँ छैन।

ठूला/ठूला रुखहरुले घेरिएको यो ब्याङ्केट तयार पार्दा यहाँको हरियाली जोगाउन ठूलो मेहनत गरिएको नकुलले सुनाए। सबैकालागि कम्फर्टेबल बनाउँदा प्राकृतिक पनि देखियोस् भन्नेमा उनी सचेत थिए। बर्षौ पुराना र झांगिएका ती ठूला रुखहरुले अहिले कम्पाउन्डलाई प्रकृतिसँग बलियोसँग जोडेको नकुल बताउँछन्।


काठमाडौंमा पाँचतारे होटलहरु सीमित संख्यामा छन्। हायात, सोल्टी, अन्नपूर्ण सबैले ब्याङ्केट सर्भिस दिन्छन्। तर ती होटलका ब्याङ्केटहरुको विकल्पमा उभिन सक्ने गरी बनेको ब्याङ्केट कुन होला? लामो समयको अध्ययनपछि आफ्नो कन्सेप्टलाई मूर्त रुप दिएका हुन् नकुलले। उनका अनुसार ब्याङ्केटको डिजाइनिङमा नै ६ महिना लागेको छ।

आफ्नो प्रोजेक्टलाई अघि बढाउने निर्णय गरेपछि एकदिन उनले डिजाइनर सिद्धार्थ गोपालनलाई बोलाएर भने ‘मलाई यस्तो क्लासिक डिजाइन चाहिएको छ जुन ३०-४० वर्षपछि पनि उस्तै देखियोस्।’ यसो भनिरहँदा नकुलको दिमागमा बसन्तपुर र भक्तपुरका परम्परागत संरचना खेलिरहेका थिए। त्यस्तै क्लासिक र सदाबहार डिजाइन होस् उनले मनमनै चाहाना गरे। नभन्दै ६ महिना कुरेपछि सिद्धार्थले उनको कन्सेप्टलाई चित्तबुझ्दो डिजाइन दिएको नकुल सम्झन्छन्।


‘पाँचतारे होटलका क्लाइन्ट सीमित हुन्छन् तर हामीलाई आफ्नो खाना र सर्भिसको गुणस्तरमा यति कन्फिडेन्स छ कि हामी विकल्प बन्नेछौं। हाम्रो खानाले नै मानिसहरुलाई तान्छ।’- रेष्टुरेन्ट ब्राण्ड  एलिसलाई स्थापित गरिसकेका नकुललाई ब्याङ्केटको यो नयाँ प्रोजेक्टले चुनौती मात्र थपेको छैन, निकै उत्साही पनि बनाएको छ।  

एलिस ब्याङ्केट संचालनको सबै तयारी पूरा भैसकेको छ। बुकिङ गर्न आउनेको चाप पनि दिनहुँ बढिरहेको छ। क्लाइन्टको भिजिट बाक्लो छ। ढोकाबाट भित्र पस्ने बित्तिकै बनाइएका कोट ह्याङ्गरहरु पनि क्लाइन्टकालागि नौलो प्रयोग हो। यूरोप अमेरिकातिर बढी प्रयोगमा आउने यस्ता कोट ह्याङ्गरहरुमा  कोट वा ज्याकेट खोलेर राख्न मिल्छ।

लामो समयदेखि होटल बिजनेसमा भिजेका नकुलको अनुभवले भन्छ – मानिसले भेन्युको स्टान्डर्डलाई आफ्नो स्ट्याटससँग जोडेर हेर्छ। कोही मानिस जतिसुकै खर्च गरेर भएपनि आफूले आयोजना गर्ने कार्यक्रम उत्कृष्ट होस् भन्ने चाहन्छ। क्लाइन्टले चाहे अनुसारको पाँचतारे गुणस्तरको खाना र त्यही स्तरको सर्भिस दिन सक्छु भनेरै यति ठूलो लगानीमा ब्याङ्केट बनाएको उनले बताए। 

यहाँ एकैपटक १५ सय जनाले सर्भिस लिन सक्छन्। इभेन्ट गर्नेकालागि यहीँ बस्न मिल्ने गरी ६ बेडरुमको अपार्टमेन्ट पनि छ। लिभिङ, डाइनिङ र किचन भएको अपार्टमेन्टमा २०/२५ जना सजिलै अट्ने गरी बनाइएको छ। पारिवारिक भोजभतेरका लागि मात्र नभएर  सभा, सेमिनार र कर्पोरेट इभेन्ट गर्न एउटै ब्याङ्केटभित्र ३ वटा भेन्यु बनाउन मिल्ने नकुलले जानकारी दिए।

सामान्यतया ब्याङ्केटमा रेगुलर, इन्डियन, चाइनिज तथा कन्टिनेन्टल खाना राखिन्छ। यहाँ थोरै फरक मेनु छ। रेगुलर बाहेक मेनुमा थकाली खानाको सेट पनि राखिएको छ जुन नौलो हुन सक्छ। कम मसला राखेर बनाइएको थकाली खाना हेल्दी हुने उनले बताए। 


प्रमोसनल अफरका रुपमा ब्याङ्केटले आगामी चैत महिनासम्मकालागि प्रतिब्यक्ति १७ सय र १८ सय रुपैयाँको प्याकेज सर्भिस दिइरहेको उनी बताउँछन्। एलिस रेष्टुरेन्टका खानाका पारखीहरुको रोजाइमा परिसकेकाले ब्याङ्केटको खानाका लागि उनले एलिसकै २० जना स्थायी स्टाफ प्रयोग गरिरहेको छ।

पाँचतारे स्तरको खाना र सुविधा त्यो भन्दा कम पैसामा दिने नकुलको योजना छ। उनी भन्छन्- ‘हामीकहाँ आउनेले पछुतो नमान्ने गरीको क्वालिटी दिनु नै मेरो एकमात्र सोच हो।’