काठमाडौं। काठमार्डौको चाबहिलमा रहेको सपिङ सेन्टर चाबहिलप्लाजाले दशँै कार्निभल योजना संचालनमा ल्याएको छ। विजयदशमी तथा दिपावलीको अवसर पारेर प्लाजाले आर्कषक छुट र उपहार सहित दशैं कार्निभल योजना संचालनमा ल्याएको हो।
असोज २० गतेदेखि सुरु भएको दशैं कार्निभल योजनाअन्तर्गत चाहबिलप्लाजामा एक हजार रुपैयाँभन्दा माथिको सामान खरिद गर्ने ग्राहकहरुले दैनिक तथा साप्तिाहिक रुपमा उपहार जित्न सक्नेछन्। बम्पर उपहारमा रनरको एक सय सिसिको रनर चिताह बाईक एक जनाले जित्न सक्नेछन्। ग्राहकलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था समेत रहेको प्लाजाले जनाएको छ।
चाबहिलप्लाजामा रहेका पसलहरुबाट एक हजार रुपैयाँ सम्मको खरिदमा ग्राहकले साप्ताहिक रुपमा लक्की ड्र मार्फत उपहार वितरण गरिने प्लाजाले जनाएको छ। उपहार योजनामा सहभागीहरुले साप्ताहिक रुपमा टिभी, रेफ्रिजिरेटर, वाशिङ मेसिन तथा सपिङ भौचर समेत जित्न सक्नेछन्।
कार्निभल योजना कात्तिक २० गतेसम्म संचालन हुने छ। डेढ महिनाअघि मात्र संचालनमा आएको प्लाजामा २८ बढी आउटलेट छन्।