BIZMANDU
www.bizmandu.com

वीरगंजमा हुन्डाईको ‘थ्रीएस’ शोरुम, अढाइ करोड लगानी, थप ५ स्थानमा शोरुम खोल्ने लक्ष्य

२०७५ असोज २४

वीरगंजमा हुन्डाईको ‘थ्रीएस’ शोरुम, अढाइ करोड लगानी, थप ५ स्थानमा शोरुम खोल्ने लक्ष्य
वीरगंजमा हुन्डाईको ‘थ्रीएस’ शोरुम, अढाइ करोड लगानी, थप ५ स्थानमा शोरुम खोल्ने लक्ष्य


वीरगंज। हुण्डार्इ गाडीको ‘थ्रिएस’ सुविधा दिनेगरी वीरगंजमा शोरुम खोलिएको छ। वीरगंज त्रिमुर्तीचोक श्रीपुरमा स्थापना गरिएको शोरुमको उद्घाटन  हुण्डार्इ कारको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकर श्रेष्ठ र वीरगंजका डिलर अर्किड मोटोकर्पका विन्देश्वर साहले संयुक्त रुपमा गरेका हुन्। 

Tata
GBIME
Nepal Life

१२ हजार वर्गफिटमा रहेको शोरुमले सन २०१२ पछि वीरगंजमा बन्द भएको हुण्डार्इको बिक्री फेरी सुरु भएको हो। शोरुमले हुण्डार्इ अन्य शोरुम जस्तै मोडेलमा एक वर्षदेखि निर्माण कार्य शुरु गरी आकर्षक बनाइएको छ।

एकै थलोमा सेल्स, सर्भिस सेन्टर र स्पेयर्सस पार्टको सुविधा दिने हुण्डार्इको यो ११औं शोरुम हो। हुण्डार्इको नेपालभरी १७ वटा शोरुम रहेका छन्। जस मध्ये ४ वटामा थ्रिएस सेवा छैन। सर्लाही मलंगवाका व्यवसायी मुकेशकुमार साहले वीरगञ्जको डिलर पाएका हुन्। उनले शोरुम बनाउन करिब अढाई करोड रुपैयाँ खर्च गरेका छन्। 

सुनचाँदी व्यवसायबाट अघि बढ्दै बजाजको बाइकको बिक्रेताका रुपमा स्थापित साह कारको क्षेत्रमा चार पाँग्रेमा हुण्डार्इबाट प्रवेश गरे। हुण्डार्इलेे अरु पाँच ठाउँमा शोरुम खोल्ने जनाएको छ।