BIZMANDU
www.bizmandu.com

आइएमर्इ र भेनस अस्पतालबीच सम्झौंता, आइएमर्इका सेवाग्राहीले १०% र कर्मचारीले १५% छुट पाउने

२०७५ असोज २१

आइएमर्इ र भेनस अस्पतालबीच सम्झौंता, आइएमर्इका सेवाग्राहीले १०% र कर्मचारीले १५% छुट पाउने
आइएमर्इ र भेनस अस्पतालबीच सम्झौंता, आइएमर्इका सेवाग्राहीले १०% र कर्मचारीले १५% छुट पाउने


काठमाडौं। आइएमर्इ रेमिटेन्स कम्पनी र मध्यवानेश्वरमा रहेको भेनस अस्पतालबीच सम्झौंता भएको छ।

Tata
GBIME
Nepal Life

सम्झौंता अनुसारआइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राही र आइएमईमा कार्यरत कर्मचारीहरूले भेनसमा क्रमशः१० र १५ प्रतिशत विशेष छुट पाउने कम्पनीले जनाएको छ। यो छुट सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार अस्पतालको फार्मेसी सेवामा सेवाग्राही र कर्मचारी दुवैले जम्मा १० प्रतिशत छुट पाउनेछन्।

सेवाग्राहीको हकमा भने  आइएमई प्रिभिलेज कार्ड र कर्मचारीले आइएमई केन्द्रीयकार्यालयले जारी गरेको परिचयपत्र अस्पतालको ओपीडी देखाउनुपर्ने कम्पनीले जनाएको छ। सम्झौतापत्रमा आइएमईका बजार अधिकृत अविनाश श्रेष्ठ र भेनस अस्पतालको तर्फबाट अध्यक्ष राम ढकालले हस्ताक्षर गरे। यो सम्झौंता दुर्इ वर्षसम्म लागु हुनेछ। आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा दिन सम्झौंता गरिएको ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए।