BIZMANDU
www.bizmandu.com

दरबारमार्गमा लाग्यो दशैं, ब्राण्डेड स्टोरहरुले दिए ७० प्रतिशतसम्म छुट, जुत्ता र लुगामा अफर



काठमाडौं। दशैं नजिकिँदै गर्दा दरबारमार्गस्थित विभिन्न ब्राण्डेड आउटलेटमा फेस्टिबल र स्टक क्लियरेन्सको सेल अफर लागिरहेको छ।

Tata
GBIME
Nepal Life

ब्राण्डेड आउटलेटभित्र जुत्ता, चप्पल, पेन्ट, ब्लेजर, टिसर्ट, ज्याकेट, ट्राउजर, ब्याग लगायतका सामाग्रीमा ७० प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ।

केटीएम सिटीले जाडो लक्षित सामानहरु विक्री गर्न सुरु गरिसकेको छ। ग्राहकले फ्लिस ज्याकेट, टिसर्ट, विन्डसिटर, ट्राउजर लगायतका पहिरनमा ७० प्रतिशतसम्म  फेस्टिभ अफर अन्तर्गतको नगद छुट पाउन सक्ने कम्पनीले जानकारी दिएको छ।

ग्राहकले दशैं अफर अन्तर्गत  छुटमा न्यूनतम चार सय ९० रुपैयाँ देखि १२ सय ९० रुपैयाँमा  फ्लिस ज्याकेट खरिद गर्न सक्नेछन्।

दशैं छुट अफर अन्तर्गत ग्राहकले टि सर्ट दुई सय ९० रुपैयाँ देखि सात सय ९०, विन्डसिटर छ सय नब्बे देखि १२ सय ९० र ट्राउजर छ सय ९० रुपैयाँमा खरिद गर्न सक्नेछन्।

आन्टामा ग्राहकले ज्याकेट, सर्ट, जुत्ता लगायतका विभिन्न सामाग्रीमा ६० प्रतिशतसम्म नगद छुट पाउन सक्छन्। १५ हजार नौ सय ५० रुपैयाँको ज्याकेटमा २० प्रतिशत छुट राखिएको छ भने २५ सय रुपैयाँ पर्ने सर्टमा ४० प्रतिशत छुट राखिएको छ।

आउटलेटमा ग्राहकले सात हजार रुपैयाँ पर्न आउने जुत्ता छुट सहित पाँच हजार रुपैयाँमा खरिद गर्न सक्नेछन्।  

आन्टामा  तिहारपछि नयाँ सामान राखिने आउटलेटले जनाएको छ।

सिटी वाल्कमा जुत्ताको मेगा सेल चलिरहेको छ। स्टक क्लियरेन्स र चाडपर्व लक्षित मेगासेल आयोजना गरिएको आउटलेटले जानकारी दिएको छ। ग्राहकले न्यूनतम एक हजार रुपैयँदेखिका लेडिज जेन्ट्स जुत्ता, चप्पल खरिद गर्न सक्नेछन्।

ग्राहकले छुट सहितको मूल्यमा एक हजार रुपैयाँ देखि चार हजार रुपैयाँमासम्म लेडिज जुत्ता चप्पल खरिद गर्न सक्नेछन् भने न्यूनतम दुई  हजार रुपैयाँमा विभीन्न ब्राण्डका जेन्ट्स जुत्ता खरिद गर्न सक्नेछन्।

नौ हजार रुपैयाँ पर्न आउने ब्राण्डेड जुत्तामा अफर अन्तर्गत ७० प्रतिशत सम्म छुट पाउन सक्ने व्यवसिथा रहेको आउटलेटले जानकारी दिएको छ।

बेन्टलेमा ग्राहकले छुट सहित नौ सय नब्बे रुपैयाँदेखि २८ सय रुपैयाँसम्मको लेडिज चप्पल र जुत्ता खरिद गर्न सक्नेछन् भने जेन्ट्स जुत्तामा छुट सहित २२ सय ५० रुपैयाँदेखि सात हजार रुपैयाँसम्म खरिद गर्न सक्नेछन्।

बेन्टलेको जुत्ता चप्पलमा ग्राहकले ३० प्रतिशत देखि ५० प्रतिशत छुट पाउन सक्ने आउटलेटले जानकारी दिएको छ।

ग्राहकले बेन्टलेमा ३९ सय ५० देखि १५ हजार सम्मका ब्यागमा २० देखि ५० प्रतिशत नगद छुट पाउन सक्नेछन् भने दश हजार रुपैयाँदेखि १८ हजार रुपैयाँका लेदर ज्याकेटमा २० देखि ५० प्रतिशत नगद छुट पाउन सक्नेछन्।

ब्यागका पारखीले एमजीए इन्टरनेशनलले संचालन गरेको फुर्लामा पाँच हजार रुपैयाँ देखि ७५  हजार रुपैयाँसम्मका इटालियन ब्राण्डका लेडिज ब्याग २५ देखि ४० प्रतिशतसम्मको छुटमा खरिद गर्न सक्नेछन्।

दशैं अफर अन्तर्गत ग्राहकले एउटा ब्याग खरिदमा २५ प्रतिशत छुट पाउन सक्नेछन् भने दुईवटा ब्याग खरिद गर्नेले ४० प्रतिशत छुट पाउन सक्नेछन्।     

दा मिलानो/रोसो ब्रुनेलोमा ग्राहकले ब्याग, जुत्ता लगायतका लेदर वेयरमा ७० प्रतिशतसम्म छुट पाउन सक्नेछन्। दा मिलानो इटालियन ब्राण्डको ब्याग खरिदमा ग्राहकले ५० प्रतिशत छुट पाउन सक्छन्। आउटलेटमा नौ हजार रुपैयाँदेखि २७ हजार रुपैयाँसम्मका लेदर ब्याग रहेको छन्।

आउटलेटमा रोसो ब्रुनेलको लेडिज/जेन्ट्स जुत्तामा ५० प्रतिशतसम्म छुट राखिएको छ। आउटलेटमा नौ हजार रुपैयाँदेखि २३ हजार रुपैयाँसम्मको जुत्ता बिक्रीमा राखिएको छ।    
 

रिबकको शोरुम लेवल्स स्टोरमा ग्राहकले सेल अफर अन्तर्गत लुगा र जुत्तामा ४० प्रतिशतसम्मको छुट पाउन सक्छन्। आउटलेटमा पाँच हजार रुपैयाँदेखि १९ हजार रुपैयाँ सम्मका रिबकका जुत्ता रहेका छन् भने २९ सय ९० रुपैयाँ देखि १३ हजार आठ सय ९० रुपैयाँसम्मका लुगा बिक्रीमा राखिएको छ।